सुन्दरहरैँचा । मोरङ स्थित सुन्दरहरैँचा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा चुनाव हुने बताएका छन् ।
सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहलाई सोमवार(आज) सम्बोधन गर्दै उनले चुनावका विषयमा कुनै आशंका नगर्न भनेका हुन् ।
कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले चुनाव गराउनेमा शंका व्यक्त गरेपछि देउवाले चुनाव हुनेमा ढुक्क रहन आग्रह गरेका हुन् ।
सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास गरिएको छ । सो भवन २७ करोड लागतमा निर्माण हुने नगर प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।



