तेह्रथुम स्थानिय निकायकाे चुनावकाे लागि नेकपा एमालेका उम्मेद्वार सार्बजनिक नाम सहित म्याङ्लुङ नगरपालिका :- मेयर संजय तुम्वाहाम्फे उप मेयर जमुना सुबेदिलालिगुरास नगरपालिका :- मेयर गणेश लिम्बू (सेने) उप मेयर छविमाया तिम्सिना मेन्छयायेम गाउँपालिका :- प्रमुख यादव खापुङ्ग &nb
इटहरी : इटहरी एमालेले ९ गते नै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। नेपाली काङ्ग्रेसले भने बैशाख १५ अगाडि सार्वजनिक गर्ने नेपाली काङ्ग्रेस इटहरीका सचीव मन्दिप भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार मनु मन्जिल नेतृत्वको घोषणापत्र लेखन समिति बनेको छ। सदस्यहरुमा चेतन धमला, भेषजा काफ्ले, विक्रम घिमिरे, मन्दिप भट्टराई लगातारको टीम घोषणापत्र तयारीमा जुटेको छ। "हाम्रो घोषणापत्र लामो हुनेछैन, केही पेजको मात्रै हुनेछ", भट्टराईले भने, " इटहरी काङ्ग्रेसको घोषणापत्र १५ गतेसम्म सार्वजनिक हुन्छ।"
९ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् ।३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाएकी हुन् । उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छिन् ।निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् ।पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ । ११ र १२ वैशाखमा उम्मेदवारहरुले मनोनयन दर्ता
काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ । दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदाखेरिको मतभेद अझैसम्म जारी छ । स्थापनाकालमा डा. केशरजंग रायमाझी, मनमोहन अधिकारीलगायतले थाहा नदिइ सुटुक्क नेकपा स्थापना गरेको भन्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहितप्रति असन्तुष्टि जनाएका थिए ।सोही असन्तुष्टि अन्ततः चर्को मतभेदमा परिणत भएको थियो ।मतभेदकै कारण हाल छिन्नभिन्न अवस्थामा कम्युनिस्ट पार्टीहरू छन् । ‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ पुस्तकका लेखक तथा राजनीतिक विश्लेषक सुरेन्द्र केसीका अनुसार कम्युनिस्ट पार्टीका नेतृत्वमा देखिएको स्वेच्छचारिता, दक्षिणपन्थ प्रवृत्ति र कार्यशैलीगत मतभेद पार्टी छिन्नभिन्न हुनुको कारण हो ।हुन पनि स्थापना
९ वैशाख, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः मेयरमा उम्मेदवारी दिने भन्दै चौधरीलेउपप्रमुख प्रेमकुुमारी थापालाई राजीनामा बुुझाएका हुन् ।‘निर्वाचन आचारसंहिता लागुु भएका कारण कामकाज गर्न नसकिने अवस्था र अगामी निर्वाचनमा पुुनः उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको हुुँ,’ चौधरीले अनलाइनखबरसँग भने । नेकपा एमाले कैलालीका उपसचिवसमेत रहेका चौधरी २०७४ सालमा भएको निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयरमा विजयी भएका थिए ।चौधरीले माओवादी केन्द्रका लक्ष्मण चौधरीलाई पराजीत गरेका थिए । यस्तै पुुनः द
सुन्दरहरैंचा नगरपालिकामा यतिबेला स्थानीय चुनाब नजिकै गर्दा नेपाली कांग्रेस भित्रको आन्तरिक गुटबन्दीमाका कारण नगर प्रमुख र उप्रमुखको नाम सिफारिसमा नगर सभापति भक्ति सिटौलाले एकलौटी मनोमानी गरेको आरोप छ।आसन्न स्थानिय निर्वाचनमा मोरङको सुन्दरहरैचा नगरपालिकाका लागि सम्भावित मेयर पदका उम्मेदबारमा नाम सिफारिस गर्ने क्रममा पार्टी भित्रको एक समुह अनुदार देखिएको छ ।संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा निकट भएकै कारण बहालवाला मेयर शिवप्रसाद ढकालको नाम नगर कांग्रेसले सिफारिसमा अटाएन्न। नगर कांग्रेसले सभापति भक्ति सिटौलाको मात्र नाम पठाएर पुर्वाग्रह देखाएको कांग्रेसका कार्यकर्ताले आरोप लगाएका छन ।पछील्लो ५
विराटनगर / जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा आठजनाको नाम सिफारिस गरेको छ ।गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाए पनि जसपाले पनि मेयर र उपमेयर भन्दै आठजनाको नाम सिफारिस गरेको हो ।गठबन्धनमा जसपाले विराटननगरको उपमेयर पाएको छ । शुक्रबार जसपा मोरङले केन्द्रीय कार्यालयमा गरेको सिफारिसमा आठ जनाको नाम समावेश गरिएको छ । जसमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम पनि राखिएको छ ।अमरेन्द्रसहित भुराज राई, डा.रामविलास यादव, मो.नसरूल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम मेयर र उपमेयरमा सिफारिस गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्
सुन्दरहरैंचा नगरपालिका हरेक संघ संस्थामा आबद्ध रहेर सामाजिक काम गर्दै राजनीतिक क्षेत्रमा समेत चर्चा बटुलेकी पार्वती गच्छदारले उपमेयर पदको उम्मेदवारीमा घोषणा गरेकी छिन। उनी नेपाली कांग्रेसको तर्फबाट आफ्नो स्वतन्त्र घोषणा बिहिबार बसेको नगर पार्टी कार्यालयको क्रियासिल भेलामा गरेकी हुन्।गच्छदार भने बिधार्थी जीवन देखि नै नेविसंघको राजनीति गर्दै बाह्रौ महाधिवेसनबाट पार्टीको क्रियाशील सदस्य लिएर नेपाली कांग्रेसको राजनीतिमा लागेका हुन्। तेह्रौ वडाको अधिबेशनबाट क्षेत्र प्रतिनिधिमा निर्वाचित भई नेपाल ट्रेड युनियनको मोरंग जिल्ला सदस्यमा रहेर समेत काम गरेकी छिन। बुवाको प्रेरणाबाट राजनीति
सुनसरी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सुनसरी जिल्लाको २२ औँ जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ। सम्मेलनले नवराज खड्कालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ भने उपाध्यक्षमा सुजन खत्री र रमेश श्रेष्ठ निर्वाचित भएका छन्। सचिवमा नरेन्द्र ढुङ्गेल, सह-सचिव शेखर रेग्मी, उज्ज्वल सिग्देल, प्रतीक खतिवडा, दिपा च्याम्जों र कोषाध्यक्षमा अदित श्री अधिकारी निर्वाचित भएका छन् ।सम्मेलनले पदाधिकारीसहित ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको सुनसरी जिल्ला कमिटी इन्चार्ज जीवी गजलले जानकारी दिए।उक्त सम्मेलनको प्रमुख आतिथ्य अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष सुनिता बरालले गर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.