समाज

    Showing १०,५३१-१०,५४० of ११,३०१ items.
  • रुपकुमारी अध्यात्म सेवाद्वारा इटहरीकाे माया घरलाई नगद रू ५० हजार सहित सम्मान

    इटहरी । लामो समय देखि सामाजिक क्षेत्रमा कृयाशिल काठमाडौंस्थित रुपकुमारी अध्यात्म सेवा समितीले इटहरीको माया घरलाइ नगद रू ५० हजार सहित सम्मान गरेको छ ।काठमाडौंमा हालै सम्पन्न भब्य कार्यक्रा बिच इटहरीको माया घर नेपाललाइ सो संस्थाले नगद सहित सम्मान गरेको हो । मानव धर्मको पथमा रहि अतुलनीय सेवा गरेको भन्दै माया घर नेपाल इटहरीलाइ सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा माया घर नेपाल इटहरी सहित अन्यलाइ पनि सम्मान गरिएको थियो ।काठमाडौंस्थित रुपकुमारी अध्यात्म सेवा समितीको अध्यक्ष रमा शर्माले इटहरीको माया घर नेपालले मानव सेवामा पुर्याएको योग्दानबारे कार्यक्रममा खुलेरै प्रशंसा गर्नुभएको थियो ।संस्थ

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • ७५ पटक पढिएको
  • सिमा विवाद बारेको सत्य तथ्य छानविन गर्न इटहरी,धरानका मेयर र जिल्ला प्रशासन सुनसरीलाई राष्ट्रिय युवा संघको अनुरोध

    इटहरी/ राष्ट्रिय युवा संघ नेपाल इटहरी नगर कमिटिले धरानमा आफुले मनपरी गरे जस्तो बिधि विधान कानुन विपरित चालेको कदम जस्तो दुई अलग अस्तित्व भएका उप–महानगरको सिमा बारेमा कुनै पनि कदम चाल्ने काम प्रति आपत्ति जनाएको छ। नगरकमिटिले सोमबार अपरान्ह बिज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो।अन्तरपालिका सिमाना बारे निर्णय गर्ने अधिकार पालिका प्रमुख एक्लैलाई कस्ले दियो ? भन्दै धरानका मेयरलाई प्रश्न गरेको छ। राष्ट्रिय युवा संघ इटहरी जारी गरेको बिज्ञप्तीमा इटहरी र धरान बीचको सिमा विवाद निकै समय देखि चलिआएको व्यहोरा सबैलाई जानकारी भएको भन्दै भौगोलिक सिमा रेखा बारेको निष्कर्ष, सिमाना के कसरी तय गरिएको छ भन्ने

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • १९९ पटक पढिएको
  • फ्लाइ दुबईको विमान पाइलटले काठमाडौंमा अवतरण गराएनन्

    काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भएपनि काठमाडौंमा अवतरण गरेन ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् ।‘डेस्टिनेसनमै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने पाइलटले बताएका छैनन्’, एक अधिकारीले भने, ‘पाइलटले वी विल कन्टिन्यू भनेका छन् ।’ती अधिकारीका अनुसार पाइलटले विमान भारतमा अवतरण गर्नसक्छन् । ‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिनसक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजत

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • १०३ पटक पढिएको
  • पुर्वी हटलाईनको १०औं बार्षिक उत्सवमा संचारकर्मी कार्की र समाजसेवी रिजाल सम्मानित

    इटहरी । इटहरीबाट प्रकासीत हुदै आएको पुर्वी हटलाईन दैनिकले आफनो १०औं प्रकासन वर्षको अवसर पारेर निरन्तर पत्रकारिता पुरस्कर बाट  एभिन्युज खबरका सम्बाददाता  दिपक कार्की र  समाजिक क्षेत्रमा योगदान गरेको  भन्दै समाजसेवि बिष्णु  रिजाललाइ  सम्मान गरेको छ ।  पुर्वी हटलाईन दैनिकका प्रधान सम्पादक शालिग्राम पाण्डेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलावल्लव घिमीरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्कीलाई सम्मान गरिएको हो । सो अवसरमा निरन्तर पत्रिका प्रकासन गर्नु भनेको सामान्य कुरा नभएको भन्दै प्रमुख अतिथी घिमीरेले १० वर्ष देखि निरन्तर पत

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • ७३ पटक पढिएको
  • इटहरीमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    इटहरी : इटहरीमा कोसी प्रदेशस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को संयोजनमा इटहरी रंगशालामा सुरु प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।            प्रतियोगिताको कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरे ।प्रतियोगितामा कोसी प्रदेशका १४ वटै जिल्लाका एक हजार दुई सय खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए।एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा सञ्चालन हुने प्रति

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • १९४ पटक पढिएको
  • नागरिक समाज इटहरीमा बालिका खड्का भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति चयन

    इटहरी । नागरिक समाज इटहरीमा पहिलो पटक महिलाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।पुर्व अध्यक्षहरुको भेलाबाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा बालिका खड्का भट्टराई चुनिएकी हुन ।नागरिक समाज इटहरीका  अध्यक्ष राजु केसीको अध्यक्षतामा भएको भेलाबाट चयन भएको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा आर के राई , उपाध्यक्षद्धयमा दोण वहादुर न्यौपाने , भोलाकाजी बस्नेत महासचिव गंगा आचार्य घिमीरे ,सचिव सुरेन्द्र तामागं सहसचिव लक्ष्मी थेबेलाई चयन गरेको हो ।२४सदस्य नयाँ कार्यसमितिको सदस्यहरुमा अनन्त विष्ट , डिल्लीप्रसाद भट्टराई , सचिन पोखरेल , हिमाल दाहाल , धनकुमारी जिमी , उर्मिला कटुवाल लगाय

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • १४५ पटक पढिएको
  • "धरान र इटहरीका नागरिकका बिचमा कुनै किसिमको द्वन्द्व, , बैमनश्यता सिर्जना हुने गतिविधि नगर्न हेमकर्ण पौडेलको आग्रह

    इटहरी : इटहरी र धरान दुई उपमहानगरपालिका बिचको सीमा विवादलाई वार्ता मार्फत समाधान गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले आग्रह गरेका छन् । धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले धरानको सीमा बोर्ड इटहरीको क्षेत्रमा राखेपछि उत्पन्न विवादको समाधानको लागि आग्रह गरेका हुन् ।२०१० साल भन्दा अगाडिबाट इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न मेयर पौडेलले सुझाएका छन् । सीमा जस्तो संवेदनशील र गम्भीर विषयलाई संवाद, सहमति र सहकार्य गर्न म तयार रहेको बताए ।मेयर कक्षमा सोमबार पत्रकार सम्मेलन गर्दै पौडेलले आफू धरानको विकास, समृद्धि सँगै  धराने जनताप्रति सम्मान भाव रहेको प्रष्ट पारे ।

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • ८४ पटक पढिएको
  • पानीपियामा लगाएको धरानको ‘सीमा प्रारम्भ’ बोर्ड युवासंघ इटहरीले उखेल्यो !

    इटहरी / धरानका मेयर हर्क साम्पाङको निर्देशनमा इटहरी तरहरा स्थित पानीपियामा धरान उपमहानगरपालिकाको ‘सीमा प्रारम्भ’ बोर्ड युवा संघ नेपाल इटहरीले उखेलेको छ । इटहरी उपमहानगरको क्षेत्रमा धरानको बोर्ड राखेको भन्दै युवा संघ नेपाल इटहरीका कार्यकर्ताहरुले आइतबार राति बोर्ड उखेलेको हुन् ।'इटहरी र धरानको सिमाना अहिले सेउती खोला हो । धरानको मेयरले कुनै समन्वय, आधिकारिक दस्तावेज बिना लगाएको बोर्ड हटाएका हौ' राष्ट्रिय युवा संघ नेपाल, इटहरी उप-महानगर कमिटी अध्यक्ष कमल जंग क्षेत्रिले भने 'सिमाना जस्तो बिसयमा खेलाची गर्नु हुँदैन भन्ने हो ।' साझको समयमा सामाजिक संजाल हरुमा इटहरी वास

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • ६२१ पटक पढिएको
  • भ्वाईस अफ चिल्ड्रेन द्वारा साथी शिक्षकहरुलाई वालयौन दुव्यवहार न्युनिकरण विषयक अभिमुखिकरण

    इटहरी । पछिल्लो समयमा अनलाईनको प्रयोग वढेसंगै अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार समेत वढी रहेका छन । त्यसैलाई मध्यनजर गर्दै भ्वाईस अफ चिल्डेनले  इटहरीमा बालबालिकाहरुको सहभागितामा वालयौन दुव्यवहार न्युनिकरणका विषय केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।यही क्रममा भ्वाईस अफ चिल्ड्रेनले साथी शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो।अभिमुखिकरण कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेनमा आवद्ध साथी शिक्षक  वालबालिकाहरुलाई अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार , कस्ता कस्ता अनलाईनसंग जोडिने सामाजिक सञ्जालबाट वालयौन दुव्र्यवहार हुन्छ कसरी त्यसबाट बालबालिकालाई जोगाउने लगायतक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • १८३ पटक पढिएको
  • सनराइज स्कुल इटहरीमा विद्यालय मेला

    इटहरी । इटहरी ३ मा रहेको सनराइज इङलिश बोर्डिङ स्कुलले एक कार्यक्रमका बिच विद्यालय मेलाको आयोजना गरेको छ । विद्यालयका संचालक बाबुराम नेपालको अध्यक्षता तथा इटहरी उपमहानगरपालीकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नै लगानीमा खानाका परिकार,विज्ञान प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरुले पुजाका सामाग्री,नाङलो,टपरी,चटपटे,पानीपुरी लगायत हात बाट निर्मित अन्य सामाग्रीहरु राखी बिक्री वितरण गरिएको थियो । मानव शरिर,कृतीम श्वास प्रसास प्रणाली,विजुलीबाट सञ्चालन हुने अन्य विविध सामाग्री राखिएको थियो ।विद्यार्थीहरुमा आ

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • १७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]