समाज

    Showing १०,५९१-१०,६०० of ११,३०१ items.
  • बुल्स एलेभेन क्लवद्धारा इटहरी चौक क्षेत्रमा वृक्षरोपण

    इटहरी । इटहरी चौक क्षेत्रलाइ हराभरा बनाउने उद्धेश्यले बुल्स एलेभेन  क्लव इटहरीले इटहरी चौक क्षेत्रको डिभाइडर क्षेत्रमा ४० वटा धुपीका बिरुवा रोपेको छ । कोशी राजमार्ग अन्तरगातको इटहरी मुख्य चौक क्षेत्रको  उत्तततर्फ राजमार्ग बिचमा रहेको डिभाइडर क्षेत्रमा क्लवले ४० वटा धुपीका बिरुवा रोपेको हो । क्लवका भोलन्टीयरहरुको सहभागीतामा वृक्षरोपण गरिएको हो । इटहरी चौक आसपासका क्षेत्रलाइ आकर्षक,स्वच्छ सफा र हराभरा बनाउने उद्धेश्यले धुपीका विरुवा रोपिएको र यसको संरक्षण पनी क्लबले गर्ने बुल्स एलेभेन क्लवका उपाध्यक्ष रामु राइले जानकारी दिए । लामो समयदेखी बुल्स एलेभेन  क्लवले इटहरीम

    • प्रकाशित मितिः चैत २५, २०७९
    • ७६ पटक पढिएको
  • बाटो मिचेर बनाइएका १९ प्रहरी विटमा डोजर चलाउने बालेनको तयारी

    काठमाडौं, २५ चैत्र । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले महानगरमा बाटो मिचेर बनाइएका नेपाल प्रहरीका संरचना हटाउन आग्रह गरेका छन् । कानुनको कार्यान्वयन गराउने प्रहरीले नै कानुन मिचेको आरोप लगाउँदै उनले उक्त संरचना प्रहरीले नहटाएमा महानगरले संरचना हटाउनेसमेत बताएका छन् । उनले काठमाडौं महानगरभित्र बाटो मिचेर बनाएका विभिन्न १९ वटा प्रहरी बिट उल्लेख गर्दै तुरुन्त हटाउन आग्रह गरेका हुन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हु

    • प्रकाशित मितिः चैत २५, २०७९
    • ६१ पटक पढिएको
  • धरानमा भोलि कोकाह खानेपानीका लागि चर्चित कलाकार सहित अलि फरक कन्सर्ट हुने : मेयर हर्क साम्पाङ

    धरानः भोलि  शनिबार धरानमा कोकाहा खानेपानीको लागि  सहयोगार्थ कन्सर्ट आयोजना हुने भएको छ ।धरान–१२ स्थित पब्लिक हाइस्कुलमा हुने कन्सर्ट अहिलेसम्मकै भव्य हुने व्यवस्थापक सिल्भर इन्टरटेन्मेन्टका डाइरेक्टर सौरभ श्रेष्ठले जानकारी दिए । ‘पूर्वमै पहिलोपल्ट यस्तो स्टेज बनाउँदैछौं कि जुन कार्यक्रमका लागि पनि भव्य हुनेछ’, उनले भने, ‘अहिले स्टेज निर्माण, सरसफाइ लगायतका कार्यक्रम चलिरहेको छ ।’उनका अनुसार कन्सर्टको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । राष्ट्रियस्तरका आधा कलाकार आजै धरान आइसकेका छन्  भने आधा कलाकार भोलि धरान आउने उनले जानकारी दिए । उनका अनुसार आजै राजेशपायल राई, एकदेव ल

    • प्रकाशित मितिः चैत २४, २०७९
    • १७२ पटक पढिएको
  • लाजेहाङलाई शहिद घोषणा गर्ने मन्त्री परिषदको निर्णय

    धरान : सङ्घीय सरकारले कोशी प्रदेश खारेजी, पुनः नामकरणको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु लाजेहाङलाई शहिद घोषणा गरेको छ ।मन्त्रिपरिषद्को आज शुक्रवार बिहान बसेको बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । बैठकमा उपस्थित सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उक्त जानकारी दिएका छन् ।उनले फेसबुकमा पनि लेखेका छन् 'कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बु (लाजेहाङ)लाई मन्त्रीपरिषद्बाट सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु । पदम लिम्बु  (लाजेहाङ) प्रति हार्दिक श्रद्धाञ्जली, वीर सहिद

    • प्रकाशित मितिः चैत २४, २०७९
    • १३२ पटक पढिएको
  • उद्यमशीलता अभियान प्रर्बधन गरेको भन्दै ओबि मिडियालाई अवार्ड

    विराटनगर : विराटनगरबाट प्रकाशित/प्रसारित ओबि मिडिया प्रा.लि.ले अवार्ड पाएको छ ।नेपाल इन्टरप्रेनर सोसाइटी काठमाण्डौंले मिडिया र उद्यमशीलता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । राष्ट्रिय स्तरको मिडियाले उद्यमशीलता अभियानमा गरेको योगदानमा ओबि मिडिया समेत उत्कृष्टमा परेको भन्दै अवार्ड प्रदान गर्ने निर्णय गरिएको छ ।नेपाल इन्टरप्रेनर सोसाइटीका अध्यक्ष खगेन्द्र आचार्यले ओबिलाई सम्मान गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । ओबि मिडिया सन् २०११ देखि विराटनगर कार्यक्षेत्र बनाएर सिटी म्यागेजिनको रूपमा काम गर्दै आएको छ ।सम्मानित हुने अवसर प्रदान गरिएकोप्रति ओबि मिडियाका प्रबन्ध

    • प्रकाशित मितिः चैत २४, २०७९
    • ५१ पटक पढिएको
  • विकासका योजना र बजेटका लागि वराहक्षेत्रका मेयर कार्की काठमाडौँमा

    वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका मेयर रमेश कार्की सङ्घीय सरकार र निकायहरूसँग विकासको योजनाकालागी बजेट उपलब्ध गराउन माग गर्दै काठमाडौँका मन्त्रालय र विभागमा दौडधुप गर्दैछन।नगरपालिकाको आन्तरिक साधन र स्रोतले मात्र नगरवासीको आवश्यकता र विकाशका योजनाहरू सञ्चालन गर्ने नसकिने भएकाले मेयर कार्की माथिल्लो तहको सरकारसँग सहकार्यकालागी सक्रिय देखिएका हुन् ।हाल सङ्घीय राजधानी काठमाडौँ पुगेका मेयर कार्की सङ्घीय विभागीय मन्त्री, सङ्घीय प्रतिनिधि सभा सदस्य तथा विभिन्न विभागमा योजनाका लागी बजेट उपलब्ध गराउने कार्यमा लागिपरेका छन् ।कोसी कट्टान नियन्त्रण, सडक पूर्वाधार, स्वास्थ्य संस्थाको स्तरोन्नति, मोबाइल

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १३४ पटक पढिएको
  • सहारा नेपाल बलिया शाखा द्वारा २८ औँ स्थापना दिवसमा जेब्राक्रसिङ निर्माण तथा सरसफाई

    सुन्दरहरैँचा। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बलिया शाखाले जेब्राक्रसिङ निर्माण तथा बोर्ड हस्तान्तरण गरेको छ । संस्थाको २८ औँ स्थापना दिवसको अवसर पारेर सुन्दरहरैँचा नगरपालिकाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत बलिया तथा बाँसबारी चौकमा जेब्राक्रसिङ निर्माण गर्नुका साथै सुचना बोर्ड हस्तान्तरण गरिएको हो । बलिया शाखाको आयोजनामा सहकारीका सदस्य,स्थानिय उपभोक्ता,नागरिक समाज सहितको उपस्थितीमा सरसफाई पनि गरिएको थियो । बलिया तथा बाँसबारी चौक क्षेत्रमा सरसफाई गरी सुचना बोर्ड गाडिएको थियो । पूर्वपश्चिम राजमार्ग अन्र्तगत व्यस्त हुने दुई चौकहरुमा सडक वारपार गर्न भईरहेको समस्यालाई मध्यनजर गर्दै

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १६४ पटक पढिएको
  • भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु

     लेटाङ। मोरङको लेटाङ नगरपालिकाले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीहरुलाई जग्गा वितरण गर्ने तयारी स्वरुप जग्गाको निस्सा वितरण कार्य सुरु गरेको छ । आइतबार नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नगरपालिकाको वडा नम्बर ५ बाट निस्सा वितरण कार्यको थालनी गरेका हुन । वडा नम्बर ५ बाट निस्सा वितरण कार्य सुरु गरीएकोमा आइतबारदेखि अन्य वडाहरुमा पनि निस्सा वितरण कार्य सुरु गरिएको छ । नगरका वडा नम्बर २, ३, ४, ५, ७, ८ र ९ मा गरि पहिलो चरणमा २ हजार २ सय ३७ वटा निस्सा बाँड्ने नगरपालिकाको योजना रहेको छ । यसैगरि दोश्रो चरणमा वडा नम्बर १ र ७ का साथै अन्य वडाका बाँकी रहेका निस्सा वितरण गरिने नगर प्रमुख

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १३४ पटक पढिएको
  • चतरामा हनुमान जयन्ती कार्यक्रम सम्पन्न

    इटहरी  । चैत्र पुर्णिमाका दिन रामदुत हनुमानको जन्म दिनको विशेष कार्यक्रमको आयोजना गरि हनुमान भक्तहरुले मनाउने गरे झै यस वर्ष पनि हनुमान जयन्तीको अवसर पारेर सुनसरीको चतरामा धार्मिक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।    जगतगुरु रामानन्दचार्य सेवा पिठको आयोजनामा हनुमान जयन्ती मनाइएको हो । रामदुत हनुमानको जन्मजयन्तीका अवसर पारेर सेवा पिठको हनुमान मन्दिरमा १५दिन देखि हनुमान चालिसा , रामायण पाठ लगायतका धार्मिक कार्यहरु सिद्धबाबा डा. कृष्ण दासको नेतृत्वमा गरिदै आएको जनाइयो । सेवा पिठले स्थापना गरेको हनुमान मन्दिरमा विगत १०वर्ष यता देखि निरन्तर रुपमा अखण्ड राम नाम किर्तन चलिरहेको छ 

    • प्रकाशित मितिः चैत २३, २०७९
    • ५० पटक पढिएको
  • पार्किङको समस्या समाधानका लागी उद्योग वाणिज्य संघले इटहरी नगर सरकारलाई ध्यानाकर्षण पत्र

    इटहरी । इटहरी मुख्य चौकमा देखा परेको पार्किङको समस्या समाधानका लागी उद्योग वाणिज्य संघ इटहरीले इटहरी नगर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मुख्य चौक आसपासका क्षेत्रमा पार्किङको समस्याका कारण व्यवसायी मारमा परेको भन्दै उद्योग वाणिज्य संघ इटहरीले इटहरी उपमहानगरपालीकाका मेयरलाइ ध्यानाकर्षण पत्र बुझाएको हो । इटहरी चौक क्षेत्रमा व्याप्त पार्किङको असुविधाले व्यवसायीहरु पलायन हुने अवस्था आएको तर्फ मध्यनजर गर्दै यथासिघ्र पार्किङको समस्या समाधान गर्न अनुरोध गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले जानकारी दिए ।  पुर्वकै ब्यवसायीक केन्द्र इटहरीमा व्यवसाय गर्दै आएका व्यव

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]