इटहरी / पूर्वपश्चिम राजमार्ग समाएर इटहरीबाट पश्चिम लाइन हुँदै पचरुखी कटेपछि आउँछ स्यार्येकाली पेट्रोल पम्प । तर, यो क्षेत्र पेट्रोल पम्पको लागी भन्दा भोजनको लागी लोकप्रिय बनेको छ ।

             राजमार्गमा सवार हुनेहरुले झाप कटेपछि र सप्तरी कटेपछि अनिवार्य खानपिन गर्ने क्षेत्र हो स्यार्येकाली पम्प क्षेत्र । सबैभन्दा पहिले २०५५ ताका होमनाथ दाहालले सविना होटलको नाममा यहाँ खाना व्यवशाय सुरु गरेका थिए । अहिले त्यो होटल बन्द भएको छ । संचालकअरु अरु ठूलो लगानीको क्षेत्रमा स्थानान्तरण भएका छन् ।

तर, खाना गन्तव्यको रुपमा स्यार्येकालीको महिमा भने जहाँको तहि छ । अहिले पाँच वटा सक्रिय खाना पसलहरु संंचालनमा छन् । राजमार्गमा सवार हुनेहरु, स्थानियहरु एकपटक स्यार्येकाली पम्प क्षेत्रमा भेज ननभेज खाना खान छिरेपछि बानि पर्छन् । उनीहरु दोहोरिएर जान्छन् ।

          दैनिक सरदरमा ४०० जनाले खाना खाने व्यवशायीहरु बताउँछन् । सादा खाना १७०  दाम पर्ने खानाको दर मासु हेरेर २५० देखी ३०० सम्म रहेको छ । खाना खान आउनेहरु बिहानबाट रातभरी नै हुन्छन् । तर, प्रशाशनको नियमका कारण १० बजेपछि भने खाना होटलहरु बन्द हुने गरेका छन् ।