इटहरी। इलाममा मेडिकल कलेज स्थापनासहित विभिन्न मागहरू राख्दै २५औँ सत्याग्रहमा रहनुभएका डा। गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
उहाँलाई आज बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत इलामबाट काठमाडौं लगिएको हो । इलामको सदरमुकामस्थित नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह बस्नुभएका डा। केसी स्वास्थ्यमा समस्या देखिएपछि सत्याग्रहको तेस्रो दिन नै इलाम अस्पताल भर्ना हुनुभएको थियो । पाँचौँ दिनसम्म सत्याग्रह जारी राख्नुभएका उहाँलाई अस्पतालमा दुई दिनसम्म राखेर उपचार गरिएको थियो ।
तर, इलाम अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला अस्पताल इलामका मेडिकल सुपरिटेन्डेन्ट डा। अमिताभ ठाकुरले जानकारी दिनुभयो ।


