इटहरी । धनकुटामा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् । एक निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन गरी १४ दल र चार स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका थिए । नेपाली कांग्रेसबाट जिल्ला सभापति दिनेश राई मनोनयन दर्ता गराउनुभएको छ । प्रतिनिधि सभा निर्वाचनका लागि राई नयाँ अनुहार हो । नेकपा ९एमाले० बाट यो पटक पनि एमालेका केन्द्रीय तथा धनकुटा इन्चार्ज राजेन्द्र राईले मनोनयन दर्ता गर
इटहरी । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र पहिचानका लागि समावेशी समाजवादी पार्टीले देशभरका ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । यो समुदायको संसद्मा आधिकारिक प्रतिनिधित्वका रूपमा सुनीलबाबु पन्त संविधान सभा सदस्य बन्नुभएको थियो । त्यसपछि प्रतिनिधित्व सुनिश्चित नभएको भन्दै पार्टी नै दर्ता गरेर उम्मेदवारी दिइएको हो । पार्टी अध्यक्ष तथा मोरङ क्षेत्र नं। ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी नुमा लिम्बूका अनुसार काभ्रेपलाञ्चोक क्षेत्र नं। १ मा विनोद लामा, ओखलढुङ्गा क्षेत्र नं। १ पिङ्की राई, रुपन्देही क्षेत्र नं। २ मा देवेन्द्रबहादुर खत्री,
इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि महिला र स्वतन्त्र उम्मेदवार शून्य रहेको हिमाली जिल्ला ताप्लेजुङमा ३८ देखि ६६ वर्ष उमेर समूहका व्यक्ति चुनावी मैदानमा उत्रिएका छन् । १३ दलका १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।निर्वाचन आयोगको कार्यालय ताप्लेजुङमा उम्मेदवारी दर्ता गराएका मध्ये सबैभन्दा कम उमेरका कान्छा उम्मेदवार नेकपा एमालेका क्षितिज थेबे छन् । उनी ३८ वर्षका छन् । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष थेबे पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । थेबे सिरिजङ्गा गाउँपालिका–१ सिनाममा जन्मिएका हुन् । सबैभन्दा बढी उमेरका भने संघीय समाजवादी पार्टी ने
इटहरी। झापा–५ का उम्मेदवार बालेन शाहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन जनाउनुभएको छ । झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रस्तावित प्रधानमन्त्री बालेन शाहले झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाउनुभएको हो । बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गर्नुभएको हो । भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको छ। बालेनको सचिवालयका अनुसार शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा–२ मा सकारात्मक सन्देश जाने वि
इटहरी। धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् । एक निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन गरी १४ दल र ४ स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका थिए । नेपाली कांग्रेसबाट जिल्ला सभापति दिनेश राई मनोनयन दर्ता गराउनु भएको छ । प्रतिनिधिसभा निर्वाचनको लागि राई नयाँ अनुहार हो । नेकपा एमालेबाट यो पटक पनि एमालेका केन्द्रीय तथा धनकुटा इन्चार्ज राजेन्द्र राईले मनोनयन दर्ता गराउनु भएको छ । च
इटहरी । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरुले झुटको साहारा लिनु नपर्ने बताउनुभएको छ । उहाँले नीति, कार्यक्रम र बिचारले स्पष्ट भएर जनताको घरदैलोमा गएर जनताहरुको भावाना सुन्न आवश्यक रहेको भन्दै यस्तो बताउनुभएको हो । झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका अध्यक्ष ओलीले आफूहरुले गरेका विकासका काम, सुरु भएर अधुरो रहेका निर्माणको काम, बिभिन्न पूर्वाधारको बिषयमा जनातलाई बुझाउन आग्रह गर्नुभयो । प्रजातन्त्रिक अभ्यास सबैले गर्न पाउने र उम्मेदवार बन्न पाउने अधिकार संबिधानले दिएकाले स्वच्छ प्रतिस्पर्धा गर्न सबैलाई उहाँ
इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको हो । निर्वाचन अधिकृतको कार्यालय दमकमा मङ्गलबार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० सहित २५ जनाको उम्मेदवारी परेको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय झापाका अनुुसार ५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लाका निर्वाचन अधिकृतको कार्यालयमा ग
इटहरी । निवर्तमान सभामुख देवराज घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ। नेकपा एमालेको तर्फबाट उहाँले उम्मेद्वारी मनोनयन गराउनु भएको हो। घिमिरेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी मनोनयन गराउनु भएको थियो। उहाँ अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएर सभामुखको जिम्मेवारी सम्हाल्नुभएको थियो। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले लोकतन्त्र सुदृढीकरण, स्थायित्व र विकासका लागि जनताको विश्वास आवश्यक रहेको उल्लेख गर्नुभयो। निवर्तमान सभामुख घिमिरेको उ
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । भद्रपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उहाँले उम्मेद्वारी दर्ता गराउनु भएको हो । यसअघि नेकपा एमालेसँग तालमेल गरेर उहाँ यहि निर्वाचन क्षेत्रबाट निर्वाचित बन्नु भएको थियो । राप्रपाले झापाका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै मनोनयन गर्ने निर्णय गरेको थियो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले देशको अस्तित्व, राष्ट्रियता
इटहरी । पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दै गएका एमाले नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम(२ मा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । अघिल्लो पटक उप निर्वाचनमा निर्वाचित नेम्वाङलाई एमालेले इलाम(२ का लागि एकल उम्मेदवार सिफारिस गरेको थियो । यसअघि सोही क्षेत्रबाट निर्वाचित नेम्वाङ् गएको २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७ सय ७२ ल्याएर विजयी हुनु भएको थियो । नेम्वाङका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले सो निर्वाचनमा २२ हजार ९ सय ४२ मत ल्याउनु भएको थियो । उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० लगायत दलहरूको गठबन्धनलाई
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.