समाज

    Showing २,३४१-२,३५० of ९,३५२ items.
  • प्रथम गछिया गोल्डकप–२०८२ आज(आयोजक र लिनेण्ड फुटबल क्लब भारत विच हुने

     इटहरी । सुन्दर हरैचा गछिया युवा समाजको आयोजनामा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज गछिया युवा समाज र लिनेण्ड फुटबल क्लब भारत बीचको  खेल दिउँसो  ३ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा विजेता टोलीलाई दुई लाख एक हजार, उपविजेतालाई  एक लाख एक हजार, ‘म्यान अफ द सिरिज’लाई पच्चिस हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही एघार पुरस्कार प्रदान गरिनेछ । म्यान अफ द म्याचलाई पाँच हजार एक सय प्रदान गरिने छ । साथै, खेलको अवधीमाअ  सुन्दरहरैचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ जना नागरिकलाई व्हिलचेयर प्

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • ३५१ पटक पढिएको
  • कञ्चनजङ्घा सेसेलुङ गोल्डकपमा फुङ्लिङ, याङ्वरक र मैवाखोला सेमिफाइनलमा प्रवेश

    इटहरी ।  ताप्लेजुङमा सञ्चालन भइरहेको कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । प्रि–क्वार्टर चरणअन्तर्गत सोमबार, आइतबार र शनिबार भएको खेलमा विजयी हुँदै फुङ्लिङ, पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश गरेका हुन् । सोमबार भएको खेलमा फक्ताङ्लुङ गाउँपालिकालाई ३–० गोलले पराजित गर्दैैै फुङ्लिङ नगरपालिका सेमिफाइनलमा  प्रवेश गरेको हो । यस्तै, आइतबार पाथीभरा याङ्वरक गाउँपालिकाले आठराई त्रिबेणी गाउँपालिकालाई ३–१ गोल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा सिरि

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • १७२ पटक पढिएको
  • आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै तालतलैया

    इटहरी ।  सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो । मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार दिनमा ५०० भन्दाबढी पर्यटक घुमघामका लागि आउने गरेका छन् । वनभोजका लागि यहाँ एकैपटक ७० भन्दाबढी समूहले वनभोज खानसक्ने क्षमता रहेकाले वनभोजमा आउनेले दुई–चार दिन अगाडि बुकिङ गराउनुपर्ने उहाँले ब

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २४२ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान

    इटहरी ।  समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । त्यस अवसरमा उहाँहरूलाई वडा कार्यालयले सम्मानपत्र र न्याना कपडा पनि प्रदान गरेको थियोे । कार्यक्रममा कोशी प्रदेशका सांसद विनोद वान्तवाले ज्येष्ठ नागरिकको स्याहारसुसार, स्वास्थ्योपचार, सुरक्षा तथा अधिकार संरक्षणमा सबै तहका निकायले गम्भीर हुनुपर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव भएकाले भावी पुस्तालाई संस्

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • १८९ पटक पढिएको
  • कोशी प्रदेश सरकार जनभावना अनुसार काम गरिरहेको छ, मुख्यमन्त्री कार्की

    इटहरी ।  कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहना अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कभर्ड हलको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनबिच जनताका असङ्ख्य आवश्यकता पूरा गर्नुपर्ने बाध्यता प्रदेश र स्थानीय तहमा रहेको भए पनि आफूहरू दृढताका साथ जनभावना र चाहनालाई सम्बोधन गर्ने गरी विकासनिर्माणका काममा लागिपरेको बताउनुभयो । थोरै बजेटले धेरै काम गर्ने बाध्यताले कोशी प्रदेशभित्र धेरै योजना अलपत्र परेकाले यसलाई अबका दि

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २१७ पटक पढिएको
  • कांग्रेस महाधिवेशन नजिकिँदै : पुराना प्रतिनिधिमाथि तीव्र दबाब, “NO NOT AGAIN” को चेतावनी देशभर गुञ्जिन थाल्यो

    ✍️विश्व प्रकाश शर्मानेपाली कांग्रेस युवा नेता(झापा) नेपाली कांग्रेस आगामी महाधिवेशनको तयारीतर्फ अघि बढिरहेका बेला पार्टीभित्र असन्तुष्टिको स्वर अभूतपूर्व रूपमा उठ्न थालेको छ। लगातार तीनपटकभन्दा धेरै महाधिवेशन वा क्षेत्रीय प्रतिनिधित्व सम्हालेका नेताहरूलाई यसपटक अघि सर्नुभन्दा, अब अभिभावकको भूमिकामा बसेर नयाँ पुस्तालाई मार्ग खोलिदिनुपर्ने माग तीव्र रूपमा सतहमा आउन थालेको छ।जिल्लादेखि वडासम्मका कार्यकर्ताहरूले यही कुरा जोडका साथ भनिरहेका छन्—अब कांग्रेसको भित्री राजनीति परिवर्तन नहुने हो भने पुरानै अनुहारहरूको पुनरावृत्ति सह्य हुने छैन। यही कारण पछिल्ला केही दिनयता कार्यकर्ताहरूको एक स्वरमा

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • ३८० पटक पढिएको
  • श्री शारदा माध्यमिक विद्यालयको ७४ औँ वार्षिकउत्सव एवं अभिभावक दिवस भव्यरूपमा सम्पन्न

    भोजपुर | भोजपुरको अरूण गाँउपालिकामा रहृको श्री शारदा माध्यमिक विद्यालयको ७४औँ वार्षिकोउत्सव तथा अभिभावक दिवस मङ्सिर १२ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमसहित भव्यरूपमा  सम्पन्न भएको छ । वार्षिकोउत्सवको अवसरमा विद्यालयले सांस्कृतिक नृत्य, खेलकुद (हाइ जम्प, लङ्ग जम्प, रनिङ, छेलो) लगायतका प्रतियोगिताहरू सञ्चालन गरेको थियो। उक्त कार्यक्रम सँगै वडा नं. ३ भित्रका प्रावि तह (कक्षा १ देखि ५) का विद्यालयबीच हाजिरी-जवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो।मूल समारोहको प्रमुख अतिथि अरुण गाउँपालिकाका अध्यक्ष शालिग्राम खत्री रहेका थिए  भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार कार्की, गाउँपालिका

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • ४२४ पटक पढिएको
  • कोसी साहित्य–कला परिषद् नेपालद्वारा एक करोडको अक्षयकोष गठन अभियान शुरू

    इटहरी । मोरङको बेलबारीस्थित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले एक करोड रुपियाँको साहित्य कला अक्षयकोष निर्माण गर्न एक रुपियाँ अभियान सुरु गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा आयोजित संस्थाको औपचारिक सार्वजनिकीकरण तथा बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, ‘साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको विमर्श’ कार्यक्रममा उक्त अभियान सुरु गरिएको हो । कला, साहित्य र संस्कृति क्षेत्रमा काम गरिरहेको बेलबारी क्षेत्रका दर्जन बढी सङ्घ, संस्थाहरू आवश्यक कोषको अभावमा स्थापना हुँदै दुई–चार वर्षपछि बन्द हुन थालेपछि अक्षयकोषको अभियान सुरु गरेको कोसी साहित्य–कल

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २१५ पटक पढिएको
  • ऊर्जामन्त्री घिसिङद्वारा निर्माणाधीन पूर्व(पश्चिम एशियन राजमार्गको निरीक्षण

    इटहरी । ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ । नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एशियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति २५ प्रतिशत छ । मन्त्री घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको सडक निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, समस्या समाधानका लागि गर्नुपर्ने कामलगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीस

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २८० पटक पढिएको
  • दमक बजारमा बिक्री हुने रायोको सागमा ९९ प्रतिशतभन्दा बढी विषादी भेटियो

    इटहरी । झापाको दमकको सब्जि बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो । दमक बजारमा खुलेआम बेचिने रायोको सागमा अत्यधिक विषालु रसायन भेटिएपछि नगरपालिकाले यसमा चासो दिएको छ । दमक बजार अनुगमन समितिकी संयोजक समेत रहनुभएकी दमक नगरपालिका उपप्रमुख रेगिना भट््टराइ प्रशाईका अनुसार दमक नगरपालिकाले स्थानीय बजारबाट आईतवार संकलन गरेको रायोको सागको परीक्षणले धेरै नै चिन्तित बनाएको छ। केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बिर्तामोडमा भए

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]