सुन्दरहरैँचा । नेपाली काँग्रेस १४ औ महा-अधिवेशनमा सुन्दरहरैंचा नगर सभापतिमा विजयी भएका भक्ति प्रसाद सिटौलाले मेयरको उम्मेदवार बन्ने घोषणा गरे संगै कोइराला पक्षकै मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ ले समेत मेयर पदमा उम्मेदवार घोषणा गरेका छन । तामाङ आफैले सुन्दरहरैंचा नगर सभापति सिटौलालाई टिकट दिलाउने बाचा गरे तर उनी आफैले उम्मेदवार घोषणा गरेको मा कार्यकर्ता आसन्तुस् ठी देखिएका छन् त्यस्तै काङ्ग्रेसबाटनै देउबा प्यानलका हालका मेयर शिवप्रसाद ढकालले समेत मेयर पदमा उम्मेदवारी दिने गरि आन्तरिक तयारी मा देखिन्छन । तर ढकाल आफूले पुनः
विराटनगर । प्रदेश १ मा आगामी फागुन १५ गते संसदको हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानून निर्माणको पक्रिया सुरु गरेको छ ।प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माणको कामलाई तीव्रता दिएको हो ।प्रदेश सरकारले यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउन लागेको छ । विधेयकका सन्दर्भमा बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रारम्भिक छलफल भएको हो । सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवी सँग वि
सुन्दरहरैँचा / नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले नेपाली कांग्रेसलाई सहज रुपमा जिताउन सबैजना लाग्नुपर्ने बताउनुभएको छ। सुन्दरहरैँचा नगरपालिका ३ स्थित बेलगाछी टोल समिती गठन कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ्गले त्यस्तो भन्नुभएको हो।उहाँले अघिल्लो स्थानीय निर्वाचनमा सुन्दरहरैँचा ३ का सबै प्रतिनिधी निर्वाचित भएको भन्दै आगामी निर्वाचनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले वडा मात्र नभएर नेपाली कांग्रेसले नगरपालिका, प्रदेश सभा अनि प्रतिनिधी सभामा जित्नुपर्ने हुँदा सबैजना एक भएर कांग्रेसलाई जिताउन कार्यकर्ता समक्ष अनुरोध गर्नुभयो।क्षेत्री
नेपाली काँग्रेस सुन्दरहरैंचा नगर सभापति भक्ति प्रसाद सिटौलाले आगामी निर्वाचनमा मेयरको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ। मंगलबार सुन्दरहरैंचा-७ को टोल समिति गठन कार्यक्रममा सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो । कोइराला प्यानलबाट नगर सभापतिमा उम्मेदवार भएको बेला नै मेयरको टिकट दिने सहमति भए अनुसार आफू अगाडी बढेको वहाँको भनाई छ । मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ आफैले टिकट दिलाउने बाचा गरेको तर पछि तामाङले छुट्टै मेयरको उम्मेदवार बन्ने घोषणा गर्दै हिडेपछी आफू अग्रसर भएको सिटौलाले बताउनुभयो । तामाङले केहिदिन अगाडी सुन्दरहरैचा-५ को टोल समिति गठन कार्यक्रममा आफू
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।कांग्रेस प्रवक्ता महतले भने , ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गरेको छ र संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।एमसीसी अनुमोदनका लागि सत्तारुढ दलहरुसँगै प्रमुख विपक्षीसँग पनि सम्वाद गरिरहेको भन्दै उनले सत्तारुढ गठबन्धनमा समस्या नआउने विश्वास व्यक्त गरे । पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले एमसीसील
आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ ।निर्वाचन आयोगले तय गरेको आचारसंहिताको मस्यौदामा यस्तो प्रावधान राखिएको हो । आयोगका अनुसार उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने हुन्छ ।स्थानीय तहलाई पारदर्शी र सुशासनमैत्री बनाउने प्रयासका लागि यस्तो प्रावधान राख्न लागिएको आयोगका अधिकारीहरु बताउँछन् । र कुनै उम्मेदवारले यो प्रावधानअनुसार स्वघोषणा नगरे उम्मेदवारी खारेजसम्म हुन सक्छ ।‘मेरो बेरुजु छ भनेर तिर्न सक्छ वा वेरुजु पुष्टि भए गाह्रो हुन्छ भनेर उम्मेदवार नै
काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचनाप्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।२०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसपछि भने तत्कालीन सत्तारुढ दल नेकपाभित्रकै किचलोका कारण
काठमाडौं / राप्रपा नेपालले आगामी निर्वाचनमा चुनाव चिह्न गाई माग गर्ने भएको छ। राप्रपा नेपालको केन्द्रीय समितिले निर्वाचन आयोगमा चुनाव चिह्न गाई माग्ने निर्णय गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित भएपछि दल त्याग गरि राप्रपा नेपाल ब्यूताएका कमल थापाले विगतमा राप्रपा नेपालको चुनाव चिह्न गाई रहेको स्मरण गराएका छन् । ‘राप्रपा नेपाल केन्द्रीय समितिले निर्वाचन आयोगसमक्ष पार्टीको चुनाव चिह्न ‘गाई ’ माग्ने निर्णय गरेको छ’ थापाले भने ‘स्मरण रहोस् विगतमा राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ रहेको थियो ।’
सुन्दरहरैँचा / सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेसँगै सुन्दरहरैंचाका राजनीतिक दलहरुले आफ्नो उम्मेद्धवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयरका आकांक्षी नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा ५ बाट एक कार्यक्रम बिच उम्मेद्वारी घोषणा गर्नुभएको छ।प्रजातन्त्र दिवसको दिन पारेर आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आँफुले सुन्दरहरैँचा नगरपालिकाको मेयर पदमा उम्मेद्वारी घोषणा गरेको भन्दै क्षेत्रीय सभापति तामाङ्गले सुन्दरहरैँचाबासी जनताले आँफुलाई बिश्वास गर्ने आशा ब्यक्त गर्नुभयो। उनले सुन्दरहरैंचाको समुचित विकास
बराहक्षेत्र/ प्रेस चौतारी नेपाल बराहक्षेत्र नगर कमिटीको अध्यक्षमा लक्ष्मण कटवाल चयन भएका छन्। बराहक्षेत्र–५ स्थित ब्लु स्काई पार्टी प्यालेसमा शनिबार सम्पन्न तेश्रो अधिबेशनले कटवाललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो।बराह अनलाइन डटकमका भरौल सम्बाददाता, सुनसरी एफएमका कार्यक्रम सञ्चालक एवं कोशी पत्र दैनिकका सम्बाददाताको रुपमा कटवाल कार्यरत छन्।त्यसैगरी पत्रकार राजन घिमिरे र गंगा कुमारी भट्टराई उपाध्यक्षमा चयन भएका छन्। सचीवमा सुदन गुरागाईँ, सहसचीवमा कमल खड्का, समावेशी सहसचिवमा भुमिका रसाइली र कोषाध्यक्षमा आदेश गौतमलाई जिम्मेवारी तोकिएको छ।यस्तै सदस्यहरुमा खड्ग लिम्बू, हरिबहादुर बस्नेत, सृजन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.