इटहरी। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि तोकिएका ताप्लेजुङका २८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जिल्लाका लागि कायम भएका ८० मध्ये उक्त सङ्ख्यामा मतदानस्थल अति सम्वेदनशील सूचीमा रहेका हुन् । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार यस जिल्लाका लागि ८० वटा मतदानस्थल र १२७ वटा मतदान केन्द्र कायम भएका छन् । जिल्लाका लागि कायम भएका ८० वटा मतदान स्थलको अवस्था र संवेदनशीलताका आधारमा गरिएको वर्गीकरण अनुसार २८ वटा स्थल अतिसंवेदनशील सूचीमा रहेको प्रजिअ सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी २५ वटा मतदानस्थल संवेदनशील र
इटहरी। नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरी जिल्ला कमिटीद्वारा नेकपा ९एमाले० को ११औं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित सुनसरी जिल्लाका केन्द्रीय सदस्यहरूलाई सम्मान गरिएको छ। रामधुनी नगरपालिका–स्थित पर्यटकीय क्षेत्र रासतालमा आयोजित सम्मान तथा वनभोज कार्यक्रममा केन्द्रीय सदस्यहरू जगदीश कुसियत, भगवती चौधरी र मञ्जु गौतमलाई सम्मानपत्र प्रदान गर्दै सम्मान दोसल्ला ओडाएर सम्मान गरिएको हो।कार्यक्रम नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरी जिल्ला अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रामधुनी नगरपालिका नगर प्रमुख शंकरलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। सम्मा
इटहरी । नेपाल शैक्षिक परामर्श संघ ९ईक्यान० को उपाध्यक्ष पदका लागि सुनसरीका वासुदेव दाहालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पुस २८ गते हुने संघको २० औँ साधारणसभाले नयाँ नेतृत्वको चयन गर्दैछ । दाहालले उपाध्यक्ष पदका लागि शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय व्यवसायीको सर्वोपरी हितका निम्ति लागि पर्ने एजेण्डाका साथ उम्मेदवारी घोषणा गरेका छन् ।उनले आउँदा दिनमा शैक्षिक परामर्श व्यवसायको श्रीवृद्धिसँगै उक्त क्षेत्रका व्यवसायको हितका निम्ति सम्पूर्ण समय खर्चिने प्रतिबद्धता व्यक्त गरेका छन् । १९ औँ साधारणसभामा महासचिवका उम्मेदवार दाहाल पराजित भएका थिए । यसपटक जित्ने गरी चुनावी यात्रामा ला
धनकुटा । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडी बढ्न सकिने बताउनु भएको छ । आईतबार नेपाली कम्युनिस्ट पार्टी धनुटाले गरेको पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै सह–संयोजक नेपालले यस्तो बताउनु भएको हो ।सह–संयोजक नेपालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलने पश्चात् पछिल्लो राजनैतिक घटनाक्रमले आगमी चुनावमा चुनौति रहेकाले प्रस्ताव आए ठूला दलसँग मिलेर अगाडी बढ्न तयार रहेको बताउँनु भयो । त्यसका लागि निर्णायक दुई ठूला दलको भूमिका रहेको बताउँदै उहाँले त्यसका लागि आफू तयार रहेको धारण व्यक्त गर्नुभय
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विधान बमोजिम पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको पूर्वघोषित नियमित महाधिवेशनका कार्यतालिकाका कार्यक्रम स्थगीत भइसकेको अवस्थामा विधान बमोजिम पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरेका हुन् । असोज २९ गते विधान बमोजिम देशभरका ५४ प्रतिशतभन्दा बढि महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दैै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए । विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकारले पौष २७ र २८ गते विशेष महाधिव
इटहरी । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ सरकार अघि बढिसकेको बताउनुभएको छ । गृह मन्त्रालय र कोशी प्रदेश सरकारले बुधबार विराटनगरमा आयोजना गरेको निर्वाचन केन्द्रित सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूति सहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको बताउनुभएको हो । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औँल्याएको विषय प्रति सरकार संवेदनशील भएर काम गरिरहेको उहाले बताउनुभ
इटहरी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा एक सय १९ मतदानस्थल कायम भएका छन् । एक सय ६६ मतदान केन्द्र कायम भएका छन् । जिल्ला निर्वाचन कार्यलय धनकुटाका अनुसार धनकुटामा अघिल्लो निर्वाचनमा एक सय १९ मतदान स्थल र एक सय ६२ मतदान केन्द्र रहेका थिए । जिल्लाको धनकुटा नगरपालिकामा १५ मतदान स्थलमा २९ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ मतदान स्थलमा २७ मतदान केन्द्र र पाख्रिबास नगरपालिकामा १५ मतदान स्थलमा २३ मतदान केन्द्र कायम भएका छन् । यस्तै, साँगुरीगढी गाउँपालिकामा २१ मतदान स्थलमा २६ मतदान केन्द्र, चौबिसे गाउँपालिकामा २१ मतदान स्थलमा २४ मतदान केन्द्र कायम रहेको
इटहरी । नेपाली कांग्रेस मिक्लाजुङ गाउँपालिका सभापतिमा गणेश वाजी सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको १५ औं महाधिवेशनका लागि वाजीलाई सभापति बनाउन मिक्लाजुङ कांग्रेसमा सहमति जुटेको हो । वाजी नेतृत्वमा कांग्रेसको गाउँपालिका समिति अगाडि बढाउने सहमतिसहित १४ औं अधिवेशनबाट निर्वाचित समितिको अन्तिम बैठक सम्पन्न भएको वहालवाला सभापति सन्तकुमार सेर्माले बताउनुभयो । उहाँका अनुसार कांग्रेस केन्द्रीय समितिले तोकेको तालिका अगावै बैठकबाट यस्तो सहमति गरिएको हो । कांग्रेसले पुस १६ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तालिका सार्वजनिक गरेको छ । यद्यपी निर्धारित मितिमा अधिवेशन हुने सम्भावना न्यून छ । जेनजी आन्दोलन पश्चा
इटहरी । नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्न लागिएको जानकारी दिनुभएको छ । सोमबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै राईले यसअघि भएको सहमति अनुसार नै कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुने बताउनुभएको हो । उहाले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने जिकिर गर्नुभयो । राइले वर्तमान सरकार निर्वाचन गराउने भन्दा पनि राजनैतिक दलहरुबीच द्वन्द्व बढाउन लागिपरेको बताउदै निर्वाचन हुने अवस्था आए आफुहरु निर्वाचनका लागि तयार रहेको बताउनुभयो । उहाले संविधानलाई लिकमा ल्याउनका लागि संसद पुनस्र्थ
इटहरी। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । जिल्लाका सबै सुरक्षा निकाय र निर्वाचन कार्यालयले चुनावका लागि आन्तरिक तयारी तीव्र गतिमा अघि बढाएको छ । निर्वाचनका लागि सुरक्षा समिति, मतदानस्थल र केन्द्रको अवस्था निरीक्षण र सुरक्षा योजनाको तयारी भइरहेको छ । तर जिल्लाका राजनीतिक दलहरुको निर्वाचन लक्षित गतिविधि भने सुस्त गतिमा अघि बढिरहेको छ । चार नगरपालिका र तीन गाउँपालिका गरी सातवटा स्थानीयतह रहेको धनकुटामा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का नेतृत्वमा रहेका जिल्ला सुरक्षासमिति मतदानस्थल र केन्द्रको निरीक्षण अनुगमनलाई समेत तीव्रता दिएको छ । उक्त अनुगम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.