समाज

    Showing २,०११-२,०२० of ११,१६३ items.
  • मिस नेपाल २०२६ का लागि आवेदन खुला

    इटहरी । द हिडन ट्रेजरले बहुप्रतिक्षित ‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन खुला गरेको घोषणा गरेको छ । नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका १८ देखि २७ वर्ष उमेर समूहका र न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका इच्छुक नेपाली युवतीहरूले आगामी जेठ २५, २०८३ (जुन ८, २०२६) सम्म निःशुल्क आवेदन दिन सक्नेछन् । यस वर्षको भव्य ग्रान्ड फिनाले आगामी साउन २६ गते शनिबार (अगस्ट १, २०२६) काठमाडौँको पुल्चोकस्थित ’द प्लाजा’ मा आयोजना हुनेछ भने उक्त कार्यक्रमको हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । प्रतियोगिताका मुख्य विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्, जसअन्तर्गत ’म

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ५६२ पटक पढिएको
  • इटहरी २ मा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. २ को कार्यालय र प्रेस नेटवर्क म्यानेजमेन्टको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । जेठ १३ गतेदेखि सुरु भएको तालिम कार्यपालिका सदस्य तथा इटहरी उपमहानगरपालिका वडा नम्बर २ की महिला वडा सदस्य भिमा कुमारी तुम्बाहाम्फेको अध्यक्षता तथा  इटहरी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष माधव कोइरालाको प्रमुख अतिथ्यतामा गरिएको छ । प्रशिक्षकद्वय सिमा बस्नेत र विकल पौडेलले सहजीकरण गर्नुभएको यस तालिममा ४० जना भन्दा बढीको सहभागिता रहेको थियो। उद्घोषण तथा प्रभावकारी सञ्चार सीपसँगै नेतृत्व क्षमता विकासमा तालिम उपयोगी रहेकोले युवाहरूमा नेतृत्व क्षमता अभिवृ

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • २३१ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

    इटहरी । पाँचथरको फिदिम नगरपालिका–८, मान्द्रेभिरमा मोटरसाइकल दुर्घट्ना हुँदा युवकको ज्यान गएको छ ।ज्यान गुमाउनेमा फिदिम–८ का ३३ वर्षीय दिपेन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गुरुङ फिदिम नगरपालिका–८, इथुङदेखि घुमाउने टारस्थित घरमा आउँदै गर्दा बुधबार साँझ दुर्घटनामा पर्नुभएको थियो ।नम्बर एकिन नभएको अनटेस्ट मोटरसाइकलमा सवार गुरुङको मोटरसाइकलसँगै भिरमा खस्दा घट्नास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । दुर्घटनामा परेका गुरुङको शव उद्वार गरी राति १ बजे पाँचथर अस्पतालमा ल्याइएको छ । मोटरसाइकल अझै पनि भिरबाट निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले जानक

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ३१४ पटक पढिएको
  • चौथो सुन्दरहरैंचा मेयर गोल्डकप जेठ १६ देखि, विजेतालाई ४ लाख पुरस्कार

    इटहरी । मोरङको सुन्दरहरैंचा–१२ स्थित सुक्रबारे खेल मैदानमा “चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२” आयोजना हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुन लागेको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न पालिकाका टोलीहरूको सहभागिता रहने आयोजक सुन्दरहरैंचा नगर खेलकुद विकास समितिले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्क श्रेष्ठका अनुसार प्रतियोगिताको उद्घाटन खेल जेठ १६ गते दिउँसो ३ बजे बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिका बीच हुनेछ । त्यसैगरी जेठ १७ गते सुन्दरहरैंचा नगरपालिका र बेलका नगरपालिका आमनेसामने हु

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १६२ पटक पढिएको
  • झापामा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु, गाउँ शोकमा

    इटहरी । झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । बुधबार साँझ भएको घटनाले स्थानीयवासी स्तब्ध र आक्रोशित बनेका छन् । प्रहरीका अनुसार सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत गौरादह–७ निवासी खड्ग चिमरियाका ४ वर्षीय छोरा आरोग्य चिमरियालाई घरमा ओराल्ने क्रममा किचेको हो । बालक उत्रिन नपाउँदै बस अगाडि बढाउँदा उनी लडेर चक्कामुनि परेका थिए ।साँझ करिब ५ बजे भएको उक्त दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि बस र चालक गौरादह–७ का ५७ वर्षीय लालबहादुर ब

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १४४ पटक पढिएको
  • भलिबल प्रतियोगिताका विजेतालाई मेरिङदेनको सम्मान

    इटहरी । मेरिङदेन गाउँपालिकाले बुद्धरानी अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताका विजेतालाई सम्मान गरेको छ । गाउँपालिकाको खेलाडी एवम् व्यवस्थापन टोलीलाई सम्मान गरेको हो । पूर्व राष्ट्रिय भलिबल खेलाडी कृष्ण चोङबाङकी स्वर्गीय आमा बुद्धरानी चोङबाङको स्मृतिमा आयोजित प्रथम बुद्ध रानी चोङबाङ स्मृति महिला भलिबल प्रतियोगितामा मेरिङदेन गाउँपालिकाले उपाधि चुमेको हो । गत जेठ ११ देखि १३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पाँचथर तीन तथा ताप्लेजुङका तीन गरी छ टिमको सहभागिता रहेको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको फाइनल खेलमा मेरिङदेनले फिदिम

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १६७ पटक पढिएको
  • भोजपुरको पौवादुङमा गाउँपालिकाद्वारा तीन सय किसानलाई हातेट्याक्टर वितरण सुरु

    इटहरी । भोजपुरको  पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर ९मिनीटिलर० वितरण कार्यक्रम सुरु गरेको छ । किसानको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० हातेट्याक्टर वितरण गरिएको हो । बाँकी किसानलाई क्रमशः वितरण गरिने छ । गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हातेट्याक्टर उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ रूपान्तरण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष किरण राईले कृषिलाई स्थानीय

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १५७ पटक पढिएको
  • पहिरोले पाँचथरको च्याङथापूका २६ घर उच्च जोखिममा, सडक अवरुद्ध हुँदा राहत ढुवानीमा समस्या

    इटहरी । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका  २६ घर उच्च जोखिममा रहेका पाइएको छ । याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार पहिरोका कारण साविक च्याङथापू गाविसका छ वडा प्रभावित भएका छन् । यहाँका ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोल पहिरोबाट प्रभावित भएका हुन् । जहाँ २६ घर उच्च जोखिममा रहेका र करिब ७० घर पहिरोको जोखिममा रहेको पाइएको वडाध्यक्ष खालिङले जानकारी दिनुभयो ।पहिरो झरेर चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवासको तथा

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ३४८ पटक पढिएको
  • कोशी प्रदेशमा कानुनको डिजिटल अभिलेखीकरण सुरु, १३७ स्थानीय तहका कानुन समेटिने

    इटहरी । कोशी प्रदेश सरकारले स्थानीय तथा प्रदेश तहबाट जारी भएका कानुनलाई डिजिटल माध्यमबाट व्यवस्थित र अभिलेखीकरण गर्ने अभियान सुरु गरेको छ । नेपालमा सङ्घीयता कार्यान्वयनपछि स्थानीय तहले ठुलो सङ्ख्यामा ऐन, नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्ड जारी गर्दै आएका छन् । प्रदेश सरकारले पनि आफ्नो अधिकारक्षेत्रभित्र विभिन्न कानुन निर्माण गरेका छन् तर ती कानुन एकीकृत रूपमा अभिलेखीकरण नहुँदा दोहोरोपन र पहुँचको समस्या भएको थियो । धेरै स्थानीय तहका कानुन सम्बन्धित स्थानीय तहको कार्यालय वा वेबसाइटमा सीमित थिए भने कतिपय कानुन सार्वजनिक पहुँचमै थिएनन् । कानुन कार्यान्वयन गर्ने कर्मचारी, अनुसन्धानकर्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १३२ पटक पढिएको
  • आगजनीमा परिचयपत्र जलेपछि मोरङका सेवाग्राही मर्कामा, बिना गल्ती जरिवाना तिनुपर्ने बाध्यता

    इटहरी । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीमा जिल्ला प्रशासन कार्यालय विराटनगरमा वितरणका लागि तयारी अवस्थामा राखिएका करिब ७० हजार राष्ट्रिय परिचयपत्र जलेर नष्ट भए । राज्यको सम्पत्ति तथा नागरिकको महत्त्वपूर्ण पहिचानपत्र नष्ट हुनु आफैंमा दुःखद घटना भए पनि अहिले त्यसको असर निर्दोष सेवाग्राहीले भोग्नुपरेको छ । आगजनी र तोडफोडमा संलग्न नभएका नागरिकहरू अहिले पुनः फोटो खिचाउन प्रशासन धाउन बाध्य भएका छन् । तर फोटो खिच्नु मात्र होइन, उनीहरूलाई पाँच सय रुपियाँ जरिवाना तिर्नुपर्ने व्यवस्था भएपछि सेवाग्राही असन्तुष्ट बनेका छन् । विराटनगर–२ का सेवाग्राही राजन रिजालले यसलाई अन्यायपूर्ण बताएका छन्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]