इटहरी । इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गमा यस वर्ष पनि पदयात्रा गरिने भएको छ । नेपाल–भारत सीमाना जोडिएको मेची नदिको मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिर सम्मको ४१ किलोमिटर पदमार्गमा आगामी पुस २३ गतेदेखि २६ गतेसम्म पदयात्रा गर्ने गरी तयारी सुरु भएको हो । नेपाली सेनाको रणसार्दुल गणको पहल तथा सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको समन्वयमा पदमार्ग पहिचान गरी गत वर्ष पुस २४ गते देखि तीन दिने पदयात्रा गरिएको थियो । तीन दिनमा पदयात्रा गर्न कठिनाइ भएपछि यस वर्ष चार दिनको पदयात्राको कार्यक्रम तय गर्ने गरी कार्यक्रम बनाइएको रणसार्दुल गण इला
इटहरी । भोजपुरको षडानन्द नगरपालिका–१२ दुःखी डाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । झ्याउपोखरीबाट तुर्केतर्फ आउदै गरेको मे १ ज २०६६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई करिब १५० मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीचौकी देउरालीबाट प्रसनि पदमबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । जिपमा चालकसहित ११ जना सवार थिए । चालक मोहन तामाङलाई टाउकोमा सामान्य चोट लागेको र उहाँ बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार चालकले मापसे गरेको नभएको र उहाँको सवारी चालक अनुमति पत्र सक्कलसहित अवैध नभएको पुष्टि
इटहरी । पाँचथरमा एक वर्षको अवधिमा २३ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सङ्कलन गरेको तथ्याङ्कमा सो घटना अभिलेखिकरण भएका हुन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा फिदिममा आयोजित कार्यक्रममा वर्ष भरी भएका मानव अधिकार उल्लङ्घनका घटनाको तथ्याङ्क सार्वजनिक गरिएको हो । ‘दिवससँगै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रममा प्रश्तुत तथ्याङ्क अनुसार सन २०२५ को जनवरी एकदेखि डिसेम्वर १ सम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घन
इटहरी । मोरङ जिल्ला प्रशासन कार्यालयले मिटरब्याज पीडितलाई न्याय दिलाउन देखाएको सक्रियता परिणाममुखी बन्दै गएको छ । सरकारले जिम्मेवारी तोकेपछि मोरङ प्रशासनले पीडितहरूको उजुरीमाथि तीव्र छानबिन गर्दै ६ महिनाको अवधिमा ६ करोड रुपियाँभन्दा बढी रकम र बिघौं जग्गा फिर्ता गराउन सफल भएको हो । सरकारले २०८२ सालको जेठदेखि मिटरब्याजसम्बन्धी उजुरी छानबिन गर्ने पूर्ण अधिकार जिल्ला प्रशासन कार्यालयलाई प्रत्यायोजन गरेको थियो । विगतमा प्रहरी र अदालत मार्फत हुने प्रक्रिया पीडितका लागि असहज र झन्झटिलो भएपछि सरकारले यो अधिकार प्रशासनलाई दिएको हो ।अधिकार प्राप्त भएपछि सक्रिय बनेको मोरङ प्रशासनले चालु वर्षको जेठद
इटहरी । माटो अनुसारको बाली छनोट गर्ने हो भने सिँचाइ सुविधा नभएका खेतबाट पनि प्रशस्त आम्दानी लिन सकिन्छ । मोरङको सुन्दरहरैँंचा नगरपालिका–७ र ८ का किसानलाई यतिबेला कन्दमूल (तरुल) खन्न भ्याइनभ्याइ छ । पहिले केरा खेती लगाएको खेतमा हात्तीले दुःख दिएपछि यहाँका किसान तीन वर्षयता तरुलको व्यावसायिक उत्पादनमा लागेका छन् । वडा नम्बर ७ र ८ राजमार्ग उत्तरतर्फका जमिनमा आजभोलि जताततै तरुल खेती देख्न सकिन्छ । स्थानीय किसान खेमराज कट्टेलले तीन वर्षअघि एक बिघा खेतमा तरुल रोपेर उत्पादन र बजारको परीक्षण गर्नुभएको थियो । पहिलो वर्षमै खर्च कटाएर सवालाख रुपियाँ बचत भएपछि उहाँले दोस्रो वर्ष साढे तीन बिघामा तरुल लगाउन
सुनसरी | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसले पाँच जनाको उम्मेदवारी सिफारिसका लागि नाम संकलन गरेको छ। यी नामहरू मध्ये केन्द्रीय सदस्य एवं पूर्वमन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की सबैभन्दा अगाडि रहेका छन् ।हिजो बसेको क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारका नामहरू संकलन गरेको हो। बैठकमा कार्की स्वयं उपस्थित नभए पनि निवर्तमान सांसद र केन्द्रीय समिति सदस्य समेत भएकोले उहाँको नाम राखिएको थियो ।संकलित ५ नाममा पूर्वमन्त्री एवं निवर्तमान सांसद ज्ञानेन्द्रबहादुर कार्की, हरीनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी , इ. नवीन श्रेष्ठ, डिल्ली
सुन्दरहरैंचा / बेलबारी नगरपालिका –९ स्थित दीप ज्योति आधारभूत विद्यालयमा राहत तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। पछिल्लो समय जेनजी आन्दोलनमा सहिद बनेका स्व. श्रेयम चौलागाईको सम्झनामा आयोजित उक्त कार्यक्रमलाई उनका पिता गणेश प्रसाद चौलागाईले सम्भव बनाए।विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्व महासेनानी माधव सुन्दर खड्काले विद्यार्थीहरूको शिक्षामा अभिभावक तथा समुदायको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्ता अभियानले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।त्यसैगरी कार्यक्रम
इटहरी, पुस — नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले इटहरी–१६ स्थित सिर्जनशील बाल विकास केन्द्रका २६ जना बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ।इटहरी–१६का वडाध्यक्ष तेज चौधरीको प्रमुख आतिथ्य र इटहरी रेडक्रस उपशाखाका सभापति दिनेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल विकास केन्द्र सुधारका लागि थुप्रै आवश्यकताहरू रहेको कुरा प्राध्यापक/केन्द्रका प्रतिनिधिले जानकारी गराएका थिए।कार्यक्रमका क्रममा केन्द्रमा बस्नका लागि कुर्सीको अभाव रहेको जानकारी आएपछि इटहरी रेडक्रस उपशाखाले १० थान कुर्सी प्रदान गर्ने घोषणा गरेको हो।समुदायमै आधारित सामाजिक सेवामा अग्रणी इटहरी रेडक्रसले यस्ता सहयोगात्मक
इटहरी । धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडक खण्डमा स्कुल बसले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आज बिहान करिब ९ः४० बजे मिलन चोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक धरान–१९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो। उपचारको क्रममा बिहान ९ः५५ बजे उनको मृत्यु भएको
इटहरी । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ ले ८ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को बैठकले आकाँक्षी नेताहरुको नामलाई सिफारिस गर्ने निर्णय अनुसार केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मा लगायतको नाम सिफारिस गरेको हो । काँग्रेस सुनसरी क्षेत्र नम्बर १ समितिको बैठकले आकांक्षी नेताहरुको नामलाई नेपाली वर्णानु क्रमका आधारमा क्रमवद्ध गरी सिफारिस गर्ने निर्णय अनुसार प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा , महाधिवेशन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.