सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित कचना महादेव माध्यमिक विद्यालयमा अध्ययनरत सुवास दमाई तेक्वान्दो विधाको राष्ट्रिय खेलाडीमा छनौट भएका छन् । विद्यालयको कक्षा ७ मा अध्ययनरत दमाई तेक्वान्दो एसोसियसन अफ नेपाल (टान) द्वारा आयोजित छनौट प्रतियोगितामार्फत् ३३ किलो तौल समुहतर्फ देशकै सर्वोत्कृष्ठ खेलाडीका रुपमा छानिएका हुन् । दमाईले देशका विभिन्न जिल्लाबाट प्रतिस्पर्धामा सहभागी हुन आएका आफ्नो तौल समुहका ६९ जना प्रीतस्पर्धीलाई पछि पार्दै राष्ट्रिय खेलाडीका रुपमा आफ्नो नाम लेखाउन सफल भएको विद्यायलका प्रधानाध्यापक हरिशंकर घिमिरेले जानकारी दिए । दुई वर्षदेखि तेक्वान्दो खेलमा अभ्यासरत दमाईले पहिलो प
विराटनगर : कोशी प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य भएको छ । बुधबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पशे गरेका थिए ।कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।सरकारले गरेकमो सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् ।बुधबार प्रदेश प्रमुखको कार्यालयका प्रवत्ता नरेन्द्र श्रेष्ठले प्रदेश प्रमुखले चालु दोस्र
पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे-६ मा रहेको सुनदह वचत तथा ऋण सहकारी संस्थाले ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।गएको जेष्ठ २८ गते ३३ लाख ६९ हजार ३५५ रुपैयाँ ठगी गरेको भनी तारा खड्का समेत २५ जना पिडितहरुले ईलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएका हुन् । ठगी कसुर अन्तर्गत दिएको जाहेरी दरखास्त ईप्रका कार्यालय पथरीमा दर्ता भई अनुसन्धान भई रहेको ईप्रका पथरीका प्रमुख डिएसपी लक्ष्मी प्रसाद भण्डारीले जनाउनु भएको छ।प्रहरीले उक्त सहकारी संस्थामा वचत गर्ने जाहेरी दिन छुटेका र बाँकी रहेका वचतकर्ता पिडितहरुले यथाशिघ्र ईलाका प्रहरी कार्यालय पथरी मोरङमा गएर ज
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रेशसभामा पेश गरेको छ ।प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँग साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिवी निवारणका उपायाको अध्ययन अनुसन्धान गरिने लगायतका विषय उल्लेख छ ।यस्तै कार्यक्रममा प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, कानून कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गरिने, प्रदेश लोकसेवा आयोगको रणनीतिक योजना कार्यान्वयनमा ल्याउने, आन्तरिक राजस्व वृद्धिको लागि सम्भाव्यता
इनरुवा । लामो समयको प्रयासपछि जिल्ला अस्पताल सुनसरी इनरुवामा रक्त संचार केन्द्र सञ्चालनमा आएको छ । इनरुवा नगरपालिका र भोक्राहानरसिंह गाउँपालिकाको विशेष सहयोगमा रहेको रक्त संचार केन्द्र विश्व रक्तदाता दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो । अस्पतालले जिल्ला प्रशासन कार्यालय सुनसरी र नेपाल रेडक्रस सोसाइटी सुनसरी सँगको समन्वय र सहकार्यमा ब्लड बैंकको सेवा सञ्चालनमा ल्याएर सेवाग्राहीलाई सहज वनाएको छ । अस्पताल हातामा सञ्चालनमा ल्याइएको ब्लड बैंकले अस्पतालमा आउने रगत आवश्यक पर्ने विरामीहरुका लागि महत्वपुर्ण योगदान पुर्याउने कार्यक्रमका वक्ताहरुले जोड दिए ।अस्पताल
गैरपत्रकारहरुलाई पत्रकार महासंघको सदस्यता कायम राख्ने खेल भएको भन्दै प्रेस चौतारीले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । शुद्धीकरणका सन्दर्भमा महासंघ सुनसरीले २४ घण्टा भित्र जवाफ नदिए महासंघ विरुद्ध तालाबन्दी गर्नसमेत बाध्य हुने र उत्पन्न परिस्थितिको जवाफदेही पत्रकार महासंघ सुनसरी हुने चौतारीले चेतावनी दिएको छ ।शुद्धीकरण अभियानलाई कडाइका साथ खुट्टा नकमाई निष्पक्ष रूपमा काम गर्न सुनसरी पत्रकार महासंघलाई चौतारीले आग्रह गरेको छ । अन्यथा प्रेस चौतारी सुनसरी सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उल्लेख गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चौतारी सुनसरीले पत्रकार महासंघ सुनसरीका कार्यसमि
रामधुनी / थारू समुदायको भाषा, संस्कृति र संस्कारलाई जोगाउने उद्देश्यले दुई दिने तेस्रो थारू चलचित्र महोत्सव बुधबार बाट सुनसरीको रामधुनी, झुम्कामा सुरु भएको छ।थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रिय कार्यसमितिको आयोजनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीको प्रमुख आतिथ्यतामा पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका थारु चलचित्रकर्मीहरु तथा थारु चलचित्र उद्योगमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम गरिने भएको छ ।पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समूदायका कलाकारले निर्माण गरेका फिल्म एउटै थलोमा देखाउन र बजार प्रवर्द्धन गर्न महोत्सव गरिएको त
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सरकारले छाता ऐन ल्याएर अधिकार विहीन वनाउन खोजेको भन्दै धरानका सर्वदलीय संघष समितीले वुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएको छ। विहान प्रतिष्ठानका निमित्त कुलपति प्राध्यापक डाक्टर संजीव शर्मा मार्फत संघर्ष समितिले उक्त ज्ञापन पत्र वुझाएको हो । समिीका संयोजक मुक्साहाङ मेन्याङ्बोका अनुसार पहिलो चरणमा समितीले ध्यानार्षण र ज्ञापन पत्र वुझाएको हो र भोली फेरी प्रतिष्ठानका चिकित्सक कर्मचारी सहित सरोकारवालासँग छलफल गर्ने भएको छ ।यसैवीच धरान सरोकार समाजले पनि सरकारको ध्यानाकर्षण गराएको छ । समाजले शिक्षा,विज्ञान तथा प्रविध
विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार कानुनको पालनामा अब्बल रहेको बताएका छन् ।बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रदेशसभामा बोल्दै भण्डारीले सरकारले संविधानको बाटोभन्दा एक इन्च वरपर नगर्ने कुरामा ढुक्क हुन विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।यस्तै सरकार अल्पमतमा रहेका कारण ३० दिनभित्र संवैधानिक प्रक्रियाअनुसार .विश्वासको लिने उनले बताए । अल्पमतमा परेको ३० दिनभित्र विश्वसको मत लिने संवैधानिक व्यवस्था भएको स्मरण गराउँदै उनले अहि
पथरी शनिश्चरे, जेठ ३१/मोरङको पथरी शनिश्चरे वडा नं. ८ को विभिन्न टोल विकास संस्थाहरुलाई कृर्षि सामग्रीहरु वितरण गरिएको छ । आज वडाको सभाहलमा आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम बमोजिम ७५ प्रतिशत अनुदानमा ति सामग्रीहरू वितरण गरिएको हो। उक्त अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले ९ वटा टोल विकास संस्थालाई सामग्री वितरण गर्नुभएको थियो । वडामा स्थापित वाग्डुगरा, शुक्रबारे, शिवजी, मंगलबारे, मिलीजुनी, सिद्धेश्वर, नमूना, फाल्गुनन्द र स्कुलडाँडा टोल विकास संस्थाहरूलाई मकै छोड्याउने मेसिन, मकै रोप्ने मेसिन, विद्युतीय स्पे ट्याङ्की वितरण गरिएको हो । वडा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.