समाज

    Showing १,४२१-१,४३० of १०,३४३ items.
  • विराटनगरमा प्रहरी र परिवारका लागि निःशुल्क आँखा शिविर,२९९ जना लाभान्वित

    इटहरी । नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबिच बहालवाला तथा पूर्वप्रहरी कर्मचारी, तिनका आश्रित परिवार र सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराइने भएको छ । सातै प्रदेशमा आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने ती दुई निकायबिचमा  सम्झौता भएको थियो । सोही सम्झौता अनुसार अभियानको सुरुआत कोशी प्रदेशबाट गरिएको छ । नेपाल प्रहरी कोशी प्रदेश कार्यालयको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालको प्राविधिक सहकार्यमा प्रहरी कर्मचारी, तिनका परिवार तथा पूर्वप्रहरी कर्मचारीका लागि मङ्गलबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरमा  २

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ११९ पटक पढिएको
  • अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार

    इटहरी । खोटाङ जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो ।  प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको अतिक्रमण हटाउने योजनासमेत संलग्न गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । स्थानीय तहलाई पठाइएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको ‘हार्ड’ र ‘सफ्ट’ दुवै कपी प्रशासनमा बुझाउन आग्रह गरिएको छ । गृह मन्

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १२७ पटक पढिएको
  • मैवाखोलामा घुम्ती शिविरबाट २ दिनमै १,७२१ जनाले सेवा पाए

    इटहरी ।  ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु भएको एकीकृत घुम्ती सेवा शिविरमा दुई दिनमा एक हजार ७२१ जना सेवाग्राहीले सेवा लिएका छन् । सोमबार र मङ्गलबार दुई दिन वडा नं। १ र २ ढुङ्गोसाँघुका नागरिकहरूले सेवा लिएका हुन् । पालिकाको कार्यालयमार्फत प्रदान हुँदै आइरहेको सेवा हरेक वडामा नागरिकलाई प्रदान गरि सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार सोमबारदेखि सुरु भएको घुम्ती सेवा शिविरमा पालिकाको आयुर्वेद तथा औषधालय सहित १४ ओटा शाखाले सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । त्यस्तै सोही शिविरमार्फत सामाजिक सुरक्षा भत्ता स

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १६१ पटक पढिएको
  • त्रियुगा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा

    इटहरी ।  उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने गरी त्रियुगा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन आयोजना पुल्चोक ललितपुरको नौ करोड ६९ लाख ४९ हजार रुपियाँको लागतमा ५५७ मिटर लामो उक्त झोलुङ्गे पुलको निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्थानीयले सञ्चालनमा ल्याएका हुन्  । उक्त पुलबाट त्रियुगा नदी वारपार गर्न सर्वसाधारणलाई खुला गरिएको जानकारी दिँदै स्थानीय उपभोक्ता समितिका अध्यक्ष अमृतबहादुर अधिकारीले बर्सौंदेखि त्रियुगा नदी वारपार गर्दा बाढीको उच्

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १२१ पटक पढिएको
  • जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

    इटहरी । पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथर का अनुसार मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजिकैको बारीबाट जंगली च्याउ टिपेर पकाएर खानासँगै खाएपछि परिवारका सबै सदस्य बिरामी परेका हुन्। बेलुका करिब ५ बजेदेखि वाकवाकी लाग्ने र पेट दुख्ने लक्षण देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। बिरामी हुनेमा हर्कमाया राईसहित ३२ वर्षीय समीर लिम्बु, २३ वर्षीया बिनिता राई, ७८ वर्षीय दलप्रसाद लिम्बु र ७३ वर्षीया दलमाया लिम्बु रहनुभएको छ। उहाँहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको छ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १६७ पटक पढिएको
  • कोशीमा पत्रकारिता सुदृढीकरणमा जोड, मन्त्री पराजुलीको प्रतिबद्धता

    विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको ८ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुली सहभागी हुनुभएको थियो। साथै महासंघका केन्द्रीय सदस्य कमल रिमाल, सल्लाहकारहरू, विभिन्न सञ्चार संस्थाका प्रमुख तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रममा सहभागीहरूले पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रता, पेशागत मर्यादा तथा वर्तमान चुनौतीहरूका विषयमा खुला र

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २०७ पटक पढिएको
  • मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको मृत्यु

    इटहरी । मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा मंगलबार बिहान ११ः४० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी परीक्षा दिएर फर्किदैँ गरेको अवस्थामा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटर

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १८८ पटक पढिएको
  • एसियन हाइवेमा सरकारी विभेदः तीव्र सहरीकरण भएको गोठगाउँ–दुलारी खण्डलाई ’ग्रामीण’ मापदण्डमा खुम्च्याइँदै

    इटहरी । मोरङको गोठगाउँ–दुलारी खण्डमा निर्माणाधीन एसियन हाइवे अन्तर्गत सडकको मापदण्ड घटाइएको विषयले स्थानीयमा चिन्ता बढाएको छ । तीव्र सहरीकरण भइरहेको क्षेत्रमा ‘ग्रामीण सडक’ मापदण्ड लागू गरिनु उपयुक्त नभएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्  । एसियन हाइवेका अन्य खण्डहरू ५० मिटर चौडाइमा निर्माण भइरहेका अवस्थामा यो खण्डलाई संकुचित बनाइएको प्रति प्रश्न उठाइएको छ । गोठगाउँ–दुलारी खण्ड भने २४ मिटरमै सीमित छ । २४ मिटर सडकमा फुटपाथ, ढल र सर्भिस लेनको पर्याप्त व्यवस्था हुँदैन, जसले भविष्यमा बजार विकासमा असर पार्ने देखिन्छ । अहिलेको तीव्र विकासलाई हेर्दा यो खण्डलाई ग्रामीण सडक भन्नु व्यावहारिक नभएक

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १५९ पटक पढिएको
  • एमआरपी अनिवार्य गर्ने सरकारी निर्णयले विराटनगर भन्सारको राजस्व संकलन प्रभावित

    इटहरी । भन्सार विन्दुमा आउने तथा स्वदेश मै उत्पादन हुने सबै वस्तुमा अनिवार्य रुपमा एमआरपी अर्थात अधिकतम खुद्रा मुल्य उल्लेख गर्नुपर्ने सरकारी निर्देशनको कारण विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व संलकन प्रभावित भएको छ । गत बैशाख १५ गते देखि एमआरपी अनिवार्य गरिएपछि विराटनगर भन्सार नाका र भारतीय सीमा क्षेत्रमा करिब ३ सय ५० वटा ट्रक कन्टेनरहरु रोकिएको विराटनगर भन्सार एजेण्ट संघले जनाएको छ । भन्सार जाँचपास नभएपछि विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व पनि प्रभावित भएको छ । दैनिक करिब ११ करोड ३३ लाख रुपैया भन्सार राजस्व संकलन गर्नुपर्ने विराटनगर भन्सार कार्यालयले बैशाख १६ गते ५ करोड १९ ला

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १५५ पटक पढिएको
  • ताप्लेजुङमा १५ सय मिटरभन्दा बढी तार चोरी गर्ने ५ सहित बैङ्किङ कसुरका फरार प्रतिवादी गरी छ जना प्रहरी नियन्त्रणमा

    इटहरी। तामाको तार चोरी गरेको कसुरमा र बैङ्किङ कसुर गरी फरार रहेकासहित छ जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङङलुङ गाउँपालिका १ सावादिनका चार जना, फुङलिङ नगरपालिका ११ फावाखोलाका र भारतका एक–एक जना रहेका छन् ।  ताप्लेजुङ प्रहरी कार्यालयका सूचना अधिकारी जट्टाशंकर यादवका अनुसार सावादिनका २५ वर्षीय याम बहादुर कटुवाल, २० वर्षीय विवेक लिम्बू, २६ वर्षीय सहविर लिम्बू २० वर्षीय मुकुरसिँह लिम्बुर भारतका ३८ वर्षीय जमललाई नियन्त्रणमा लिइएको छ । फक्ताङलुङ गाउँपालिका ३ फेसेवामा निर्माणधीन तमोर इनर्जी प्रालिअन्तर्गत चाइना रेलवे नं। २ इन्जिनियरिङ ग्रुप कम्पनीको लिमिटेडको सेग्मेन्ट

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]