नेपालका वैज्ञानिक तथा अन्वेषकहरूले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न विज्ञान र प्रविधिमा महिला र बालिकाको समान सहभागिता तथा नेतृत्वको लागि आह्वान गरेका छन् ।युनेस्को र लैङ्गिक समानता र महिला सशक्तिकरणका लागि संयुक्त राष्ट्र संघ (यूएन वुमन) ले आठौं अन्तर्राष्ट्रिय महिला तथा बालिका विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै वक्ताहरुले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरुको सहभागीता बढाउनु पर्ने बताए । ‘विज्ञानमा महिला र बालिकाहरूको नेतृत्व’ भन्ने शिर्षकमा बोल्दै उनीहरुले नेपालमा व्यावसायिक, वैज्ञानिक र प्राविधिक क्षेत्रमा कार्यरत प्रत्येक चार पुर
इटहरी : इटहरीको मुख्य चौक नजिकै ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार शुक्रबार (आज) १ः२० बजेतिर इटहरीको मुख्य चौक नजिकै ट्रकले ठक्कर दिएको हो ।ना ५ ख ४५५३ ट्रकले धरानतर्फ जाँदै गरेको २१ प ५४७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा इटहरी ५ की अन्दाजी ३० वर्षीया तारा निरौला (गौतम) को मृत्यु भएको हो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु दिउँसो ४ बजेतिर भएको प्रहरीले जनाएको छ ।ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् ।प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार सुरक्षा व्यवस्थापनका लागि प्रहरीले आफ्नो ड्यूटी गरेको भए पनि चिकित्सकमाथि कुटपिट हुनु राम्रो नभएको बताए ।शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने र पुन शितलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्य
इटहरी । शिक्षा, समाज र साहित्यका क्षेत्रमा योगदान गरेको भन्दै लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान पुर्याका इटहरीका लेखनाथ घिमिरेलाइ नागरिक अभिनन्दन गरिएको छ । लेखनाथ घिमिरे नागरिक अभिनन्दन मुल समारोह समितिको आयोजनामा शिक्षा तथा साहित्य क्षेत्रमा लेखनाथ घिमिरेले पुर्याएका योगदानको कदर स्वरुप उनलाइ रथारोहण सहित नागरिक अभिनन्दन गरिएको हो । अभिनन्दित व्यक्तित्व लेखनाथ घिमिरेलाइ इटहरी स्थित आफ्नै घरबाट रथयात्रा सुरु गरी विभिन्न भेषभुषा,झाँकी सार्थ नौमती बाजा सहित सहीत इटहरी बजार परिक्रमा गराइ इटहरी ९ जनता माविको खेल मैदानमा एक औपचारीक कार्यक्रमका बिच नागरिक अभिनन्द
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसङ्गै प्रचारप्रसारको क्रम तीव्र भएको छ ।संघको अध्यक्षका लागि पीताम्बर पोख्रेल, जीवन पराजुली, गायत्री कटुवाल भण्डारी, रञ्जु सिग्देल चौलागाई र मणिन्द्र कटुवालले उम्मेदवारी दिएका छन् । पराजुली, भण्डारी र चौलागाईको प्यानल छ भने अन्यले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गायत्री नेतृत्वको प्यानललाई काँग्रेस नगर सभापती हेमकर्ण पौडेलले विज्ञप्ती नै जारी गरी जिताउन आग्रह गरेका छन् भने पराजुलीलाई संघका वर्तमान अध्यक्ष भीम पौडेललगायतको समर्थन रहेको छ । नेपाली काँग्रेस नेतृत्वले प्रयास गरेपनि एक उम्मेदवार र एउटै प्यानल बनाउन न
इटहरी । आगामी माघ २८ गते हुने उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा रञ्जु सिग्देल चौंलागाइंको समुहले आफ्ना १८ प्रतिबद्धता सार्वजनिक गरेको छ । एक कार्यक्रम गरी युवालाई रोजगार दिने देखि औद्योगिक ग्राम स्थापना गर्ने सम्मका प्रतिबद्धता सार्वजनिक गरेको हो ।यस्तै इटहरीको फोहोर व्यवस्थापन, कर सम्बन्धि परामर्श लगायत एजेन्डा अघि सारेको छ । सवारी पार्किङ, घर बहाल सम्झौता त्यस्तै गैह्रव्यवसायी निरुत्साहन लगायतका प्रतिबद्धता समेत समेटेको छ । यस्ता छन्, १८ प्रतिबद्धता–१. बैङ्क ब्याजदरः बैङ्कको ब्याजदर वृद्धिका कारणले उद्योगी व्यवसायीमा परेको समस्या समाधानका लागि सम्बन्धित निकायलाई यथेष्ट दबाब सिर्जना गरिन
इटहरी । लामो समयदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउदै आएका शिक्षासेवी तथा साहित्यकार, सम्पादक लेखनाथ घिमिरेलाई शुक्रबार नागरिक अभिनन्दन गरिँदैछ । इटहरी–४ स्थित उनको घरबाट रथयात्रा सुरु गरी जनता स्कुलको चउरमा भव्य कार्यक्रमका बिच अभिन्न्दन गरिने अभिनन्दन मुल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए । शिक्षाबिद् घिमिरेलाइ ७७ वर्षको जन्मोत्सवको अवसर पारेर अभिनन्दन गर्न लागिएको हो । सो अवसरमा अभिनन्दन ग्रन्थ पनि सार्वजनिक गरिने उनले जानकारी दिए । ५ सय ७२ पृष्ठको सो अभिनन्द
इटहरी । कबि शिरोमणी लेखनाथ पौडेलकै जस्तो देखिने लामा लामा सेता दाहृी, मुस्कुराई रहने गोरो अनुहार,चिटिक्क परेको ढाका टोपिमा सजिएर हिडने ब्यक्तित्व लेखनाथ घिमिरे । ब्यक्ति एक,अनेक आयाम । शिक्षा र समाजसेवा र साहित्यिक पत्रकारिताका त्रिवेणी इटहरीका सामाजिक व्यक्तित्व लेखनाथ घिमिरेको माघ २७ गते रथारोहण सहित भब्य नागरिक अभिनन्दन गरिदै छ । घिमिरेकै उचाई बराबरको ताम्रपत्र प्रदान गरेर अभिनन्द गरिने लेखनाथ घिमिरे नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए । निर्वाचन आयोगका प्रमुक्त आयुक्त तथा गीतकार दिनेश थपलियाको प्रमुख आतिथ्यतामा जनता माविको खेलमैदानमा अभिनन्द कार्यक्रम ह
प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका उद्योगी–व्यवसायी र व्यापारी हरूले आफ्नो पेशा मनसायबाट पलायन हुन नदिन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ। शनिबार मोरङ्गको उर्लावारीमा उर्लावारी उद्योग वाणिज्य संघले आयोजना गरेको ९ दिने प्रादेशिक महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । उहाँले प्रदेश सरकारले चाँडै सही निति र कानून निर्माण गरेर आर्थिक तरलता र वैदेशिक मौद्रिक नीतिलाई सुधार गर्ने बताउनभुयो । मन्त्री कार्कीले स्वदेशी उद्योगहरूलाई
सुनसरी । मानसिक, शारिरीक रोग र भोकले विच्छिप्त हुँदै सडकसम्म आइपुगेका मानवहरुको उद्दार तथा पुर्नस्थापनाका लागि काम गर्दै आइरहेको इटहरीको माया घरको व्यवस्थापन, सञ्चालन र नयाँ भवन निर्माणमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सक्दो सहयोग गर्ने मन्त्री भगबती चौधरीले बताएकी छिन्। माया घर नेपालको भवन शिलान्यास गर्दै संघीय मन्त्री चौधरीले समाज, परिवारबाट विभिन्न कारणले सडकमा आइपुगेका मानवहरुको उद्दार, सेवा, उपचार र पुर्नस्थापना गर्न माया घरले गरेको योगदान अमुल्य रहेको चर्चा गर्दै मन्त्रालयले दिर्घकालिन योजना बनाएर माया घरलाई सहयोग गर्ने बताइन् । मन्त्रालयले मह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.