सुनसरी / झापाको दमक नगरपालिका वडा नम्बर - १ निवासी डा. प्रज्वल कोइराला वेपत्ता भएको दश दिनमा मृत अवस्थामा फेला परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा मंगलबार अपरान्ह लाश फेला परेको हो।माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाई खवर गरेपछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दो जुल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए। रोक्काका अनुसार साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको थियो । मृ
सुनसरी / भोजपुरको हतुवगढी गाउँपालिकाले गाउँपालिकामा रहेका ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्तामा थप व्यवस्था गरिने बताएको छ ।शिक्षा नियमावलीअनुसार प्रधानाध्यापकलाई थप जिम्मेवारी र कर्तव्यबोधसहित शैक्षिक सुधारमा लाग्न प्रोत्साहन गर्न भत्तामा थप व्यवस्था गर्न लागेको गाउँपालिकाको भनाइ छ ।त्यसैगरी विद्यालयमा अध्ययन गराउने महिला शिक्षिकालाई शिक्षा नियमावलीमा सुत्केरी बिदा ९८ दिन हुने व्यवस्था रहेकाले उनीहरू सो बिदामा गएको अवस्थामा पठनपठनमा असर नपुगोस् भन्नका लागि गाउँपालिकाले स्वयंसेवक तथा सट्टा शिक्षकको व्यवस्था गर्ने नीति अघि सारेको छ । यो कार्यले विद्यालयको कक्षालाई निरन्तर अघि बढाउ
काठमाडौं / भाद्र कृष्ण अष्टमीका दिनमा आज हिन्दूधर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्।द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको धार्मिक मान्यता छ।दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ। श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिएको धार्मिक मा
सुनसरी / अखिल नेपाल महिला संघ इनरुवा सुनसरीले तिज विशेष कार्यक्रम २०८० सम्पन्न गरेको छ । इनरुवा ३ स्थित सखुवागाछीमा अनेमसंघको तिज विषेश कार्यक्रम सम्पन्न गरिएको हो । नारीहरुको महान चाड हरितालिका तीजको पूर्व सन्ध्यामा महिलाहरुको महान चाड तिज विषेश कार्यक्रम गरिएको कोशी प्रदेश सभा सदस्य निरा खनालले बताउनुभयो ।पार्टीका नेता प्रतिनिधि सभा सदस्य भिमप्रसाद आचार्यको प्रमुख आथित्यता तथा प्रदेश सभा सदस्य निरा खनाल , रामप्रसाद मेहता र मिना श्रेष्ठको विषेश आथित्यतामा तिज विषेश कार्यक्रम सम्पन्न गरेको अनेमसंघ इनरुवा अध्यक्ष मनु चापागाईं ले बताउनुभयो ।कार्यक्रममा पार्टीका नेता खेमराज पोखर
सुनसरी / इटहरी वडा नम्बर - ३ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको छ ।नेपाल जुनियर रेडक्रस सर्कल सरस्वती माविद्वारा आयोजित रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको हो । ६१ औँ रेडक्रस दिवसको अवसर पारेर आयोजित कार्यक्रममा इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदी प्रमुख अतिथि थिए ।कार्यक्रममा विद्यालयका प्रधानध्यापक तथा जुनियर युवा रेडक्रस सर्कलका संरक्षण लेखनाथ भट्टराईले उपस्थित सबैलाई स्वागत गरेका थिए ।रेडक्रस इटहरी सभापति दिनेश भट्टराईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जुनियर रेडक्रस सर्कल सरस्वती माविका अध्यक्ष खगेन्द्र विश्वकर्माले प्रकाश पारेका थिए ।
महोत्तरी / वर्ल्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न ४ वटा परियोजनाहरुको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन कुमार लाल कर्णको अध्यक्षतामा आज भाद्र १९ गते सम्पन्न भएको छ । उक्त अवसरमा बोल्नु हुँदै प्रमुख कर्णले समुदायको विकास र सशक्तिकरणका लागि परियोजनाका कामहरु प्रशंसनीय रहेको बताउनुभयो । “वल्र्ड भिजन र साझेदार संस्थाहरुले संचालन गरेका क्रियाकलापहरुले लक्षित वर्ग र समुदायमा प्रत्यक्ष लाभ भएको देखिएको छ ।” प्रमुख कर्णले भन्नुभयो “सरोकारवालासँगको समन्वयलाई अझ बढाई छुटेका विपन्न वर्गलाई पहिचान गरी कार्यक्रम
दुहवी/ नेकपा एमाले दुहवीनगर कमिटी वडा नम्वर ८ को आयोजनामा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ । सो कार्यक्रममा वोल्दै नेकपा एमाले केन्द्रीय सदस्य, पुर्व मन्त्री भगवती चौधरीले नेकपा एमाले महिला हिंसा न्युनिकरण गर्न संगै, बृद्धवृद्धा, अशक्त, असहाय हरुको सहारा भएकोले अव एमालेको बिकल्प नरहेको वताउदै २०८४ संघ र प्रदेशको निर्वाचनमा एमालेलाई पहिलो पार्टी वनाउनतर्फ आम कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।नेकपा एमाले दुहवीनगर कमिटी वडा नम्वर ८ को आयोजनामा सम्पन्न कार्यक्रममा ३० जना बिभिन्न पार्टी मा आस्था राख्ने र स्वतन्त्र नागरिकले नेकपा एमाले बाहेक अरूबाट नागरिकले सभ्य समा
सुनसरी / उदयपुरको त्रियुगा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूलाई स्थानीय सरकार सञ्चालन र व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकरात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण सोमबारदेखि सुरु गरेको हो । जनप्रतिनिधि र कर्मचारीको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको नगरपालिकाका मेयर वसन्त बस्नेतले जानकारी दिए । जनप्रतिनिधिहरूलाई आफ्नो अधिकार र कर्तव्यअन्तर्गत कानुनी व्यवस्थाका बारेमा जानकारी गराउँदा कार्यसम्पादनमा भिन्नता ल्याउन
इटहरी / ऊर्जाशील महिला कृषि समूह इटहरीले तिज विशेष कार्यक्रम गरेको छ ।ऊर्जाशील महिला कृषि समूहकी अध्यक्ष लक्ष्मी बराल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ६ का वडाध्यक्ष दिवश पोख्रेलको सहभागिता थियो ।यसैगरी कार्यक्रममा सचिव घनश्याम गिरी, मायाघरकी अध्यक्ष सुभद्रा प्याकुरेल, घरेलु महासंघ सुनसरीकी अध्यक्ष रन्जु सिग्देल, लायन्स क्लब स्मार्ट सिटीका तृतीय उपाध्यक्ष रन्जना शर्मा टोलका अध्यक्ष, भृकुटी टोलका अध्यक्ष, विभिन्न संघ संस्थाबाट प्रतिनिधिको सहभागिता थियो ।यस अवसरमा महिलाहरुलाइ प्रोत्साहन गर्नु पर्छ भन्ने उद्देश्यले समूहले ३२ वर्षदेखि साइकल रिपेयरिङ्ग गर्दै आफ्नो गु
महोत्तरी / वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न परियोजनाहरुको जिल्ला स्तरीय सरोकारवालाबाट संयुक्त रुपमा अनुगमन जिल्ला समन्वय समिति महोत्तरीका उपप्रमुख नन्दु महराको नेतृत्वमा आज भाद्र १८ गते सम्पन्न गरिएको छ । स्थानीय साझेदार संस्थाहरु एकिकृत ग्रामिण विकास समाज महोत्तरी, समाज विकास केन्द्र महोत्तरी र दलित समाज उत्थान समिति नेपालद्वारा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना, जीविकोपार्जनका लागि पशुपालन परियोजना, प्रारम्भिक बाल शिक्षा परियोजना र बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.