इटहरी । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०० औं जन्मजयन्ती सुनसरीको इटहरीमा नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती समारोहको आयोजना गरी मनाइएको छ। नेपाल एकीकरणको ऐतिहासिक पाटोको स्मरण गर्दै वि.सं. २०६९ साल देखि हरेक वर्ष इटहरीमा पौष २७ गते नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती मनाउदै आए बमोजिम यस वर्ष पनि औपचारिक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।सन्तवहादुर डुम्जनको संयोजकत्वमा नेपाल एकीकरण तथा ३००औं पृथ्वी जयन्ती समारोह गठन गरी राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई स्मरण गरिएयो । समारोह संयोजक डुम्जनको अध्यक्षता तथा प्रा.डा.राजाराम सुवेदीे प्रमुख वक्ताका रुपमा आयोजना गरिएको कार्यक्रममा प्
सामान्यतयाः महिनावारीलाई २८ दिनको मासिक चक्र मानिन्छ । यदि, कुनै पनि महिलामा पछिल्लोपटक महिनावारी भएको ६ हप्तादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारी अवस्थाको संज्ञा दिइन्छ ।महिनावारी भएको पहिलो एक–दुई वर्ष नियमित महिनावारी नहुन सक्छ, त्यसलाई सामान्य मान्न सकिन्छ । महिनावारी शुरु भएको एक–दुई वर्षपछि नियमित हुने गर्छ । नियमित भनेको २८ देखि ३५ दिनभित्र महिनावारी हुनु हो । यसलाई नर्मल महिनावारी चक्र भन्ने गरिन्छ ।२८ देखि ३५ दिनभित्र महिनावारी दुईपटक भएको खण्डमा वा ३५ दिन नाघेर भएमा गडबड भएको बुझ्नुपर्छ । नियमित महिनावारी
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ५ को बाँसबारी चोकमा लायन्स क्लब अफ बाँसबारीको अगुवाईमा,लियो क्लब अफ बाँसबारी, लायन्स क्लब अफ सलकपुर, लायन्स क्लब अफ इटहरी बुद्ध, लायन्स क्लब अफ मोरङ र लायन्स क्लब अफ इटहरी कर्पोरेटको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सपन्न गरेको छ।'रक्तदान जीवनदान' भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीले लायन्सले यस किसिमको कार्यक्रम हरेक बर्ष गर्दै आइरहेको र यसपाली लायन्स क्लब इन्टरनेशनलका फाउन्डर मेलबिन जोन्सको १४३औं जन्मोत्सवको अवसर पारेर सप्ताहव्यापी सर्भिस कार्यक्रम गरेकोमा
बेलबारी। ठूलो सङ्ख्यामा सुकुम्बासी तथा अव्यवस्थित जनसङ्ख्या रहेको बेलबारी नगरपालिकालाई भूमि आयोगले पहिलो चरणमा नपारे पछि बेलबारी नगरपालिकाले त्यसमा आपत्ति जनाएको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पाँच हजारभन्दा बढी सुकुम्बासी रहेको पालिकालाई पहिलो चरणमा नपार्नुलाई आयोगको ठूलो कमजोरी रहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको सूचनामा बेलबारी नपरे पछि संक्षिप्त प्रतिक्रिया दिँदै नगरप्रमुख सुवेदीले भने ‘सबैलाई थाहै छ धेरै सुकुम्बासी समस्या रहेको पालिका बेलबारी
बेलबारी । मोरंगको बेलबारी नगरपालिकाका ७ हजार बढी सुकुम्बासी माथि गठबन्धन सरकारले घात गरेको बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले आरोप लगाएकी छिन । उनले गठबन्धन सरकारको कर्तुत भएको समेत बताईन ।राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको सुचनामा बेलबारी नगरपालिकाको नाम नै नआएपछि उपमेयर पराजुलीलिे यस्तो प्रतिक्रिया दिएकी हुन ।आयोगले सार्बजनिक गरेको सुचनामा जिल्लाका कानेपोखरी,पथरीशनिश्चरे,बुढीगंगा,सुन्दरहरैचा,उर्लाबारी र रतुवामाई नगरपालिकाको मात्र नाम उल्लेख गरिएको छ । सोही सुचनामा बेलबारीको नाम उल्लेख नगरिएपछि बेलबा
इटहरी । प्रेस चौतरी सुनसरीको अध्यक्षमा सुभद्रा प्याकुरेल चयन भएकी छन् ।सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिएकि प्याकुरेल प्रेस चौतारी जिल्ला अध्यक्ष हुने पहिलो महिला पत्रकार हुन ।सुनसरीमा पत्रकारहरुका अन्य संगठनहरु र पत्रकार महासंघले समेत अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन् । प्रेस चौतारी सुनसरीको उपाध्यक्षमा विकास चाम्लीङ र विमला कस्यप भएका छन भने सचिवमा दिनेश गजमेर र उपसचिव वसन्त वान्ताव चयन भएका छन ।यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब सर्वसम्मत चयन भएका छन २५ सदस्यीय समितिमा पाँच सदस्य प्रदेश प्रतिनिधि समेत चयन भएका छन ।
मोरङ । लेटाङ नगरपालिका वडा नम्बर ५ ले वडाका विपन्न दलित परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वडाले दलित समुदायलाई लक्षित गरि छुट्याएको बजेटबाट वडामा रहेका दलित समुदायमध्ये १२ वटा विपन्न परिवार छनौट गरि स्वास्थ्य विमा गरिदिएको वडाध्यक्ष भूमबहादुर सूर्यमगरले जानकारी दिनुभयो । दलित लक्षित समूह लेटाङ ५ सँगको सहकार्यमा दलित समुदायमध्येबाट विपन्न परिवार छनौट गरि १२ परिवारलाई स्वास्थ्य विमा गरिएको दलित लक्षित समूहका अध्यक्ष टीकबहादुर विश्वकर्माले जानकारी दिनुभयो । सरकारले स्वास्थ्य विमाको कार्यक्रम ल्याएपनि त्यसवापत तिर्नुपर्ने रकम समेत तिर्न नसकेर सेवाबाट बञ्चित हुन पुगेका विपन्न दलित
मोरङ/ मोरङको केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बु(भुजेल) नेकपा एमाले मोरङ्गको उपसचिबमा चयन हुनुभएको छ। उपाध्यक्ष लिम्बु एमाले मोरङ्गको जारी नवौँ अधिबेशनबाट निर्बिरोध चयन हुनुभएको हो।जारी अधिबेशनमा उपसचिव पदमा लिम्बु र सन्तोष साहको मात्र उम्मेद्वारी परेपछि उहाँहरु निर्बिरोध चयन हुनुभएको हो। यस्तै अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा निर्बिरोध चयन हुनुभएको छ।यस्तै सदस्य पदका लागि भने निर्वाचन नै हुने भएको छ। मोरङ्गमा सदस्य पदका लागि १६०जना हुने भएपनि ४०८जना आकांक्षी भएपछि निर्वाचन हुने भएको हो।
सुन्दरहरैचा । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास र तथा समन्वय इकाइ मोरङ, विराटनगरले कानुन विपरित विद्यालय कर्मचारी नियुक्त गरे नियुक्त गर्ने पदाधिकारीबाट तलबभत्ता असुल उपर गरिने व्यवस्थाप्रति सामुदायिक विद्यालयलाई ध्यानाकर्षण गराएको छ । इकाइले मंगलबार जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखालाई परिपत्र गर्दै ध्यानाकर्षण गराएको हो ।‘विभिन्न सामुदायिक विद्यालयहरूमा विद्यालय कर्मचारी नियुक्तिसम्बन्धी विषयमा विभिन्न नियमनकारी निकायहरूमा उजुरी परेको र छानविन गर्दा विद्यालय कर्मचारी स्वीकृत पद नै नभएको, विद्यालय व्यवस्थापन समितिलाई कर्मचारी स्थायी नियुक्ति गर्ने कार्यक्षेत्र नर
सुन्दरहरैचा । राप्रपाले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.