इटहरी । इटहरी ३ मा रहेको सनराइज इङलिश बोर्डिङ स्कुलले एक कार्यक्रमका बिच विद्यालय मेलाको आयोजना गरेको छ ।
विद्यालयका संचालक बाबुराम नेपालको अध्यक्षता तथा इटहरी उपमहानगरपालीकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्नै लगानीमा खानाका परिकार,विज्ञान प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरुले पुजाका सामाग्री,नाङलो,टपरी,चटपटे,पानीपुरी लगायत हात बाट निर्मित अन्य सामाग्रीहरु राखी बिक्री वितरण गरिएको थियो ।
मानव शरिर,कृतीम श्वास प्रसास प्रणाली,विजुलीबाट सञ्चालन हुने अन्य विविध सामाग्री राखिएको थियो ।
उनले विद्यार्थीहरुले अभिभावकको लगानी बुझी दक्षता र क्षमता अभिबृदी गर्न सकुन भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

उनले सामुदायीक र संस्थागत विद्यालय बिचको द्धन्द अन्त्य इटहरी उपमहानगरपालीका प्रयासरत रहेको बताएका छन ।

कार्यक्रमका बिच विद्यालयको वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको थियो । सोही अवसरमा विद्यार्थीहरुले विभीन्न भेषभुषका पोशाकमा सजिएर सांस्कृतीक प्रस्तुती दिनुका साथै गायन,कविता लगायत प्रस्तुत गरेका थिए ।


