इटहरी। ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू गरिने भएको छ । बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न एकतर्फी यातायात प्रणाली लागू गरिने भएको हो । नयाँ व्यवस्थाअनुसार तोक्मेतर्फ जाने सवारीसाधन बुद्धचोक–तोक्मे हाट हुँदै बाहिरिनुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख सुवास काम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार तोक्मेबाट बजार प्रवेश गर्ने सवारी दोबाटो हुँदै आउनुपर्नेछ । यस्तै दोबाटोबाट कोप्चे हुँदै वीरेन्द्रचोक जान सकिने भए पनि वीरेन्द्रचोकबाट कोप्चे हुँदै पुनः दोबाटोतर्फ जान भने पाइने छैन । बजारमा
इटहरी । नेपाल यू–२३ राष्ट्रिय टोलीका प्रतिभावान फुटबल खेलाडी इटहरी–२ शान्तिनगरका २४ वर्षीय आशिष राई यतिबेला थाइल्याण्डको अस्पतालमा जीवनको सबैभन्दा कठिन खेल खेलिरहेका छन्। बाल्यकालमा परिवारको इच्छा विपरीत च्यातिएको जुत्ता टालेर मैदान छिरेका उनले आफ्नो मिहिनेत र समर्पणका बलमा संकटा, मनाङ मस्र्याङ्दी, एनआरटी र एनएसएल हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका थि। तर २०८० फागुन ३ गते राष्ट्रिय टोलीको मैत्रीपूर्ण खेलका क्रममा विपक्षी डिफेन्डरसँग ठोक्किएर गम्भीर घाइते भएपछि उनको खेल जीवनमा एकाएक पूर्णविराम लाग्यो । काठमाडौँ र चीनमा उपचार सम्भव नभएपछि हाल थाइल्याण्डमा खुट्टामा ‘मेटल प्लेट’ राखेर
इटहरी । चैते सामुदायिक वन उपभोक्ता समूहको आम भेला आज लालिगुराँस नगरपालिका–१ स्थित भुल्के गुम्बा परिसरमा सम्पन्न भएको छ । भेलाले सामुदायिक वनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै अर्गानिक मल र सिस्नो कारखाना उपभोक्ता मार्फत सञ्चालन गर्ने निर्णय गरेको छ । लालिगुराँस नगरपालिका–१ डोप्किले फिस्टेटारमा रहेको अर्गानिक मल कारखाना सञ्चालनको चरणमा रहेको छ । यस्तै, डाँडाखर्कमा सञ्चालन भइरहेको सिस्नो कारखानालाई उपभोक्ताले नै सञ्चालन गर्ने निर्णय आम भेलाले गरेको हो । वनबाट प्राप्त स्रोतलाई स्थानीय उत्पादन, रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले कारखानाको सञ्चालनलाई उपभोक्तामै केन्द्रित गर्ने निर्णय गरिएक
इटहरी । इटहरी उपमहानगरपालिका–२ स्थित हुकट एन्ड कुक्ड फिसिङ पार्क एन्ड बीबीक्यूको आयोजनामा फिसिङ टुर्नामेन्ट प्रतियोगिता भएको छ। पार्क सञ्चालनमा ल्याउने तयारीसँगै आयोजित प्रतियोगितामा झापा, मोरङ, सुनसरी सहित छिमेकी मुलुक चीनबाट समेत सहभागी आएका थिए। प्रतियोगिताका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइराला रहनुभएको थियो। करिब ३० जना सहभागी रहेको प्रतियोगिता हेर्न सयौँ दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ। तीन युवा व्यवसायी रोहित लिम्बु, जीवन राई र रोजन राईको संयुक्त पहलमा करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको फिसिङ पार्क सञ्चालनको तयारी भइरहेको छ। पार्कमा तीनवटा पोखरी निर्माण ग
इटहरी । मोरङको सुन्दरहरैँचा–११ बेलेपुरस्थित साधना संगम भजन कीर्तन मण्डलीको आयोजनामा वडा सञ्जालको मासिक भजन कार्यक्रम सम्पन्न भएको छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय भजनप्रेमीको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि, सुन्दरहरैँचाका निवर्तमान नगर प्रमुख शिवप्रसाद ढकालले यस्ता धार्मिक ,सांस्कृतिक गतिविधिले समाजमा आपसी सद्भाव, एकता र सकारात्मक सोचको विकास गर्न सहयोग पु¥याउने बताउनुभयो। सोही अवसरमा संस्थालाई निःस्वार्थ भावले आर्थिक, भौतिक तथा सामाजिक योगदान पु¥याएको भन्दै विशिष्ट अतिथि एवम् स्वतन्त्र नागरिक समाजका अध्यक्ष
इटहरी । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागेको ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । एक्स्पो भोलि विराटचोक स्थित नेपालीरिका होटलमा आयोजना हुँदैछ । हिकभिजन र म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा हुन लागेको एक्स्पोमा आर्टिफिसियल इन्टेलिजेन्स एआई सहित सुरक्षा प्रणालीका क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि तथा हिकभिजनका नवीनतम उत्पादनहरू प्रदर्शनीमा राखिनेछन् । नेपालका लागि हिकभिजनको आधिकारिक वितरक म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले एक्स्पोको सम
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा रहेका वर्षौं पुराना पाटीपौवा । पछिल्लो समय पाथीभरा क्षेत्र विकास समितिले पाटीपौवा मर्मतसम्भार गरेर बस्न योग्य बनाएको छ ।
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथो संस्करणमा सहभागी हुने आठ वटै टोलीको टुङ्गो लागेको छ । आगामी भदौ १२ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुने सबै टिमको टुङ्गो लागेको हो ।आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार यस वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङ–११ सहित भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै गत वर्षको विजेता सलहेश युवा क्लब सिराह, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ ले यस वर्षको प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको अध्यक्ष मादेनको भनाइ छ । उहाँका अनुसार प्रतिष्ठित क्लबहरू सातदोबाटो फुटबल क्लब
इटहरी। धनकुटा नगरपालिका वडा नं. ९ बेलहाराको रोइला टोलस्थित जाल्पादेवी कृषि सहकारीको बिक्री केन्द्रमा आउने किसानको एउटा मात्रै अपेक्षा रहेको हुन्छ, त्यो हो आफ्नो बालीका लागि आवश्यक रासायनिक मल पाइयोस् । तर, सहकारीमा जुन अपेक्षाले किसान त्यहाँ पुग्छन् निराश भएर फर्कन बाध्य रहेका छन् ।सहकारीमा पुग्ने २ सय ५० देखि ३ सय किसानमध्ये अधिकांश निराश भएर फर्किनुपर्ने अवस्था छ । धान, कोदो र गोलभेडा लगायतका बालीमा रासायनिक मल प्रयोग गर्ने मुख्य समयमा नै मल नपाउँदा किसानको चिन्ता बढेको छ । खेतमा बाली हुर्किरहेको छ, तर त्यसलाई आवश्यक युरिया र डिएपी भने किसानको पहुँचमा छैन ।बेलहराका किसानका लागि मलको अभाव यस
इटहरी । सुन्दरहरैँचा–८ सलकपुरस्थित सव डिभिजन वन कार्यालय पछाडिको खेलमैदानमा सम्पन्न अन्डर–१७ फुटबल प्रतियोगिताको उपाधि बुढासुब्बा युथ क्लब सुन्दरहरैँचा–८ ले जितेको छ । योङ्ग ब्वाइज एफसी सुन्दरहरैँचा–८ को आयोजनामा भएको रोमान्चक फाइनल खेलमा बेतना युनाइटेड बेलबारीलाई पराजित गर्दै बुढासुब्बाले उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो। विजेता बुढासुब्बा युथ क्लबले नगद ८ हजारसहित ट्रफी र मेडल प्राप्त ग¥यो भने उपविजेता बेतना युनाइटेडले नगद ५ हजार सहित ट्रफी र मेडलमा चित्त बुझायो। युवा खेलाडीहरूको प्रतिभा पहिचान र खेल भावनाको विकासका लागि प्रतियोगिता आयोजना गरिएको खेल संयोजक सन्तोष खरेलले जानक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.