इटहरी । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
बिहीबार मोरङको विराटनगर महानगरपालिका–४ स्थित लालिगुराँस टोलबाट सुनसरीको दुहबी नगरपालिका–१२ ठेगाना भएका २१ वर्षीय धनकुमार यादवलाई पक्राउ गरिएको हो।
प्रहरीले यादवको साथबाट १०४ ग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका यादवलाई आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो।


