इटहरी । बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर बजारमा मुख्य कार्यालय तथा रामधुनी नगरपालिका–४, लालपुर शाखा कार्यालय रहेको रामधुनी बचत तथा ऋण सहकारी संस्थाको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गणेशकुमार पौडेलको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि बराहक्षेत्र–१० का वडा अध्यक्ष तेजबहादुर गुरुङ र विशिष्ट अतिथि प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि खनाल रहनुभएको थियो। कार्यक्रममा संस्थाकी उपाध्यक्ष कमला कट्वालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव इन्द्रबहादुर दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। साधारण सभामा अध्यक्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाले कुल २ करोड १८ लाख १० हजार ८ सय ६२ रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिनुभयो।
सभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने २०२ जना सेयर सदस्य, लामो समय सेवा पु¥याएका वरिष्ठ सहायक युवराज खनाल तथा छात्रवृत्ति तर्फ उत्कृष्ट अंक ल्याउने १० जना विद्यार्थीलाई नगद सहित सम्मानित तथा पुरस्कृत गरिएको थियो। कार्यक्रममा स्थानीय सहकारी संस्थाका अध्यक्षहरू, सुरक्षाकर्मी, सञ्चालक समिति, उपसमितिका पदाधिकारी, समाजसेवी तथा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो। साधारण सभाको अवसरमा निःशुल्क आँखा शिविर समेत सञ्चालन गरिएको थियो। संस्थाले आगामी दिनमा पनि सदस्यहरूको आर्थिक विकास र समुदायको हितमा विभिन्न सामाजिक तथा रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ ।


