विराटनगर : कोशी प्रदेश सरकारकि स्वास्थ्यमन्त्री निर्मला लिम्बूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेको जसपा प्रदेश समितिको बैठकले एमाले नेतृत्वको सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि लिम्बूले राजीनामा दिएकी हुन् । प्रदेशमा जसपाकी एक्ली सांसद लिम्बू २०७९ पुस २५ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी भएकी थिइन् ।तर, प्रदेशको नामकरणपछि सरकारले पहिचान पक्षधरको आवाजलाई बेवास्ता गरेपछि आफूले राजीनामा दिएको उनलेे बताएकी छिन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, “प्रदेशको नामाकरण पहिचानको आधारमा
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब छुट्याइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड गरी जम्मा रु एक खर्ब ४६ अर्ब दुई करोड वित्तीय हस्तान्तरण गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । आगामी आर्थिक वर्ष
इटहरी । कोशी प्रदेश कार्यसम्पादनमा आधारित अनुदानमा सबैभन्दा धेरै रकम पाउने प्रदेश बनेको छ । संघीय सरकार अर्थमन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणको सारांशमा कार्यसम्पादनमा कोशी प्रदेश उत्कृष्ट देखिएको हो ।कोशी प्रदेशले उक्त शीर्षकमा ४७ करोड ९८ लाख रुपैयाँ अनुदान पाउने भएको छ । दोस्रो स्थानमा रहेको गण्डकी प्रदेशले ४२ करोड ३९ लाख, तेस्रो स्थानमा रहेको बाग्मती प्रदेशले ३५ करोड १९ लाख, चौथो स्थानमा रहेको लुम्बिनी प्रदेशले ३३ करोड ५५ लाख, पाँचौं स्थानमा रहेको कर्णाली प्रदेशले ३० करोड १३ लाख, छैटौं स्थानमा रहेको सुदूरपश्चिमले २५ करोड ४१ लाख र
इटहरी / नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही लगायतका माग राख्दै आएको सरकार साझेदार दल नेकपा एकीकृत समाजवादीको मोर्चा संगठन कोशीले आजबाट इटहरीमा २४ घण्टे रिले अनसन सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीको मोर्चा संगठन कोशी प्रदेशको आह्वानमा सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि यही जेठ ८ गते देखि ८ घण्टे रिले अनसन सञ्चालन गर्दै आएकोमा आजबाट २४ घण्टे वनाइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणले देशलाई अन्तराष्ट्रिय स्तरमै लज्जित वनाएको हुँदा यस्तो अपराध गर्ने अपराधीहरुलाई कानुनी कारवाही गर्नु पर्ने माग राख्दै रिले अनसन गर्दै आएकोमा अझ सशक्त वनाउने क्रममा आजबाट २४ घ
सुन्दरहरैँचा / मोरङ्गको सुन्दरहरैँचा ५ स्थित बलियामा प्रथम बलिया महोत्सव सञ्चालन गरिने भएको छ। जेठ १९गते देखि असार ५ गते सम्म महोत्सव सञ्चालन गर्न लागिएको हो। सुन्दरहरैँचामा क्रियाशिल मिलिजुली परिवारको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा.लि.को व्यवस्थापनमा सुन्दरहरैँचा वडा नम्बर ५ स्थित बलियामा सञ्चालन हुने प्रथम बलिया महोत्सवमा करिब ४० देखि ५० वटा व्यापारीक स्टलहरु रहने छन्।२१ दिन सम्म चल्ने महोत्सवमा हरेक दिन स्थानीय प्रसिद्ध कलाकार तथा प्रमोद खरेल, निशान भट्टराई, ज्योति मगर, जीबव, प्रिति आले अस्मिता अधिकारी, शशि मण्डल जस्ता राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले मंगलबार सुन्
विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाएको छ । सरकारले मंगलबार उनीहरुलाई औपचारिक रुपमा वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरेको हो ।सरकारका प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन् ।फागुन १७ गते प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । त्यस प्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।‘नामकरणको बारेमा रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण रूपमा राख्न अनुर
काठमाडाैं । नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने भएका छन्। आफूविरुद्धको बलात्कार मुद्दा टुंगो नलाग्दा सन्दीपले दक्षिण अफ्रिकामा हुने खेलमा सहभागीता नजनाउने निर्णय लिएका हुन्।सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले सन्दीप दक्षिण अफ्रिका नजाने बारे क्यान र नेपाली क्रिकेट टिमका प्रशिक्षकलाई जानकारी गराइसकिएको बताए।मंगलबार मुद्दा फैसलाका लागि पेशी तोकिएको थियो। न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेशी तोकिएको भएपनि फैसला टर्यो। न्यायाधीश राईले क्षतिपूर्ति सम्बन्धि निवेदनलाई पनि सँगै राखेर पेश गर्न आदेश दिए, सुनुवाइ गरेनन्। पटक पटक पेशी तोकिए पनि फैसला हुन नसकेपछि स
काठमाडाैं । टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि असन्तुष्ट प्रहरी निरीक्षक केशव बोहराकी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन्।उनले दिएको उक्त रिट निवेदन दर्ता भएको हो। उक्त मुद्दाको पेशी भोलि (बुधबार)का लागि पेशी तोकिएको छ। सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीले आममाफी पाइसकेका छन्।
इटहरी / पूर्वपश्चिम राजमार्ग समाएर इटहरीबाट पश्चिम लाइन हुँदै पचरुखी कटेपछि आउँछ स्यार्येकाली पेट्रोल पम्प । तर, यो क्षेत्र पेट्रोल पम्पको लागी भन्दा भोजनको लागी लोकप्रिय बनेको छ । राजमार्गमा सवार हुनेहरुले झाप कटेपछि र सप्तरी कटेपछि अनिवार्य खानपिन गर्ने क्षेत्र हो स्यार्येकाली पम्प क्षेत्र । सबैभन्दा पहिले २०५५ ताका होमनाथ दाहालले सविना होटलको नाममा यहाँ खाना व्यवशाय सुरु गरेका थिए । अहिले त्यो होटल बन्द भएको छ । संचालकअरु अरु ठूलो लगानीको क्षेत्रमा स्थानान्तरण भएका छन् । तर, खाना गन्तव्यको रुपमा स्यार्येकालीको महिमा भने जहाँको तहि छ । अहिल
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले काली मन्दिर विराटनगरको पहिचान र एकताको प्रतीक भएको बताउनुभयो । उहाँले धर्म र संस्कृतिमाथि पछिल्लो समय आक्रमण भइरहेको उल्लेख गर्नुभयो । मेयर कोइरालाले पुस्तान्तण हुँदै गएमा मात्रै धर्म र संस्कृतिको संरक्षण हुने दाबी गर्नुभयो ।विराटनगरस्थित काली मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको गरिब तथा विपन्न महिलाहरुका लागि सारी वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरका तर्फबाट कला, साहित्य, धर्म र संस्कृतिको विकास र संवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने प्रस्ट पार्नुभयो ।सो अवसरमा व्यवस्थापन समितिले गरिब तथा विपन्न महिलाहरुलाई सारी वि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.