इटहरी । झापामा प्रहरी निर्वाचन केन्द्रित अभियानमा जुट्न थालेपछि चोरीका घटना बढ्न थालेको छ । बिहीबार राति झापाको बिर्तामोड र अर्जुनधारामा लाखौं रुपियाँ बराबरको धनमाल चोरी भएको छ । बिर्तामोड नगरपालिका–१, पञ्चकन्या प्लटिङस्थित पुनमदेवी साहको दुई तले घरमा कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले सुत्ने कोठाको ताल्चा फुटाई दराजभित्र राखिएको नगद तथा गरगहना चोरी गरेको जानकारी पाएर प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चोरीमा विभिन्न सुनका गरगहना ६ तोला, चाँदीका गरगहना १२ तोला र नगद २० हजार रुपियाँ गरी अन्दाजी १९ लाख रुपियाँ बराबरको धनमाल चोरी भएको जानकारी
इटहरी । सहिदहरुको सम्झनामा धनकुटामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी धनकुटामा पनि सहिद दिवस मनाइएको छ । शुक्रबार सहिद सरोकार समाज, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटा स्मृति प्रतिष्ठान, सहिद भिमनारायन श्रेष्ठ स्मृति प्रतिष्ठान, सहिद स्मृति अध्यन केन्द्र र हुसाडेक नेपालको संयुक्त आयोजनामा सहिद दिवस मनाइएको हो । धनकुटा नगरपालिका–६ स्थित सहिद भिमनाराण श्रेष्ठको सालिकमा माल्यार्पण गरी सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरिएको गरिको थियो । यस्तै सहिदको सालिकमा माल्यार्पण गरी धनकुटा–७, स्थित बसपार्कमा रहेको सहिद स्मारक स्तम्भमा आएर कोण सभा गरिएको थियो भने उक्त स्तम्भमा समेत माल्यार्पण गरी
इटहरी । सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुग्नु भएका एकजना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिनुभएको छ । जिल्लाको याङवरक गाउँपालिका २ तिमतिम्बु घर भइ रोजगारीका क्रममा सिक्किम बसोवास गर्दै आउनु भएका ६८ वर्षीय मानबहादुर बेघा बिहीबार मृत अवस्थामा भेटिनु भएको हो । केहिदिन अघि पाँचथरको फिदिम नगरपालिका ४ स्थित आफन्तकहाँ बस्दै आउनु भएका उहाँ माघ ११ गतेदेखि अचानक सम्पर्कविहीन हुनु भएको आफन्त मंगल बेघाले बताउनुभयो । निरन्तर चारदिनसम्म प्रहरी र स्थानीयले खोजी गर्दा समेत नभेटिनु भएका बेघा फिदिम ४ को देउराली र डाँडा सामुदायिक बनको सिमा क्षेत्रमा मृत अवस्थामा भेटिनु भएको पाँचथर प्रहरील
इटहरी । झापाको क्षेत्र नं। ३ यस पटकको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमध्ये एक बनेको छ । अघिल्ला दुई निर्वाचनमा निर्णायक बनेको दलगत तालमेल यो पटक भत्किएको छ । यसभन्दा अघि तालमेलमा भएको यहाँको चुनाव विचार, व्यवस्था र राजनीतिक हैसियतको खुला प्रतिस्पर्धामा रूपान्तरित भएको छ । हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), गणतन्त्रवादी मुख्य धारका दल कांग्रेस र एमाले, तथा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका अन्य दलका उम्मेदवार एकै मैदानमा एक्लाएक्लै निर्वाचनमा लागेका छन् । नेकपा (एमाले) को सहयोगमा झाप
इटहरी । पछिल्लो समय इलामका बजारमा नौनीघिउ महँगिएको छ । घिउको मूल्य बढेसँगै बजारमा घिउ अभाव पनि हुन थालेको छ । एक महिनाअघिसम्म बजारमा ५८० रुपियाँदेखि ५३० रुपियाँ प्रतिकिलोसम्म पाइने घिउको मूल्य अहिले प्रतिकिलो सात सयदेखि ७३० रुपियाँ पुगेको छ । अहिले बजारमा माग धेरै भए पनि गाउँबाट आउने घिउ सोझै बाहिरी बजारमा जाने गरेकाले बजारमा घिउ पाइन छाडेको इलाम चोक बजारमा घिउ तथा छुर्पी व्यापार गर्दै आएकी मन्दिरा घिमिरे बताउनुहुन्छ । गत वर्षभन्दा यो वर्ष घिउको माग बढी रहेको सन्दकपुर गाउँपालिका–३ का डेरी सञ्चालक खडानन्द ढकालले बताउनुभयो । ढकालले महिनामा तीन मनसम्म घिउ उत्पादन र निकासी हुने गरेको बताउनुभ
इटहरी । भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्भावित जोखिमबाट सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकामा हेल्प डेस्कको सक्रियतादेखि अस्पतालमा आइसोलेसनसम्मको तयारी थालिएको हो । निपा भाइरस सङ्क्रमण देखिएमा कोरोना सङ्क्रमणकालमा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षलाई नै प्रयोगमा ल्याउने गरी तयारी थालिएको स्वास्थ्य निर्देशानालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । निपा भाइरस कसरी सर्छ, कसरी बच्न सकिन्छ भन्ने सचेतनाको कार्यक्रम स्थानीय तहमार्फत थालिने उहाँले बत
इटहरी । ताप्लेजुङका स्थानीय तहले प्राङ्गारिक मल उत्पादनमा जोड दिन थालेका छन् । अर्गानिक तथा प्राङ्गारिक खेती प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न सुरु गरेका स्थानीय तहले प्राङ्गारिक तथा जैविक मल उत्पादनतर्फ जोड दिन थालेका हुन् । जिल्लाको मेरिङ्देन गाउँपालिकाले पनि प्राङ्गारिक अर्थात जैविक मल उत्पादकको योजना अघि बढाएको छ । उक्त योजना कार्यान्वयका लागि गाउँपालिकाले किसानको सूचीकरण गर्ने भएको छ । सूचीकरण भएका किसानलाई प्राङ्गारिक मल खरिद तथा उत्पादनमा सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । सुरुमा प्राङ्गारिक मल खरिद गर्न प्रतिकिलोग्राम वा प्रतिलिटर १० रुपियाँका दरले किसानलाई अनुदान उपलब्ध गराउने गाउँ
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिदहरूको बलिदानको जगमा उभिएको लोकतान्त्रिक व्यवस्था नाराले होइन, सचेत नागरिकको धैर्य, विवेक र इमान्दारिताले जोगिने बताउनुभएको छ । माघ १६ गते (शुक्रबार) सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री कार्कीले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको स्थापनाका लागि योगदान दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । जहानियाँ राणा शासनविरुद्ध चार सहिदले देखाएको वीरता नेपाली इतिहासको आधारस्तम्भ भएको उल्लेख गर्दै उहाँले २००७ सालदेखि २०४६ सालको जनआन्दोलन र २०६२र६३ को ऐतिहासिक आन्दोलनसम्म सहिदहरूको प्रेरणा निरन्तर
इटहरी । गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत पूर्वी नेपालमा सादा पोशाकका घुमुवा प्रहरी परिचालन अझै रोकिएको छैन । त्यसमा पनि विशेषगरी मोरङ जिल्लामा घुमुवा प्रहरी परिचालनको क्रम रोकिएको देखिदैन । खुला नेपाल–भारत सीमा क्षेत्र, सीमावर्ती नाका तथा तस्करी संवेदनशील क्षेत्रलाई केन्द्र बनाएर घुमुवा प्रहरी परिचालन गर्दै अवैध असुली भइरहेको भन्दै गम्भीर जनगुनासो आउन थालेका छन् । मन्त्रालयले विगत केही वर्षदेखि सादा पोसाकमा सुरक्षाकर्मी परिचालनलाई पूर्ण रूपमा बन्देज लगाएको छ । त्यस अनुसार नेपाल प्रहरी प्रधान कार्यालयले पनि सुधार अभियानअन्तर्गत देशभर वर्षौंदेखि एउटै स्थ
संखुवासभा | संखुवासभाको पाँचखपन नगरपालिका–६ वाना भाङ्गटारमा स्थापना गरिएको सिद्धदेवी पाथीभरा मन्दिर धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ।वि.सं. २०७९ फागुन २१ गते पण्डित खेमनाथ दाहालको नेतृत्वमा वैदिक विधिअनुसार देवीको प्राणप्रतिष्ठा गरी मन्दिरको औपचारिक स्थापना गरिएको हो। सो अवसरमा सिद्धदेवी पाथीभरा माता र सिद्धेश्वर महादेवका मन्दिरहरू समेत निर्माण गरिएको थियो ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर पुरीका अनुसार मन्दिर स्थापना पछि धार्मिक आस्थाका कारण पाँचखपन नगरपालिका भित्र तथा बाहिरबाट भक्तजनहरूको आवागमन बढ्दै गएको छ । संखुवासभाको विच भेगमा पाथीभरा मन्दिर भएकाले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.