इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरीमा अलग–अलग स्थानमा मतगणना गरिने भएको छ । चार क्षेत्रकै छुट्टाछुट्टै स्थानमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कृष्ण पौडेलका अनुसार मतगणनाका निम्ति छुट्टै गणनास्थल तोकिएको छ । सुनसरी–१ को मतगणना धरानस्थित सभागृहमा गरिनेछ । सुनसरी–२ को मतगणना सदरमुकामस्थित शिक्षा तालिम केन्द्रमा गरिने कार्यालयले जनाएको छ । सुनसरी–३ को मतगणना दुहबीस्थित पशुसेवा तालिम केन्द्रमा गरिनेछ । सुनसरी–४ को गणना इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
इटहरी । सुनसरीमा ५६ प्रतिशत मत खसेको छ । मतदानस्थलमा बिहानभन्दा अहिले मतदाताको संख्या उल्लेखनीय पाइएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले बताउनुभयो । कतै विहान बढी र कतै दिउँसो मात्रै मतदाताको संख्या बढेको पौडेलले जानकारी दिनुभयो । गर्मी भएकाले मध्यान्ह् कम र बिहान तथा दिउँसो तीन बजेपछि मतदाताहरु बढी मतदान गर्न आएको र दिउँसो ४ बजेसम्ममा ५६ प्रतिशत मत खसेको जानकारी दिनुभयो । सुनसरी जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
इटहरी। सुनसरीको झुम्का कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ । झुम्का कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रमा कैदीबन्दीले समानुपातिक तर्फ मतदान गरेका हुन् । कारागारभित्र रहेको केन्द्रमा कुल १४९ मतदाता रहेकोमा सबैले कारागार भित्रैको मतदान केन्द्रमा सहभागी थिए । कैदीबन्दीको सहजताका लागि कारागारभित्रै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
इटहरी । प्रतिनिधिसभा निर्वाचनमा मोरङ जिल्लामा करिब ५२ प्रतिशत मत खसेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार दिउँसो ४ बजेसम्म जम्मा ५१.९४ प्रतिशत मत खसेको हो।मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ४ लाख ६ हजार ७१५ जनाले मतदान गरेका हुन्। जिल्लाभरका कुल ८८८ मतदान केन्द्र छन्। मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ।
सृजना ठाकुर -इटहरी । प्रतिनिधिसभा निर्वाचन फागुन २१ का दिन इटहरीमा सार्वजनिक र निजी सवारीसाधनमा कडाइ गरिएको छ । फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्वाचन आयोगको निर्णय अनुरुप कडाइ गरिएको हो। नियमअनुसार केवल अत्यावश्यक सेवा सवारी र आयोगबाट पास प्राप्त सवारीलाई मात्रै आवतजावतको अनुमति दिइएको छ।आज बिहानदेखि सहरका मुख्य सडकहरू शान्त देखिए । सामान्यतया व्यस्त मानिने चोक, बजार र मुख्य सडकहरूमा पनि सवारी चाप अत्यन्त कम छ । सुरक्षाकर्मीले पास र परिचयपत्र जाँच गरी सवारीलाई अनुमति दिइरहेका छन्। निर्वाचन सुरक्षाको जिम्मेवारीका लागि सहरभर ने
इटहरी । ताप्लेजुङमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फुङलिङ नगरपालिका–९, हाङ्देवास्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रबाट १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको हो।१०३ वर्षीया नर्वदा कार्कीलाई छोरा नेत्रप्रसाद कार्कीले पिठ्युँमा बोकेर मतदान केन्द्र पुर्याउनुभएको थियो। जिल्लामा बिहीबार दिउँसो २ः१० बजेसम्म ३८ हजार ५ सय ५४ मत खसेको छ। जसमा २० हजार ६२८ पुरुष र १७ हजार ८९६ महिला रहेका छन्। जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका छन्।ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका छन्। मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदा
इटहरी । झापामा ४१ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४१ प्रतिशत मत खसेको हो । हालसम्म दुई लाख ९२ हजार ८५८ जनाले मतदान गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।झापामा उत्साहजनक रूपमा मतदाता मतदान केन्द्रमा आएका छन् । झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । जिल्लाभर २८५ मतदान स्थल र ८१५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
इटहरी । धनकुटामा दिउँसो २ बजेसम्म ३१ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार दिउँसो २ बजेसम्म ३६ हजार ८ सय ६ मत खसेको छ ।जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । यो कुल मतदाता सङ्ख्याको ३१ प्रतिशत हो । १२ बजेसम्म निकै कम मत खसे पनि त्यसपछि मतदानको दर केही बढेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।जिल्लाका एक सय १९ मतदान स्थलका १ सय ६६ केन्द्रमा बिहान सात बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । मतदान केन्द्
इटहरी । भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खसेको छ । जिल्लाका कुल १ लाख २३ हजार ३ सय ७९ मतदातामध्ये १५ हजार ७० महिला र १८ हजार १ सय ७४ पुरुष गरी कुल ३३ हजार २ सय ४४ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । यो कुल मतदाता संख्याको करिब २७ प्रतिशत हो । जिल्लामा हाल १ सय ६१ मतदान केन्द्रमा मतदान जारी छ । मतदान केन्द्रहरूमा मतदान गर्न मतदातामा उत्साह देखिएको छ ।
इटहरी। सङ्खुवासभा जिल्लामा जारी मतदानका क्रममा दिउँसो १ बजेसम्म २७ हजार ८३९ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो कुल मतदाताको २३ दशमलव २७ प्रतिशत हो ।कार्यालयका अनुसार खसेको मतमध्ये महिला मतदाता १२ हजार ३०५ र पुरुष मतदाता १५ हजार ५३४ रहेका छन् ।जिल्लाका एक सय ६४ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगिरहेका छन् भने कतिपय केन्द्रमा मतदाताको लाम देखिएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.