ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष (सन् २०२१) मा संसारभरका देशहरूको भ्रष्टाचारको स्थितिको सूचकाङ्क सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले एक सय ८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । जसअनुसार नेपालमा यसपटक पनि भ्रष्टाचारको अवस्था अघिल्लो वर्षकै जस्तो रहेको पाइएको छ । ट्रान्परेन्सी इन्टरनेसनलले भ्रष्ट्रचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपालमा अझै भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा रहेको उल्लेख छ । सो सूचकाङ्ककअनुसार गत वर्ष भ्रष्टाचारमा नेपालले ३३ अङ्क पाएको छ । यस वर्ष नेपाललाई १०० मा ३३ अङ्क (एक सय १७ औँ स्थान) दिइएको छ र गतवर्ष पनि नेपाल अङ्क ३३ (एक स
सुन्दरहरैँचा । नोबेल मेडिकल र के.एम.सी लगायत मेडिकल कलेजहरुमा चलिरहेको बिध्यार्थी आन्दोलनमा नागरिक समाज ,अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति बिध्यार्थी संगठनले अपिल जारी गरेको छ ।मंगलवार संयुक्त बिध्यार्थी संगठनका जारी बिज्ञप्तिमा देशभरका मेडिकल बिध्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गर्दै बिज्ञप्ति जारी गरेको हो । नेबिसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन बैध्य निकट अखिल(क्रान्तिकारी)का हरिकृष्ण गजुरेल ,
आन्दोलनरत विद्यार्थीले काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा तोडफोड गरेका छन् । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)निकट विद्यार्थीले आज (मङ्गलबार) कलेजमा ढुङ्गामुढा गरेका हुन् ।कलेजले विद्यार्थीले राखेका माग पूरा गराउन आनाकानी गरेकाले आफूहरूले आन्दोलन चर्काएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।यसअघि पनि कलेज सञ्चालक सुनील शर्मालाई मोसो लगाउने प्रयास नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीले गरेका थिए । कलेजले विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन् । काठमाडौँ विश्वविद्यालय, शिक्षा मन्त्रालय र चि
रामधुनी/ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघ रामधुनी नगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । सङ्गठन लाई बिस्तार गर्ने क्रममा नेपाली काङ्ग्रेस नगर कार्य समितीले नौसाद खानको अध्यक्षतामा २३ सदस्यीय मुस्लिम सङ्घ नगर कार्य समिति गठन भएको हो । गठित समितिको उपाध्यक्ष बेचन मिया ,सचिव मो.मकबुल अहमद ,सह सचिव ईरफान आलम ,कोषाध्यक्ष सुबान मिया रहेका छन् । नेपालका हरेक परिवर्तनमा मुस्लिम समुदायले पुर्र्याएको योगदानको कदर तथा मुस्लिम समुदायका समस्या र आबश्यकताको पहिचान गरी काम गने नवगठित समितिका अध्यक्ष नौसाद खानले जानकारी दिनुभयो । ४ वर्षे कार्यकाल रहेको समिति
सुन्दरहरैंचा। नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । बुधबार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको हो ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, महासंघका सचिव ध्रुव ढकाल, महासंघका सदस्य विवेक विवश रेग्मी, पत्रकारद्वय बाबुराम सुवेदी, अर्जुन सुवेदी लगायतको उपस्थितिमा उक्त बीमा बाप
खोटाङ / खोटाङको साकेला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिकास्तरीय कमिटी गठन गरिएको छ । भेलाले बबिन घिमिरेको अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेकाे हाे । उपाध्यक्षमा अर्चना राई, सचिवमा गणेश राई, सहसचिवमा सुवास राई र कोषाध्यक्षमा शिला थापा चयन भएका छन् ।रविन मगर, सन्तोषकुमार राई र होमनाथ ढकाललाई सल्लाहकार चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले जनाएको छ ।
सुन्दरहरैंचा। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ । कोभिड सङ्क्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरूको सङ्ख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिए । परिषद्ले यही १५ गते बायो मेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । परिषद्ले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्त्रगतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तत्कालको लागि अर्को निर्णय नभएसम्
सुनसरीमा आयोजित बर्जु महोत्सवमा भएको तोडफोड र आगजनीमा आयोजकले कार्यक्रमलाई लोकप्रिय बनाउन आफूखुशी भारतीय भोजपुरी कलाकार खेसारीलाल यादवलाई आमन्त्रण गरिएको कारण तनावको स्थिति बनेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।समितिले छिमेकी मुलुकका लोकप्रिय कलाकारलाई ल्याउँदा उनको सुरक्षार्थ कतै सिफारिस नगरिएको पनि भनिएको छ । ‘सिफारिसमा उल्लेख नभएपनि कार्यक्रमलाई लोकप्रिय बनाउन आयोजक तथा प्रयोजनकले आफूखुशी यादवलाई आमन्त्रण गरेको देखिन्छ’ समितिको प्रतिवेदनमा भनिएको छ ।’साथै सुरक्षाकर्मीले बल प्रयोग गरेका कारण मानवीय क्षति टरेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ । सुरक्षाकर्मीले बल प्रयोग
सुन्दरहरैंचा। राष्ट्रिय युवासंघ नेपाल मोरङले विभिन्न ४ सूत्रीय माग राख्दै मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देवालाई ज्ञापन–पत्र बुझाएको छ । आज राष्ट्रिय युवा संघ नेपाल मोरङका संयोजक मनोज राईको नेतृत्वमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर टोलीले प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालमार्फत प्रधानमन्त्रीलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापन–पत्र बुझाएको हो ।ज्ञापनपत्रमा नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दा समेत वर्तमान सरकारले कुनै प्रतिकृया नदेखाएको भन्दै खेद प्रकट गरिएको छ । उक्त क्षेत्रमा सडक निर्माण गर्न तत्काल रोक लागइ भारतीय सेना र क
काठमाडौं । सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.