सुनसरी / महिला उद्यमीहरुले उत्पादन गरेको उत्पादनलाई बजामा पुर्याउन उद्योग वाणिज्य संघ इटहरीको महिला उद्यम समितिले भदौ १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।महिला उद्यमीलाई प्रोत्साहन गर्न र वस्तुको बजारीकरण गर्ने उद्देश्यले ‘महिला उद्यमशीलता प्रदर्शनी’ नाम दिइएको मेला सुनसरीको इटहरीमा लाग्ने भएको हो । नेपाल युवा उद्यमी मञ्च सुनसरी र उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाबारे पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । घरेलु उत्पादनलाई प्राथमिकतामा उद्यमशील महिलाहरुलाई प्रोत्साहन गर्न प्रदर्शनी गर्न लागिएको मेलाकी संयोजक मीना ढकालले बताइन् । दैनिक उपभोग्य वस्तु, कृषिजन्य तथा जडिबुट
सुनसरी / राष्ट्रिय युवा संघ नेपाल इटहरी नगर कमिटीले इटहरी १८ को पञ्चायत आधारभुत निम्न माध्यामिक विद्यालयमा वृक्षारोपण गरेको छ ।राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत राष्ट्रिय युवा संघ इटहरी उप-महानगर कमिटीले इटहरी १८ मा रहेको पञ्चायत आधारभुत निम्न माध्यामिक विद्यालय मा वृक्षारोपण तथा महाकलेश्वर मन्दीर परिसरमा सरसफाइ गरेको हो ।वृक्षारोपण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल इटहरी का अध्यक्ष कमल दाहाल , इटहरी १८ का जनप्रतिनिधि राम कुमार चौधरी , सुनसरी जिल्ला कमिटीका अध्यक्ष सुजन लामा , सुनसरी जिल्ला युथफोसका प्रमुख सविन श्रेष्ठ , कोशी प्रदेश युथफोस प्रमुख
रामधुनि / रामधुनि सामुदायिक वन उपभोक्ता समिति द्वारा सुनसरीको बराहक्षेत्र नगरपालीकामा वडा न . १० मा पर्ने रामधुनि सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा बृक्षरोपण गरिएको छ । रामधुनि सामुदायिक वन उपभोक्ता समितिले बिगत लामो समय देखि बन जंगल संरक्षणका लागि बिभिन्न सचेतना मुलक कार्यक्रम संगै वृक्षारोपण गरिरहेका रामधुनि वन उपभोक्त समितिका अध्यक्ष जगत बहादुर कट्वलले बताउनु भयो । रामधुनि सामुदायिक वन उपभोक्त समितिले सब डीभिजन बन कार्यलय रामधुनी नगरपालीकाको नर्सरी संग समन्वय गरी करिब ४०० विभिन्न प्रजातीको विरुवा रामधुनि बन परिसर मा रोपिएको टाेल समुहका बिज्ञान घिमिरेले बताउनु भयो । 
सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले मिटर ब्याजबिरुद्धको सुनुवाइमा सफलता हात पारेको जनाएको छ । कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटर ब्याजीबिरुद्धको उजुरी १ करोड १० लाखमा सल्टाइएको छ ।आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्ष अघि धरानकै मणिराज राईबाट ५४ लाख रुपैयाँ ऋण ब्याजमा लिएका थिए ।आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्स समेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताए । सरकारले ल्याएको अध्यादेश बमोज
सुनसरी / धरान उपमहानगरपालिकामा डेंगुबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने संक्रमितको संख्या १२ हजार नाघेको छ ।बिहीबार साँझसम्मको विवरण अनुसार धरानमा डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ रहेको छ । जसमा ६ जना महिला र ५ जना पुरुष छन् । हालसम्म संक्रमितको संख्या भने १२ हजार १८४ पुगेको छ ।धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार धरानमा हालसम्म जम्मा परीक्षण १६ हजार ८४० जनाको भएको छ । जसमध्ये ७२ प्रतिशतमा डेंगु देखिएको हो ।बिहीबारमात्रै गरिएको ३९० वटा परीक्षणमा २८७ जनामा डेंगु देखिएको उनले बताए । यो संख्या ७४ प्रतिशत हो ।
संखुवासभा / संखुवासभा जिल्ला कारागारमा दुई जना कैदीको मृत्यु घटनाको स्थलगत अध्ययन गरेको इन्सेकले सुरक्षाकर्मीको यातनाबाट कैदीको मृत्यु भएको निष्कर्ष निकालेको छ ।बिहीबार विराटनगरमा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक कोशी प्रदेश कार्यालयले खाँदवारी नगरपालिका १ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको साउन २४ गते मृत्यु भएको घटनामा इन्सेक कोशी प्रदेश कार्यालयले साउन २६ गतेदेखि २८ गतेसम्म स्थलगत अध्ययन र अनुगमन गरेको थियो ।घटनापछि गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो। उक्त टोली गत शुक्रबार सङ्खुवा
सुनसरी / स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकनमा धनकुटाको छथर जोरपाटी गाउँपालिका धनकुटाका ७ स्थानिय तह मध्ये पहिलो पालिका भनेको छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको नतिजा अनुसार आर्थिक वर्ष २०७८- ७९ को संस्थागत क्षमता स्वमुल्यांकन सम्बन्धी नतिजा अनुसार १०० अंकमा ८७ अंक प्राप्त गरेर पहिलो पालिका भनेको हो । सूचना प्रविधिमा आधारित ढाँचा अनुसार छथर जोरपाटी गाउँपालिका जिल्लामा पहिलो र कोशी प्रदेशमा ८ औं स्थानमा पर्न सफल भएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले बताए ।त्यस्तै स्थानिय तह वितिय सुशासन जोखिम मूल्याकनमा ८२.५ अंक प्राप्त गर्दै
इटहरी / चोरी मुद्दामा फरार रहेका इटहरीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी चोरी मुद्दामा सुनसरी जिल्ला अदालतको २०७९ साल ११ महिना २८ गतेको सजाय निर्धारण आदेशले ९ महिना कैद र १० हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका इटहरी उपमहानगरपालिका-३ का ४३ वर्षीय राजेश निम्लेकु लिम्बूलाई पक्राउ गरेको हो ।प्रहरीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेर उनलाई अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारगार पठाइएको छ ।
सुनसरी / धरान - ११ मङ्गलवारे चोकमा खुलेआम कानुनको धज्जी उडाउँदै गैर कानुनी रूपमा गाई गोरु काटेनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले खोजि गर्दै छ । हिजोबाट सामाजिक सञ्जालमा आएका फोटो भिडियोलाई आधार मानेर यही विषयमा गम्भीर भएर अनुसन्धान गरी कानुनले बर्जित गरिएकाे कुरा गर्नु नहुने गरि खोजि गरिएको छ ।राज्यलाई ठाडो चुनौती दिँदै सुरक्षा प्रमुखलाई समेत चुनौती दिनेहरूकाे धमाधम खोजी कार्य भइरहेको र यस बिषयमा प्रहरीले सूक्ष्म तरिकाले नतिजा देखिने गरी कार्य गरिरहेको छ । धरानका डिएसपी नवराज मल्लका अनुसार यस अघि पनि धरानमा गोरु काट्ने खाने र काट्न लगाउने बेच्ने सबैलाई पशु पन्छी
सुनसरी / इटहरी उपममहानगरपालिका वडा नं. २० मा अशक्त ज्येष्ठ नागरिकको ज्येष्ठ नागरिक सुरक्षा भत्ता सेवाको नवीकरणका लागि जनप्रतिनिधि घर पुगेर नवीकरण गर्दै छ । आर्थिक वर्ष २०८०।८१ सुरु भएसँगै साउन १ गतेदेखि ज्येष्ठ नागरिक सुरक्षा भत्ताको विवरण अद्यावधिक गर्न सुरु गरिएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले बताए । वैदेशिक रोजगार वा अन्य कुनै सिलसिलामा विदेश पुगेका वा मृत्यु भइसकेका सेवाग्राहीको नाममा आउने भत्ता दुरुपयोग हुनसक्ने भएकाले त्यस्तो सम्भावना निराकरण गर्न सरकारले वार्षिक रूपमा विवरण अद्यावधिक गर्ने उनको भनाइ छ ।इटहरी २० मा एक हजार एक सयभन्दा बढी जेष्ठ नागरिक रहेकोमा हाल सम्म
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.