इटहरी । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरुले झुटको साहारा लिनु नपर्ने बताउनुभएको छ ।
उहाँले नीति, कार्यक्रम र बिचारले स्पष्ट भएर जनताको घरदैलोमा गएर जनताहरुको भावाना सुन्न आवश्यक रहेको भन्दै यस्तो बताउनुभएको हो । झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका अध्यक्ष ओलीले आफूहरुले गरेका विकासका काम, सुरु भएर अधुरो रहेका निर्माणको काम, बिभिन्न पूर्वाधारको बिषयमा जनातलाई बुझाउन आग्रह गर्नुभयो । प्रजातन्त्रिक अभ्यास सबैले गर्न पाउने र उम्मेदवार बन्न पाउने अधिकार संबिधानले दिएकाले स्वच्छ प्रतिस्पर्धा गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो ।
सोमबार झापा आउनुभएका ओली दमकमा पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधरणसँग भेटघाटमा ब्यस्त रहनुभएको छ । निर्वाचन क्षेत्रमा पर्ने दमक, कमल, गौरादह र गौरीगन्ज पालिकाका पार्टीका सबै कमिटीका पदाधिकारी तथा सदस्यहरु, सर्वसाधरण मतदातासँग सम्बाद गर्दै आउनुभएको एमालेका केन्द्रिय सदस्य ईन्द्र भण्डारीले बताउनुभयो । अध्यक्ष ओली केहीदिन झापामै रहनु हुने उहाँले बताउनुभयो ।


