समाचार

    Showing ४६१-४७० of १२,७९० items.
  • संस्कृति जोगाउन पसल सञ्चालन

    इटहरी। सामान्यतया नाफा कमाउने उद्देश्यले पुँजी लगानी गरेर व्यवसाय सञ्चालन गरिन्छ । फिदिम बजारका भीम योङहाङ भने नाफा–घाटाको हिसाबभन्दा माथि उठेर रैथाने सीप र संस्कृति संरक्षणका लागि चोयाले बनेका सामग्रीको पसल सञ्चालन गरिरहनुभएको छ ।विभिन्न जातजातिको परम्परागत सीप र संस्कृतिसँग जोडिएका चोयाका सामग्री बिक्री गर्दै आउनुभएका योङहाङलाई यस व्यवसायबाट आर्थिक लाभ न्यून भइरहेको उहाँको भनाइ छ । लोप हुँदै गएको हस्तकला र सीपलाई जीवन्त राख्ने उद्देश्यले चार वर्षदेखि उहाँले यो कामलाई निरन्तरता दिइरहनुभएको छ ।  उहाँको पसलमा चोयाबाट निर्मित नाङ्लो, डालो, मान्द्रो, थुन्से, डोको, खोँगी, कोक्रोलगायत सामग्री

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ६१ पटक पढिएको
  • सुकेपोखरी : प्रकृतिको मनमोहक संगम

    इटहरी। बिहानको झुल्केघामसँगै पाँचथरको सुकेपोखरीबाट टाढा हिमालको धर्सो देखियो । केही क्षणमै कुहिरोले हिमाललाई छोप्यो । एकैछिनमा खुलेको आकाश फेरि बादलले ढाकियो । कुहिरो र घामबीच चलिरहेको यो लुकामारीले सुकेपोखरी आसपासको दृश्यलाई झनै मनमोहक बनाइरहेको थियो ।मनसुनमा सुकेपोखरीको सौन्दर्यको आफ्नै रङ छ । चारैतिर फैलिएको हरियाली, डाँडामाथि दौडिरहेका बादल, चिसो लेकाली हावा र ठाउँ–ठाउँमा फुलेका रङ्गीचङ्गी फूलले यहाँ पुग्ने जोकोहीलाई केहीबेर रोकिएर प्रकृति नियाल्न बाध्य बनाउँछन् । मेची राजमार्गअन्तर्गत पौवाभञ्ज्याङ बजारबाट नजिकै रहेको सुकेपोखरी पाँचथरको आकर्षक पर्यटकीय गन्तव्य हो । मौसम फेरिएसँगै यहाँको दृ

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ६१ पटक पढिएको
  • झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दो, १० जना संक्रमित, पाँचको मृत्यु

    इटहरी : वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमण बढ्दै गएको छ।पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जेई संक्रमितको संख्या १० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार संक्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई संक्रमण पुष्टि भएको छ। संक्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। संक्रमितमध्ये एक

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ७४ पटक पढिएको
  • कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद

    इटहरी : विद्यालय शिक्षक तथा कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे कोशी प्रदेशस्तरीय नीति संवाद शनिबार विराटनगरमा सम्पन्न भएको छ।  शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक सङ्घ नेपालको सहजीकरणमा आयोजित कार्यक्रम देशव्यापी नीति संवाद अभियानअन्तर्गत सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या, विद्यालय शिक्षाका चुनौती तथा विद्यमान शिक्षा ऐन, नियमावली र नीतिगत सुधारका विषयमा छलफल भएको थियो।शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले नयाँ शिक्षा ऐन तर्जुमा गर्न सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताए। विद्यालय शिक्षालाई व्यवस्थित

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ७३ पटक पढिएको
  • कोशीमा अझै ग्यासको हाहाकार, आयल निगमका कोशी प्रमुख पुष्कर कार्की के भन्छन्

    इटहरी : कोशी प्रदेशमा एलपी ग्यासको खपत अस्वाभाविक रूपमा बढेपछि केही जिल्लामा देखिएको अभाव एक साताभित्र सहज हुने नेपाल आयल निगमले जनाएको छ।नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीका अनुसार पछिल्लो समय प्रदेशमा दैनिक १४ हजारभन्दा बढी सिलिन्डर ग्यास खपत भइरहेको छ। सामान्य अवस्थामा दैनिक करिब १० हजार सिलिन्डरको माग हुने गरे पनि पछिल्लो समय खपत उल्लेख्य रूपमा बढेको उनले बताए। विराटनगरमा मात्रै अहिले दैनिक करिब ४ हजार सिलिन्डर ग्यास वितरण भइरहेको कार्कीले जानकारी दिए। उनका अनुसार कोशी प्रदेशमा दैनिक १४ वटा ग्यास बुलेट भित्रिरहेका छन्। एउटा बुलेटमा १८ देखि २१ मेट्रिक टनसम्म

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ६९ पटक पढिएको
  • सट्टेबाजीको खातामा पैँतिस करोडभन्दा बढीको कारोबार

    इटहरी।  झापामा अनलाइन सट्टेबाजीमा संलग्न दुई प्रतिवादीको खाताबाट ३५ करोडभन्दा बढीको कारोबार भएको पाइएको छ । बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचेको खाताबाट साढे २३ करोड र मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरीको खाताबाट करिब १२ करोडको कारोबार भएको प्रहरीको अनुसन्धानबाट फेला परेको छ । मेचेको २५ वटाभन्दा बढी खाता भेटिएको छ । दुई वर्षको अवधिमा मेचेको ती खाताबाट १८ हजार ५०७ पटक कारोबार भएको प्रहरी अनुसन्धानले देखाएको छ । मेचेको साथबाट तीन थान सिमसहितका मोबाइल बरामद गरिएको थियो । मोबाइलमा प्रयोग भएका सिमहरू उनकै नाममा दर्ता रहेको छ । बरामद भएका मोबाइल खोली हेर्दा आइडी नं. १३६

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ६३ पटक पढिएको
  • फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

    इटहरी। ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू गरिने भएको छ । बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न एकतर्फी यातायात प्रणाली लागू गरिने भएको हो । नयाँ व्यवस्थाअनुसार तोक्मेतर्फ जाने सवारीसाधन बुद्धचोक–तोक्मे हाट हुँदै बाहिरिनुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख सुवास काम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार तोक्मेबाट बजार प्रवेश गर्ने सवारी दोबाटो हुँदै आउनुपर्नेछ । यस्तै दोबाटोबाट कोप्चे हुँदै वीरेन्द्रचोक जान सकिने भए पनि वीरेन्द्रचोकबाट कोप्चे हुँदै पुनः दोबाटोतर्फ जान भने पाइने छैन । बजारमा

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ७० पटक पढिएको
  • घाइते राष्ट्रिय खेलाडी आशिष राई थाइल्याण्डको अस्पतालबाट गुहार्दै– ‘अप्ठ्यारोमा देशले बिर्सिने हो?’

    इटहरी । नेपाल यू–२३ राष्ट्रिय टोलीका प्रतिभावान फुटबल खेलाडी इटहरी–२ शान्तिनगरका २४ वर्षीय आशिष राई यतिबेला थाइल्याण्डको अस्पतालमा जीवनको सबैभन्दा कठिन खेल खेलिरहेका छन्। बाल्यकालमा परिवारको इच्छा विपरीत च्यातिएको जुत्ता टालेर मैदान छिरेका उनले आफ्नो मिहिनेत र समर्पणका बलमा संकटा, मनाङ मस्र्याङ्दी, एनआरटी र एनएसएल हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका थि। तर २०८० फागुन ३ गते राष्ट्रिय टोलीको मैत्रीपूर्ण खेलका क्रममा विपक्षी डिफेन्डरसँग ठोक्किएर गम्भीर घाइते भएपछि उनको खेल जीवनमा एकाएक पूर्णविराम लाग्यो । काठमाडौँ र चीनमा उपचार सम्भव नभएपछि हाल थाइल्याण्डमा खुट्टामा ‘मेटल प्लेट’ राखेर

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • १५९ पटक पढिएको
  • चैते सामुदायिक वनको आमभेलाबाट महत्वपूर्ण निर्णय ः कारखाना उपभोक्ताकै जिम्मामा, केबलकार निर्माणमा सहमति

    इटहरी । चैते सामुदायिक वन उपभोक्ता समूहको आम भेला आज लालिगुराँस नगरपालिका–१ स्थित भुल्के गुम्बा परिसरमा सम्पन्न भएको छ । भेलाले सामुदायिक वनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै अर्गानिक मल र सिस्नो कारखाना उपभोक्ता मार्फत सञ्चालन गर्ने निर्णय गरेको छ । लालिगुराँस नगरपालिका–१ डोप्किले फिस्टेटारमा रहेको अर्गानिक मल कारखाना सञ्चालनको चरणमा रहेको छ । यस्तै, डाँडाखर्कमा सञ्चालन भइरहेको सिस्नो कारखानालाई उपभोक्ताले नै सञ्चालन गर्ने निर्णय आम भेलाले गरेको हो । वनबाट प्राप्त स्रोतलाई स्थानीय उत्पादन, रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले कारखानाको सञ्चालनलाई उपभोक्तामै केन्द्रित गर्ने निर्णय गरिएक

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • ११५ पटक पढिएको
  • इटहरीमा फिसिङ टुर्नामेन्ट, सञ्चालनको तयारीमा हुकट एन्ड कुक्ड फिसिङ पार्क एन्ड बीबीक्यू

    इटहरी । इटहरी उपमहानगरपालिका–२ स्थित हुकट एन्ड कुक्ड फिसिङ पार्क एन्ड बीबीक्यूको आयोजनामा फिसिङ टुर्नामेन्ट प्रतियोगिता भएको छ। पार्क सञ्चालनमा ल्याउने तयारीसँगै आयोजित प्रतियोगितामा झापा, मोरङ, सुनसरी सहित छिमेकी मुलुक चीनबाट समेत सहभागी आएका थिए। प्रतियोगिताका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइराला रहनुभएको थियो। करिब ३० जना सहभागी रहेको प्रतियोगिता हेर्न सयौँ दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ। तीन युवा व्यवसायी रोहित लिम्बु, जीवन राई र रोजन राईको संयुक्त पहलमा करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको फिसिङ पार्क सञ्चालनको तयारी भइरहेको छ। पार्कमा तीनवटा पोखरी निर्माण ग

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • २१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]