मोरङ । लेटाङ नगरपालिका वडा नम्बर ५ ले वडाका विपन्न दलित परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वडाले दलित समुदायलाई लक्षित गरि छुट्याएको बजेटबाट वडामा रहेका दलित समुदायमध्ये १२ वटा विपन्न परिवार छनौट गरि स्वास्थ्य विमा गरिदिएको वडाध्यक्ष भूमबहादुर सूर्यमगरले जानकारी दिनुभयो । दलित लक्षित समूह लेटाङ ५ सँगको सहकार्यमा दलित समुदायमध्येबाट विपन्न परिवार छनौट गरि १२ परिवारलाई स्वास्थ्य विमा गरिएको दलित लक्षित समूहका अध्यक्ष टीकबहादुर विश्वकर्माले जानकारी दिनुभयो । सरकारले स्वास्थ्य विमाको कार्यक्रम ल्याएपनि त्यसवापत तिर्नुपर्ने रकम समेत तिर्न नसकेर सेवाबाट बञ्चित हुन पुगेका विपन्न दलित परिवारको विमा गरिएिको विश्वकर्माले बताउनुभयो ।


