समाज

    Showing १,४५१-१,४६० of ११,१४१ items.
  • जीर्ण बन्दै गएको कोशी ब्यारेज पुल, आयु समाप्त हुँदा जोखिम बढ्यो, वैकल्पिक पुलको निर्माण सुस्त

    इटहरी । कोशी ब्यारेजको पुल आफ्नो आयु पूरा भएसँगै जीर्ण बन्दै गएको छ । बढ्दो सवारी चाप र बाढीका कारण यस पुलमाथि निरन्तर जोखिम बढिरहेको छ । पानीको बहाव बढेसँगै केही दिनयता कोशी ब्यारेजको पुलमा एकतर्फी सवारीसाधन सञ्चालन गरिएको छ । निर्धारित आयुभन्दा डेढ दशकभन्दा बढी समय सञ्चालनमा आइसकेको यस पुलबाट दैनिक हजारौँ भारी सवारीसाधन गुड्छन्, जसले गर्दा यसको संरचनामा बढी दबाब पर्ने गरेको छ । वर्षायाममा पानीसँगै आउने बालुवा र ढुङ्गारमाटो ९गेग्रान० ले समेत नदीको सतह बढाउँदै लगेको छ, जसले पुलको संरचनालाई थप खतरामा पारेको छ । सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो तर पुलको

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २३ पटक पढिएको
  • पाख्रीबास–फलाटे सडक स्तरोन्नतिमा ढिलाइस् स्थानीयलाई आवतजावत र कृषि उपज ओसारपसारमा सास्ती

    इटहरी । धनकुटाको पाख्रीबास नगरपालिका–फलाटे जोड्ने करिब साढे ६ किलोमिटर सडकखण्ड स्तरोन्नतिको काममा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। तोकिएको समयभित्र सडक स्तरोन्नतिको काम सम्पन्न हुन नसक्दा स्थानीयवासी दैनिक आवतजावतमा समस्या भोग्न बाध्य भएका हुन्।सडक स्तरोन्नतिसहित कालोपत्रेका लागि सङ्घीय सरकारको बजेटबाट १९ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो। काठमाडौंस्थित वल्ड वाइड कन्सल्टेन्सी कम्पनी प्रालिले निर्माणको जिम्मा लिएको उक्त सडकको ठेक्का आर्थिक वर्ष २०७९र८० को बजेटबाट २०७९ माघमा लागेको थियो। सम्झौताअनुसार तीन वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म निर्माणले गति लिन सकेको छै

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २३ पटक पढिएको
  • सुनसरीको झुम्कामा मिनी पार्क सञ्चालन, स्थानीयको नयाँ गन्तव्य बन्दै

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका–५, झुम्कामा निर्माण गरिएको मिनी पार्क सञ्चालनमा आएको छ । झुम्का बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा निर्माण गरिएको पार्क स्थानीय बासिन्दाको घुमफिर, मनोरञ्जन र विश्रामको नयाँ गन्तव्य बनेको छ । आर्थिक वर्ष २०८०र८१ देखि वडा कार्यालयले निर्माण सुरु गरेको पार्क अहिले अन्तिम चरणमा पुगेपछि खुला गरिएको छ । करिब छ सय मिटर लम्बाइमा फैलिएको पार्कमा विभिन्न प्रजातिका फूल तथा बिरुवा रोपिएको छ । सिमेन्टबाट निर्मित फलैँचा, बालबालिकाका लागि पिङ, चिप्लेटी, विश्रामस्थल र बुद्धको मूर्ति स्थापना गरिएको छ । रामधुनी मन्दिर जाने मुख्य सडक पार्ककै छेउबाट ज

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २१ पटक पढिएको
  • मुख्य र सहायक सडक अवरुद्ध, वर्षाले पाँचथरको जनजीवन प्रभावित

    इटहरी । तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् ।अधिकांश खोला, खोल्सा र नदीमा पानीको मात्रा बढ्दा सवारी र ढुवानीका साधन मात्रै नभएर पैदल यात्रामा पनि जोखिम थपिएको छ ।नावाखोामा बाढी आँउदा तमोर करिडोर अवरुद्ध छ । यो सडक अवरुद्ध हुँदा पाँचथर र ताप्लेजुङबाट धरान र विराटनगर हुँदै विभिन्न स्थानसम्म र ती स्थानबाट पाँचथर र ताप्लेजुङका लागि छुटेका सयौं सवारी र ढुवानीका साधन बाट बाटै अलपत्र छन । यस्तै मेची राजमार्गको इलाम खण्डमा पर्ने राजदुवाली र वैकल्पिक सडकहरुमा क्षति पुग्दा यो बाटो भएर एकसाता यता सवारी र

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २० पटक पढिएको
  • भारतबाट भन्सार छलेर मोरङ भित्र्याइएका १५ लाख बराबरका लत्ताकपडा, औषधि र सिटी सफारीसहित एक जना पक्राउ

    इटहरी। सशस्त्र प्रहरी बलले मोरङका विभिन्न सीमा नाकामा निगरानी कडा बनाउँदै भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १५ लाख रुपियाँ बराबरका सामान तथा सवारीसाधन बरामद गरेको छ। कारबाहीका क्रममा एक जनालाई पक्राउ गरी बरामद सामानसहित विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी सिटी सफारीमा ल्याइँदै गरेको करिब तीन लाख ५० हजार रुपियाँ बराबरको लत्ताकपडा बरामद गरेको हो। सोही टोलीले बिल–बिजकबिनै कुरियरमार्फत पठाउने तयारी अवस्थामा राखिएका करिब पाँच लाख ८० हजार २८० रुपियाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ५३ पटक पढिएको
  • ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु

    इटहरी। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार  सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट लडेर मृत्यु भएको हो ।साविक साब्लाखु वडा नम्बर ४, ५ र ६ को सिमानामा पर्ने चौहानडाँडा भीरबाट लडेर बर्देवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाल जीवनडाँडा भनेर चिनिने सो स्थानमा रहेको एक किराना पसलबाट सामान किनेर घर फर्कने क्रममा भीरबाट लडेर बर्देवाको मृत्यु भएको हो ।घरबाट निस्किएको लामो समयसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा चौहानडाँडा भीरको पुछार ढाँडबारी क्षेत्रमा बर्देवाको शव फेला परेको साब्लाखुका वडाध्यक्ष पूर्णकुमार लिम

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २१ पटक पढिएको
  • बीपी प्रतिष्ठान परिसरका ३५ मेडिकल सिलबन्दी

    इटहरी। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालनमा रहेका ३५ वटा औषधी पसल सिलबन्दी गरिएको छ।इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, औषधी व्यवस्था विभाग विराटनगर तथा सम्बन्धित वडा कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गत असार अन्तिमदेखि प्रतिष्ठान परिसरका औषधी पसलहरूको अनुगमन सुरु गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहले जानकारी दिनुभयो।उहाँका अनुसार सोमबारसम्म गरिएको अनुगमनका क्रममा विभिन्न कानुनी कमजोरी फेला परेपछि ३५ वटा औषधी पसल सिलबन्दी गरिएको हो। प्रहरी निरीक्षक साहका अनुसार आवश्यक कानुनी कागजात नभएका, अन्य व्यक्तिको नाममा

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १३७ पटक पढिएको
  • पाँचथरको फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक अवरुद्ध

    इटहरी । पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।आइतबार रातिदेखि खस्न थालेको पहिरो सोमबार अपराह्नसम्म पनि निरन्तर झरिरहेकाले सडक सञ्चालन हुन सकेको छैन । पञ्चमुखी बजार नजिकै बरडाँडा भन्ने स्थानमा सडकभन्दा करिब एक सय मिटर माथिबाट ठूलो पहिरो खसेपछि सडक पुरिएको हो । पहिरोका कारण गाउँपालिकाको केन्द्र थकेपुङ, वडा नम्बर ४ मेमेङ तथा वडा नम्बर ३ माङलेवुङ क्षेत्रबाट सदरमुकाम फिदिमतर्फ आउने–जाने सवारीसाधन र दैनिक उपभोग्य सामग्री ढुवानी पूर्ण रूपमा ठप्प भएको छ । स्थानीयका अनुसार लगातारको वर्षापछि जमिन कमजोर ब

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १७१ पटक पढिएको
  • कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आइपुग्यो कार्गो रेल

    इटहरी । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयातित सामान बोकेको कार्गो रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ। गत शुक्रबार कोलकाताबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको रेल सोमबार दिउँसो विराटनगरस्थित भन्सार यार्डमा आइपुगेको हो।पहिलो चरणमा आएको कार्गो रेलले मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ ल्याएको छ। यसअघि यस्ता सामान सडक मार्ग वा भारतको बथनाहासम्म मात्र रेलमार्फत ल्याइने गरिएको थियो। अब भने कोलकाताबाट सिधै नेपालको भन्सार बिन्दुसम्म रेलमार्फत सामान आइपुग्न थालेपछि पूर्व

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १९० पटक पढिएको
  • भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

    इटहरी । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार करोड १९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८२–८३ को साउनदेखि असार मसान्तसम्ममा कुल चार लाख १९ हजार ६० हजार ८२५ रुपियाँ राजस्व सङ्कलन गरेको हो।अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा गत आर्थिक वर्ष २०८२–८३ मा ४७ लाख २१ हजार ३८८ रुपियाँ बढी राजश्व सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अधिकारी निर्मल शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा तीन करोड ७२ लाख ३९ हजार ४३४ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ। कार्यालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा राजश्व सङ्कलनको दर बढ्दो क्रममा र

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ११५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]