समाज

    Showing २,२५१-२,२६० of ९,३५२ items.
  • काठमाडौँमा टेम्केमैयुङका कृषि उत्पादनको प्रदर्शनी

    इटहरी ।  टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु, स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य छ । प्रदर्शनीमा फापरको पीठो, भटमासको किनिमा, मौरीको मह, कोदोको पीठो, मकैको चामल, सुन्

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • १९६ पटक पढिएको
  • योग शिक्षा विस्तार गर्न गाउँ–गाउँमा प्रशिक्षक उत्पादन गर्दै मनमोहन विश्वविद्यालय

    इटहरी ।  कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ । विश्वविद्यालयले समुदायस्तरमै पुगेर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित ‘स्कुल अफ एप्लाइड हेल्थ साइन्स’ को अवधारणाअन्तर्गत योग शिक्षालाई प्राथमिकताका साथ अघि बढाएको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हुने मान्यताका साथ विश्वविद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत योग शिक्षा विस्तारको अभियान थालेको हो । यस अभियानअन्तर्गत विश्वविद्यालयले दक्ष गुरुहरूबाट तीन चरणको विशेष प्रशिक्षण दिलाएर व्यवसायिक रूपमै योग प्रशिक्षकहरू

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २९९ पटक पढिएको
  • सुनसरीको रामधुनीका सफारी चालक चौधरीको हत्यामा संलग्न सात जना सार्वजनिक

    इटहरी ।  सुनसरीको रामधुनी नगरपालिका–२ स्थित कर्मनिया टोलका सिटी सफारी चालक दिनेश चौधरीको हत्यामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। चौधरीको गत असोज २५ गते साँझ गोली प्रहार गरी हत्या भएको थियो। हत्यामा संलग्नहरूलाई झन्डै दुई महिनाको अनुसन्धान र खोजतलासपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबाले जानकारी दिए। उनका अनुसार गत असोज २५ गते साँझ करिब ५ बजे चौधरीमाथि सो समूहले नहर डिलको सडकमा गोली प्रहार गरेको थियो। चौधरी प्र–१–०२–००४ ह ७८०४ नम्बरको आफ्नै सिटी सफारी चलाउँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार गरे

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २९६ पटक पढिएको
  • फिदिममा १५ दिने हाड जोर्नी शिविर, ७९ जनाको अप्रेसन

    इटहरी। पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेको हाड जोर्नीका बिरामी लक्षित १५ दिने निःशुल्क शिविरको छैठौं दिन आइतबारसम्म ७९ जनाको शल्यक्रिया गरिएको छ । बेल्जियमबाट आउनु भएका हाडजोर्नी विशेषज्ञसहितको उपस्थितिमा आयोजित शिविरमा मानिसका शरिरमा राखिएका स्टिल रड झिक्ने, आवश्यकता अनुसार स्टिल र रड राख्ने, बाङ्गा टिङगा हात खुट्टा मिलाउने सँगै हाड जोर्नी र नशासम्बन्धी उपचार र परीक्षण भइरहेको छ । फिदिम नगरपालिकाको आयोजना र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोगमा मङ्सिर १६ बाट सुरु भएको शिविर २९ गतेसम्म सञ्चालन हुने आयोजक फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताउनुभयो । उहँका अनुसार यो

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २६१ पटक पढिएको
  • सुनकोशीमा बेलिब्रिज स्थापना, उदयपुर–खोटाङ बीच सिधा सडक मार्ग खुल्ने

     इटहरी  । उदयपुर जिल्ला र दक्षिणी खोटाङबिच पहिलो पटक सिधा यातायात सञ्चालनमा आउने भएको छ । दुई जिल्लाबिच सिधा यातायातमा बाधक बनेको सुनकोशी नदीको वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज राख्न सुरु गरिएपछि उदयपुर र दक्षिणी खोटाङबिच सिधै यातायात सञ्चालनमा आउने भएको हो । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका–५, पौवासेरा जोड्ने सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान सुरु गरिएको हो । ५१।८१ मिटर लामो र ४।१ मिटर चौडाइ भएको बेलिब्रिज पुस महिनाको पहिलो सातासम्ममा जडान सम्पन्न गर्ने गरी काम थालिएको निर्माण कम्पनीले जनाएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्राल

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २२० पटक पढिएको
  • झोलुङ्गे पुलबाट खसेर महिलाको मृत्यु

    इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिकाको लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ । धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं। ६ की ७८ को बिस माया लिम्बुको झोलुङ्गे पुलबाट खसेर घटनास्थलमै मृत्यु भएको हो । आइतबार साँझ साँगुरीगढी गाउँपालिका वडा नं। ४ को लेउती खोलाको झोलुङ्गे पुल तर्ने क्रममा अचनाक पुलबाट लिम्बु खोलामा खस्नुभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुल तर्ने क्रममा लिम्बु अचानक पुलबाट चिप्लिएर लड्नु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । 

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • १८२ पटक पढिएको
  • बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

    इटहरी। भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने ७० वर्षीय भक्तबहादुरराई गम्भीर बिरामी पर्नुभएको छ । बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उहाँकी पत्नी इन्द्रमाया राईसमेत बेहोस भेटिनुभएको थियो । बेहोस अवस्थामा रहेका दम्पतीलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ह

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २१५ पटक पढिएको
  • इटहरी जेसिज ३८ औँ शाखा अधिवेशन: मिसन पराजुली अध्यक्षमा विजयी

    इटहरी। इटहरी जेसिजको ३८औँ शाखा अधिवेशन सम्पन्न भएको छ। ११९ सदस्य रहेको जेसिजमा १११ जनाले मतदान गरेका थिए। प्राप्त मत परिणामअनुसार २०२६ का लागि अध्यक्ष पदमा मिसन पराजुली ६६ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी रामकृष्ण खड्काले ४२ मत प्राप्त गर्नुभयो।उपाध्यक्ष (EVP) पदमा प्रमोद घिमिरेले ९९ र गणेश नेपालले ८२ मतसहित जित हात पार्नुभयो। अन्य प्रतिस्पर्धीमध्ये र सरोज श्रेष्ठले ३३ मत प्राप्त गर्नुभयो ।सचिव पदतर्फ खगेन्द्र खतिवडा ७१ मतसहित विजयी हुनुभएको छ भने निराजन पाण्डेले ३८ मत प्राप्त गर्नुभयो।त्यसैगरी उपाध्यक्ष (vp) पाँच जनामा चारजना विवेक घिमिरे १०६, स्वेच्छा श्रेष्ठ ९६,  अभिषेक भण

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • १,६८९ पटक पढिएको
  • ‘प्रथम अरुण अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि अरूण गाउँपालिकाले उचाल्यो

    भोजपुर | भोजपुरको अरुण गाउँपालिले आयोजना गरेको प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि अरूण गाउँपालिकाले उचालेको भएको छ ।मंसिर १८ गतेदेखि प्रतियोतियोता आज आइतबार भएको खेलमा अरूण गाँउपलिका र हतुवाढी गाँउपालिका बिचको खेलमा ३-१ को सेट अरूण गाँउपालिका विजेता भएको छ । प्रतियोगिताको विजेता टिमले प्रथम पुरस्कार रु २ लाख ६६ हजार ६ सय ६६, द्वितीय पुरस्कार २ लाख हतुवागढी गाँउपलिकाले प्राप्त गरेको छ ।आमचोक गाँउपालिका र षडानन्द नगरपालिका बिच भएको खेलमा २-१ तृतीय पुरस्कार आमचोक गाँउपालिकाले रु १ लाख पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी  सान्त्वना पुरस्कार रु ३

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • १,०५८ पटक पढिएको
  • धनकुटाको राजारानीमा बजार अनुगमन

    इटहरी। धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरी पसलहरू सुधार गर्न निर्देशन दिइएको छ । आइतबार राजारानीका करिब एक दर्जन किराना तथा बेकरी पसलको अनुगमन गरि सुधार गर्न निर्देशन दिइएको हो । अनुगमनका क्रममा किराना पसलमा उपभोग्य मिति नाघेका पेय पदार्थ लगायत खाद्यवस्तु फेला परेको थियो । उक्त पसलहरुमा भेटिएका म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट समेत गरिएको थियो। यस्तै अधिकांश किराना पसलहरूलाई सुधार गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी बिकास कार्कीले बताउनुभयो । यस्तै अनुगमनका क्रममा किराना पसलहरू दर्ता नगरी सञ्चालन भएका व्यवसायलाई दर्ता गरे

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • २७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]