इटहरी । एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्नु भएकी भगवती चौधरीको निर्वाचन परिचालन समिति संयोजकमा लिलम बस्नेतलाई जिम्मेवारी दिईएको छ ।नेकपा एमाले सुनसरी ३ ले दुई हजार दुई सय एक सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ । परिचालन समितिको सहसंयोजकमा ओम प्रकाश मेहता र उपसंयोजकहरुमा शिव नारायण चौधरी र आश नारायण चौधरी हुनुहुन्छ भने परिचालन समितिको सचिबमा मिलिराम चौधरीलाई जिम्मेवारी दिएको पार्टीले जनाएको छ । सुनसरी ३ का प्रत्येक वडास्तरमा समेत परिचालन समिति बनाएर निर्वाचनमा जुटने संयोजक बस्नेतको भनाई छ । सुनसरी ३ वाट अघिल्लो चुनावमा नेपाली कांग्रेसका प्रतिस्पर्धी बिजय कुमार गच्छेदारलाई पाँच हजार एक सय ८८ मतले चौधरीले जित्नु भएको थियो ।

