प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका उद्योगी–व्यवसायी र व्यापारी हरूले आफ्नो पेशा मनसायबाट पलायन हुन नदिन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ।
शनिबार मोरङ्गको उर्लावारीमा उर्लावारी उद्योग वाणिज्य संघले आयोजना गरेको ९ दिने प्रादेशिक महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
उहाँले प्रदेश सरकारले चाँडै सही निति र कानून निर्माण गरेर आर्थिक तरलता र वैदेशिक मौद्रिक नीतिलाई सुधार गर्ने बताउनभुयो । मन्त्री कार्कीले स्वदेशी उद्योगहरूलाई आवश्यक कच्चा पदार्थलाई स्थानीय स्तरमै उपलब्ध गराउँदै बढी भन्दा बढी स्वदेशी उत्पादनहरूलाई बजारमा प्रवद्र्दन गर्न र व्यवसायिकरण गर्न प्रदेश सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही क्रममा मन्त्री कार्कीले प्रदेश सरकारले बजारमा ग्रामीण तथा बजारमा उत्पादित वस्तुहरूलाई बढी उत्पादन गर्दै विदेशमा निर्यात बढाउन लागि पर्ने औल्याउनुभयो।
उद्योग वाणिज्य संघ प्रदेश नं १ का अध्यक्ष चन्द्रराज ढकालले उद्योगी व्यापारी र व्यवसायीहरूको समस्याहरु समाधान गर्न प्रदेश सरकार लाग्ने विश्वास गर्नुभयो ।
महोत्सव आगामी माघ २९ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। । महोत्सवमा नेपाल, भारत तथा पाकिस्तानका उद्योगी व्यवसायहरूले आ –आफ्ना व्यापारिक कारोवार गर्ने उद्देश्यले स्टलहरु राखेका छन् ।
अन्तर्राष्ट्रिय चिजहरूको विक्री गर्ने र व्यवसायीहरूको व्यवसायलाई चलायमान गराउने र दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेर क्रय शक्ति बढाउने उद्देश्य रहेको महोत्सव आयोजक समितिका संयोजक शेर बहादुर भट्टराईले कृर्षि र पर्यटनलाई प्रवर्द्धन गर्ने अर्को उद्देश्य रहेको बताउँदै उहाँले आर्थिक स्थितिलाई जागरुक बनाउनु र आम्दानीमुलक बनाउन चाहेको बताउनुभयो ।


