सुनसरी । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आगामी स्थानीय, प्रदेश र संघको चुनावमा प्रचण्डले जता गठबन्धन गरे जनताले नपत्याउने ठोकुवा गरेका छन् ।

इटहरीको बरन्डा होटलमा आज बिहान इटहरीका सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले एमालेसँग प्रचण्ड र माधव नेपालको गठबन्धन हुने सम्भावना नै नभएको बताउँदै कांग्रेससँग गठबन्धन गरे पनि एमालेलाई फरक नपर्ने दाबी गरे ।

277148640_1437778806657920_5954978248413187291_n

उनले भने ‘पहिला प्रचण्डले स्थानीय तहको चुनावमा काङ्ग्रेससँग मिलेर एमालेलाई देखाउन खोज्नु भयो, संघको चुनावमा एमालेसँग मिलेर काङ्ग्रेसलाई देखाउन खोज्नु भयो’, बस्नेतले भने, ‘यो अस्थिर चरित्रले प्रचण्ड जता लागे पनि जनताले पत्याउने स्थिति छैन ।’