धनुषा । धनुषामा आज (शनिबार) बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नाैं जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए ।मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रु
इटहरी : इटहरी जेसीजको ३५ औँ अधिवेशनबाट अध्यक्ष सहित पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार सम्पन्न अधिवेशनले योगेन्द्र पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।अध्यक्षमा पौडेलको मात्र उम्मेदवारी परेको हुँदा उनलाई जेसीजको विधान अनुसार अध्यक्ष चयन गरिएको निर्वाचन अधिकृत माधव भट्टराईले बताए । त्यस सँगै कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष र सचिवमा पनि सर्वसम्मत भएको उनले जानकारी दिए । विधान अनुसार शाखाको कार्यकारिणी उपाध्यक्ष २, सचिव १ र उपाध्यक्ष ४ जना रहने व्यवस्था छ । सोही अनुसार कार्यकारिणी उपाध्यक्षमा टङ्कमणि न्यौपाने (रोविन) र मुक्ति दाहाल रहेका छन् । उपाध्यक्षमा सरोज श्रेष
रोटर्याक्ट क्लब अफ सुनसरीको आयोजनामा पर्यटकीय क्षेत्रका रूपमा परिचित गौशालामा वृक्षारोपण कार्य सम्पन्न भएको छ ।क्लबका अध्यक्ष माला धितालको अध्यक्षतामा भएको विक्षारोपण कार्यक्रममा सुन्दरहरैचा को धार्मिक क्षेत्र गौशालामा १०० वोटा बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ । गौशाला पर्यटकीय क्षेत्र भएकाले भविष्यमा पनि यस वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने र आरएसी सुनसरी बगैंचा नामकरण गरेर त्यहाँ सुन्दर बगैंचा बनाउने योजना रहेको क्लबकि अध्यक्ष माला धितालले बताइन DON'T MAKE TREE RARE, KEEP THEM WITH CARE! नारा लिएर RI District 3292 ले सुरु गरेको विक्षारोपण कार्यक
इटहरी । तरकारी लोड गरिएको गाडीमा दुई सय १७ किलो गाँजा बरामद भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–३ मा बन्दाकोभी लोड गरिएको गाडीबाट सशस्त्र प्रहरीले बुधबार बिहान २ सय १७ किलोग्राम गाँजा बरामद गरेको हो । धनकुटाबाट भारतको जनकपुर तर्फ जाँदै गरेको को १ च ८५२५ नम्बरको पिकअपबाट गाँजा बरामद भएको सशस्त्रले जनाएको छ । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले टोली परिचालन गरेका थिए । सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम होमागाईं नेतृत्वको टोलीले बिहान ४ बजेतिर रोकेर पिकअप खानतलासी गर्द
इटहरी । बुद्ध गुम्बा इटहरी तमु सेवा समिति इटहरीले आफ्नो २५ औ रजत जयन्ती समारोह सम्पन्न गरेको छ । जयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदान प्रदान तथा ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ । तमु ह्योला छोंजधिं प्रदेश १ का सदस्य केशरमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ७० वर्षभन्दा माथिका ३९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले सम्मान पत्र प्रदान गदै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।बुद्ध गुम्बा इटहरी तमु सेवा समिति इटहरीका अध्यक्ष धन बहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरूले रजत जयन्तीको अवसरमा शु
बिराटचाैक । मोरङको उर्लाबारी रहेको तरल क्याफेमा दुई समूहबीच झडप भएको छ । शुक्रबार साँझ दुई समूहबीच झडप भएको हो । झडपमा एक जना गम्भिर घाइते भएका छन् । २ जना सामान्य घाइते छन् । उर्लाबारी–६ स्थित तरल क्याफेमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा समूहबीच झडप भएको थियो । कुमार लिम्बू नेकपा एमाले उर्लाबारीका नगर उपाध्यक्ष हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार झडपमा उर्लाबारी—४ का गौतम तामाङ गम्भीर घाइते छन् । उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उर्लाबारी–७ का नितम चौहान र उर्लाबारी–८ का मिलन श्
झापा । हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बनेको झापाका अधिकांश नदीहरूमा पक्की पुल र झोलुङ्गे पुल नबन्दा स्थानीयले वर्षौँदेखि सास्ती झेल्दै आएका छन् । यसपटक नदीहरूमा पुल बनिन्छ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारहरूले स्थानीय मतदाताहरूलाई एउटै आश्वासन दिँदै आएको र तर, समस्या जस्ताको त्यस्तै रहेको स्थानीयवासी बताउँछन् । विशेषगरी झापाको दक्षिणी क्षेत्र भएर बग्ने मेची, बिरीङ, कनकाई, रतुवा र निन्दा नदी तर्न स्थानीयले बर्खायाममा जोखिमपूर्ण र हिउँदमा बाँसे पुलको सहारामा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।साथै स्थानीयले डुङ्गा वा बाँसे पुल चढ्दा चर्को शुल्क तिर्नुपर्ने समस्या पनि त्यस्तै
इटहरी । यतिबेला देशभर चुनावी माहोल छ । चिया पसलदेखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याईनभ्याइ छ । मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ ।उनी जीवनभर पार्टीका लागि काम गर्दा पार्टी जोगिएको, तर आफ्ना छोरा नाति जोगाउन नसकेको गुनासो गर्छन् । ‘सक्दासम्म पार्टी पार्टी भनेर कुदियो । छोरो अझै पार्टी नै भनेर हिँड्दै छ । तर नातिहरूलाई देशमै बस्ने वातावरण सिर्जना गराउन सकिनँ । खै कसको लागि राजनीति भइरहेको छ ?’ उनले भने ।सिटौलाले नेताहरूले जितेपछि जनतालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति खेद व्यक्त गरेका छन् । उनी भन्छन
सुन्दरहरैंचा । सर्वसाधारणबाट ८२ लाख ठगी गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएपछि प्रहरीले कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरेको हो ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बचतकर्ताले रकम फिर्ताको माग गरेपछि उनीहरु पसल नै
विराटनगर । विजयकुमार गच्छदारसँग तेस्रो पटक चुनावमा भिड्दै गरेकी भगवती चौधरी सामाजिक क्षेत्रबाट उदाएकी महिला नेतृ हुन् । बर्गीय, क्षेत्रीय र लैँगिक आन्दोलनमा अग्रमोर्चामा रहेकी चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् ।नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार चौधरीलाई स्थानीयहरुले महिला आन्दोलनको अगुवा र महिलालाई आत्मनिर्भर बनाउने भिजनरी महिलाका रुपमा चिन्ने गर्छन् । फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष रहेकी चौधरीले सुनसरीमा मात्र होइन देशका ४० जिल्लाका तीन लाख बढि महिलालाई आत्मनिर्भर बनाउने काममा भुमिका खेलेकी छिन् । आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.