इटहरी । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक आयोजना गरेको ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ समापन भएको छ ।एक्स्पो विराटचोकस्थित नेपालिरिका होटलमा २ दिन सम्म आयोजना गरिएको थियो । कोशी प्रदेशमा पहिलोपटक आयोजना भएको एक्स्पोको व्यवस्थापन एल्प नाइन टेक्नोलोजीज विराटनगर, प्यारागन आईटी सोलुसन इटहरी, आरएस कम्प्युटर दमक र तेजस्वी कम्प्युटर सपोर्ट बिर्तामोडले गरेको थियो । हिकभिजन र म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा भएको एक्स्पोमा आर्टिफिसियल इन्टेलिजेन्स एआई सहित सुरक्षा प्रणालीका क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि तथा हिकभिजनका नवीनतम उत
इटहरी । नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन नेल्टा कोशी प्रदेशको अध्यक्षमा रविन्द्र बराल सर्वसम्मत निर्वाचित हुनुभएको छ । मोरङको सुन्दरहरैँचा स्थित गोदावरी रिसोर्टमा आयोजित पाँचौँ नेल्टा कोशी प्रोभिन्स लिडरसिप सिम्पोजियम (नेतृत्व सम्मेलन) का क्रममा बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । बराल यसअघि नेल्टा कोशी प्रदेशको महासचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश सिंह, उपाध्यक्षमा राजेन्द्र बराल, महासचिवमा केशव उप्रेती, सचिवमा नारायण सुवेदी, सदस्य सचिवमा रुद्रबहादुर थापा र कोषाध्यक्षमा कमलराज दाहाल चयन हुनुभएको
इटहरी। ‘रेड पाण्डा म्याराथन २०२६’ को तेस्रो संस्करण सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ । दुर्लभ वन्यजन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र बासस्थान पुनर्गठनका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी भदौ २० गते म्याराथन आयोजना गर्न लागिएको हो ।स्थानीय साझेदार संस्था हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाका अनुसार रेड पाण्डा नेटवर्कको आयोजना र ‘प्ले फर नेचर’को मुख्य आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । यसले पर्यटकीय जिल्ला सोलुखुम्बुको तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्याउने ल
इटहरी। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको हितमा काम गर्न आव्हान गर्नुभएको छ । झापाको बिर्तामोडमा आइतबार आयोजित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले राजनीतिमा नआएको बताउनुभयो । “देश बनाउन हिँडेका हौँ । देशका लागि काम गर्न लागेका छौं । देश बनाउन हामी हिँड्नुपर्छ” पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले राजनीतिमा व्यक्तिगत लाभ र पद प्राप्तिको सोच राख्न नहुने बताउँदै राष्ट्रिय हितलाई केन्द्रमा राख
इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई करिव साढे चार लाख अलैँचीको बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले वडा ७ ओलाङ्चुङगोलाबाहेक अन्य छ वटा वडाका किसानलाई उक्त परिमाणमा अलैँचीको बिरुवा वितरण गरेको हो ।पालिकाका वडा १ देखि ६ सम्मका किसानलाई कूल चार लाख ४४ हजार ९०० अलैँचीको बिरुवा वितरण गरिएको हो । अर्लाङ, डम्बरसाई र रामसाई जातको अलैँची बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो ।पालिकावासी किसानलाई वितरण गरिएको उक्त अलैँचीको बिरुवा इलामदेखि ल्याइएको अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई अलैँ
इटहरी: बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–११ दुधे बस्ने ५६ वर्षीय हर्कधन सेवा रहेका छन् । उच्च अदालत विराटनगर, इलाम इजलासको चार वर्षअघि गरेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा उनलाई जरिवाना सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार घर नजिकैबाट उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका सेवालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापा
इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको छेउमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि तेह्रथुमको छथर गाउँपालिका वडा १ का करिब ११ वर्षीया नुमा लिम्बु, छथर गाउँपालिका वडा ४ का करिब ६९ वर्षीय कविराज थापा र सोही स्थानकी करिब ५६ वर्षीया शुकमाया लिम्बु घाइते भएका छन् । घाइते तीनै जनाको शरीरमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।उनीहरूलाई थप उपचारका लागि बीपी
इटहरी। खोटाङमा गाउँपालिका, नगरपालिका वा वडाको सिमाना तथा संख्या हेरफेरका लागि वहस थालिएको छ । गत असार ४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्ड अनुसार जिल्ला समन्वय समितिको पहलमा गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी वहस थालिएको हो । साउन ३० गते जिल्लाका राजनैतिक दल, स्थानीय सरकार प्रमुख तथा प्रतिनिधि लगायतलाई भेला गरेर समन्वय समितिले स्थानीय तहको सिमाना र संख्याको पु:र्नसंरचनाका लागि प्रारम्भिक छलफल थालेको छ । पहिलो दिनको छलफलमा स्थानीय तहको संख्या तथा सीमाना हेरफेरसम्बन्धी मापदण्डका विषयमा प्रारम्भिक अध्ययन
इटहरी। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको निःशुल्क दन्त शिविरबाट दुईसय ५६ जना नागरिक लाभान्वित भएका छन् । डा. शशाङ्क ताम्राकारको नेतृत्वमा सञ्चालन भएको निःशुल्क शिविरमा ताप्लेजुङ, पाँचथर र तेह्रथुमका गरी तीन जिल्लाका नागरिक लाभान्वित भएका हुन् ।स्थानीय खगेन्द्र पोमु लिम्बूकी स्वर्गीय पत्नी सुन्दरी तुम्बाहाङ्फे पोमुको स्मृतिमा उहाँकी जेठी छोरी कविता (नुमा) पोमु लिम्बूको आयोजना तथा व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा आठराई त्रिवेणी गाउँपालिकाको निगुरादिन, फुलबारी, हाङपाङ, पाँचथरको आङबुङ, माझगाउँ तेह्रथुमको ह्वाकुका नागरिकले सेवा लिएको स्थानीय नवीन पोमु लिम्बूले जानकारी दि
इटहरी : नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (NELTA) कोशी प्रदेशको अध्यक्षमा रविन्द्र बराल (रविन) सर्वसम्मत निर्वाचित भएका छन्।मोरङको सुन्दरहरैँचास्थित गोदावरी रिसोर्टमा आयोजित पाँचौँ NELTA Koshi Province Leadership Symposium (नेतृत्व सम्मेलन) का क्रममा बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। बराल यसअघि NELTA कोशी प्रदेशको महासचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश सिंह, उपाध्यक्षमा राजेन्द्र बराल, महासचिवमा केशव उप्रेती, सचिवमा नारायण सुवेदी, सदस्यता सचिवमा रुद्रबहादुर थापा र कोषाध्यक्षमा कमलराज दाहाल चयन भएका छन्। त्यस्त
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.