इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले उक्त मतदान केन्द्रमा पुगेर आज बिहान ७ः१५ बजे मतदान गर्नुभएको हो । मतदान पछि उहाँले मतदातालाई निर्भयतापूर्वक आफ्नो अमूल्य मतदान गर्न आग्रह गर्नुभयो । झापा क्षेत्र नं ५ मा नेपाली सेनाले हवाई गस्ती समेत गरिरहेको छ । जिल्लामा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।
इटहरी । पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामबाट मतदान गर्नुभएको छ । खनालले इलाम निर्वाचन क्षेत्र नं। १ को रम्फोक आधारभूत विद्यालयको केन्द्र क बाट मतदान गर्नुभयो । मतदान पछि खनालले सञ्चारकर्मीहरू सँग प्रतिक्रिया दिँदै यो निर्वाचन विशेष निर्वाचन भएको बताउनुभयो । उहाँले यस पटकको निर्वाचनले बहुमत कुनै दलले पनि नल्याउने भएकाले सत्ता समीकरणकै सम्भावना रहने बताउनुभयो । जेनजी आन्दोलपछि पुस्तान्तरणका लागि आफुले उम्मेदवारी नदिएको खनालले प्रतिक्रिया दिनुभयो ।
इटहरी । दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिलेसम्म करिब १० प्रतिशत मत खसेको छ।जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार, हालसम्म १०।३६ प्रतिशत मत खसेको छ । जिल्लामा कुल दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन्।इलाममा १५० मतदान केन्द्रका २९० मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान जारी छ ।
इटहरी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाका १६४ मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै केन्द्रमा निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको हो।खाँदबारीस्थित टुँडिखेल मतदान केन्द्रमा ९९ वर्षीय ज्येष्ठ मतदाता काजिलाल श्रेष्ठले मतदान गर्नुभएको छ। उहाँले उमेरको उत्तरार्धमा पनि मतदानमा सहभागी भई अन्य मतदातालाई मतदान गर्न प्रोत्साहित गर्नुभयो।जिल्लाभर बिहानैदेखि मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगिरहेका छन्। कतिपय केन्द्रमा बिहानैदेखि मतदाताको लाम देखिएको छ भने महिला मतदाताको सहभागिता पनि उल्लेख्य रहेको छ।निर्वाचनलाई श
इटहरी । धनकुटामा आठ प्रतिशत मत खसेको छ । बिहीबार बिहान १० बजेसम्ममा ८ प्रतिसन मत खसेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार १० बजेर २० मिनेट जादासम्म नौ हजार ४ सय ४५ मत खसेको छ ।जिल्लाका कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । यो कुल मतदाता सङ्ख्याको ८ प्रतिसत हो । जिल्लाका एक सय १९ मतदान स्थलका एक सय ६६ केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको सूचना अधिकारी डिएसपी ज्ञान कुमार महतोले जानकारी दिनुभयो ।मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रह
इटहरी । नेपाली कांग्रेसका डा शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।मोरङ क्षेत्र नं ६ का उम्मेदवारसमेत रहनुभएका डा शेखर कोइरालाले मतदानपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको आपसी सहकार्य र समन्वयबाट मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
इटहरी । प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ । झापा–५ का बिभिन्न मतदान केन्द्रमा निर्वाचन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं. ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ ।सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच चर्को प्रतिष्पर्धा हुने अनुमान छ । झापा क्षेत्र नम्बर ५ मा एक लाख ६३ हजार ३७९ मतदा
इटहरी । झापाको क्षेत्र नं। ५ अन्र्तगत झापाको दमकमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना रोक्नका लागि प्रहरीले शर्तकता अपनाएको छ । निर्वाचनलाई दखल पुर्याउन खोज्ने र आचारसंहिता पालना गराउने क्रममा इलाका प्रहरी कार्यालय दमकले १० जना पक्राउ गरेको जनाएको छ ।इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार आचारसंहिता पालना गराउनका लागि निर्वाचन आयोगको निर्देशन अनुसार काम भइरहेको छ । प्रहरीले सवारी साधनमा राखिएका झण्डा, स्टिकर तथा चुनाव चिन्ह अंकित सामग्री हटाइरहेको छ ।दमकको मुख्य चोक, बजार लगायत विभिन्न स्थानमा सुरक्षाकर्मीहरूले सवारी साधनहरुको चेकजाँच कडाइका साथ सञ्चालन गर्दै आच
इटहरी। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणनाका लागि धनकुटा नगरपालिकाको वडा ५ स्थित सामुदायिक भवनमा आवश्यक तयारी गरिएको छ । मतगणनालाई सुरक्षित र व्यवस्थित बनाउन भवनको भीत्री भागमा वरिपरि तारजालीको घेरा हालिएको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान, जेनेरेटर तथा इन्भर्टरमार्फत वैकल्पिक विद्युत् व्यवस्था र बैकल्पिक बत्ती जडान गरिएको छ । विद्युत् आपूर्तिमा कुनै अवरोध आए पनि गणना कार्य निरन्तर सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो । प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरी अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरिने जनाइएको छ । मतगणना
इटहरी। इलाममा निर्वाचन सम्पन्न भएर मतगणना गर्नका लागि स्थान तोकिएसँगै गणना स्थललाई सुरक्षित राख्नका लागि गणना स्थलमा तारजाली र सीसी क्यामेरा लगाउन थालिएको छ । इलाम क्षेत्र नं। १ को मतगणना स्थल सूर्योदय नगरपालिकाको भवन तोकिएपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थलमा तारजालीसँगै सीसी क्यामेरा जडान गरेको हो । क्षेत्र नं। १ का निर्वाचन अधिकृत खुम प्रसाद भण्डारीले गणना स्थललाई सुरक्षित राख्नका लागि तारजाली लगाउने काम थालिएको र भोली दिनभरमा तारजाली लगाई सकिने जानकारी दिनुभयो । उहाँले गणना स्थललाई सुरक्षित र पारदर्शी बनाउनका लागि गणना स्थलमा सीसी क्यामेरा जडान गरीएको जानकारी दिनुभयो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.