राजनीति

    Showing ४७१-४८० of २,२९९ items.
  • धनकुटामा मनोनयन दर्ताका लागि रुट र समय निर्धारण

    इटहरी। मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले मङ्गलबार हुन लागेको मनोनयन दर्ताका लागि फरक फरक राजनीतिक दललाई फरक फरक रुट र समय निर्धारण गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले सोमबार एक सूचना जारी गर्दै  राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूका लागि तोकिएको आगमन रुट र समय तालिका सार्वजनिक गरेको हो । कार्यालयले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन सर्वपक्षीय छलफल गरी रुट र समय निर्धारण गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनु भयो ।   तालिका अनुसार मङ्गलबार श्रम संस्कृति पार्टीलाई बिहान ११ बजेको समय निर्

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २२२ पटक पढिएको
  • संखुवासभा नेकपाबाट सरिता थापालाई टिकट

    इटहरी । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संखुवासभाबाट महिला नेतृलाई अघि सारेको छ। नेकपाले कोशी प्रदेशसभाकी पूर्वसांसद सरिता थापालाई जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवार बनाएको हो।लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहँदै आएकी थापालाई सोमबार उम्मेद्वार बनाउने टुंगो लागेको हो।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २३६ पटक पढिएको
  • अध्यक्ष ओली गृहजिल्ला झापामा, कार्यकर्ताद्वारा स्वागत

    इटहरी। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री गृह जिल्ला झापा आउनुभएको छ । उम्मेद्वारी दर्ताका लागि अध्यक्ष ओली झापाको दमक आउनुभएको हो । झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि विहान १०स्२५ को जहाजबाट उहाँ भद्रपुर विमानस्थल अवतरण गर्नुभएको छ । अध्यक्ष ओली भद्रपुर विमानस्थल ओर्लनासाथ पार्टी कार्यकर्ताहरु उहाँलाई स्वागतका लागि जम्मा हुनुभएको छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले त्यहाँको अवस्थाबारेमा जानकारी लिनुभएको छ । त्यसैगरी क्षेत्र नं। ३ बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिनुभएको कार्कीले बताउनुभयो ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • १४८ पटक पढिएको
  • सोनाम ल्होसारले आपसी सद्भाव र समृद्धिको यात्रा बलियो बनाउँछ : मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तामाङ समुदायको प्रमुख तथा ऐतिहासिक पर्व सोनाम ल्होसारको अवसरमा प्रदेश तथा देशविदेशमा रहनुभएका सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षको स्वागत गर्ने परम्परालाई प्रतिबिम्बित गर्ने बताउनुभएको छ । तामाङ समुदायको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानसँग यो पर्व गहिरो रूपमा जोडिएको उहाँको भनाइ छ । मुख्यमन्त्री कार्कीले परम्परागत पोशाक, संगीत, नाचगान तथा विविध परिकारका माध्यमबाट उल्लासपूर्वक मनाइने सोनाम ल्होसारले आपसी सद्भाव, सामाजिक एकता र समृद्धिको यात्रामा टेवा पुग्ने विश

    • प्रकाशित मितिः माघ ५, २०८२
    • १७२ पटक पढिएको
  • धरान नगर प्रमुख हर्क साम्पाङ र वडा १७ का अध्यक्ष मनोज भट्टराई दुवैले पदबाट दिए राजीनामा

    धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । नगर प्रमुख साम्पाङले आज आइतबार उपप्रमुख अईन्द्रविक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन ।कार्यपालिका बैठक कक्षमा वडाध्यक्षहरूको उपस्थिति बिच प्रमुख साम्पाङले उपप्रमुख बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन । उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएकोले पदबाट राजीनामा दिएको बताउँदै नगर प्रमुखको नेतृत्वमा रहँदा धराने जनताको अपार माया र विश्वास पाएकोमा धन्यवाद व्यक्त गरे । आफ्नो योजना प्रधानमन्त्री बन्ने रहेको उल्लेख गर्दै साम्पाङले आगामी राजनीतिक या

    • प्रकाशित मितिः माघ ४, २०८२
    • १४७ पटक पढिएको
  • धनकुटामा निर्वाचन प्रहरीका लागि ११ सय २६ जनाको आवेदन

    इटहरी । धनकुाटमा निर्वाचन प्रहरीका लागि कुल ११ सय २६ को आवेदन परेको छ । यो माग गरिएभन्दा ४१ जना बढीको आवेदन परेको हो । नेपाल प्रहरीतर्फ १ हजार ३४ र सशस्त्र तर्फ ९२ जनाको आवेदन परेको छ । धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी १ हजार ८५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाट माघ १ गते सम्मका लागि दरखास्त आह्वान गरेको थियो । सो अवधिमा धनकुटामा कुल ८ सय ७६ जनाको मात्र आवेदन परेपछि माघ ३ गते सम्मलाई म्याद थप गरिएको थियो । थप गरीएको अवधिमा १५८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः माघ ४, २०८२
    • १९४ पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्वाचनसमेत हेर्नेगरी जिल्ला समन्वय समिति झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । झापा जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेल रहनुभएको छ। जिल्लाका अरु चार वटा निर्वाचन क्षेत्रमा समेत निर्वाचन अधिकृतको कार्यालय शनिबार स्थापना भइसकेको छ । क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ

    • प्रकाशित मितिः माघ ३, २०८२
    • १७६ पटक पढिएको
  • कोशी प्रदेशका सबै २८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तयारीका क्रममा कोशी प्रदेशको सबै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशमा रहेका १४ वटा जिल्लामा २८ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । यस क्रममा सबै निर्वाचन क्षेत्रमा औपचारिक रूपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी शुक्रबारबाटै निर्वाचन तयारीसम्बन्धी औपचारिक गतिविधि  प्रारम्भ गरिएको छ । इनरुवा समाचारदाताका अनुसार सुनसरीको तीन स्थानमा चार वटा निर्वाचन अधिकृत कार्यालय उद्घाटन भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते हुने भएकाले इनरुवा

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २८४ पटक पढिएको
  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  ताप्लेजुङ जिल्ला अदालतसँगै रहनेगरी शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले उद्घाटन गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापनासँगै आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया जिल्लामा औपचारिक रुपमा सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधी

    • प्रकाशित मितिः माघ २, २०८२
    • १७८ पटक पढिएको
  • देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मालाई गर्‍यो ५ वर्षको कारबाही

    काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गर्नुभएको थियो । विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्दसत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै नि

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २१४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]