इटहरी । ओखलढुङ्गाका नागरिकहरूको राहदानी घरघरमै पु¥याईने भएको छ ।
प्रशासन कार्यलय ओखलढुङ्गाले जिल्ला हुलाक कार्यालय मार्फत् तोकिएको शुल्क लिएर सेवाग्राहीको घरमै राहदानी पु¥याउने व्यवस्था गर्न लागेको हो । यही बैशाख १५ गते पछि बन्ने राहदानीका सेवा ग्राहीको चाहना अनुसार राहदानी सेवाग्राहीको घरमै पु¥याउन लागिएको प्रमुख जिल्ला अधिकारी मेख बहादुर मगरातीले बताउनु भएको छ ।
सेवाग्राहीहरूलाई जिल्ला प्रशासन कार्यलय ओखलढुङ्गाबाट राहदानी लिन चाहेको खण्डमा सोको पनि ब्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी मगरातीको भनाई रहेको छ । सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक्रम अन्तर्गत यो कार्यक्रम हाललाई जिल्लाको सिद्धिचरण नगरपालिकाबाट सुरु गरिने प्रमुख जिल्ला अधिकारी मेख बहादुर मगरातीले जानकारी दिए ।
मन्त्रिपरिषद्को गत चैत्र १३ गतेको बैठकले १०० बुँदे शासकीय सुधारको कार्यसूचीको बुँदा नं। २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख छ । राहदानी बाहक सेवाग्राहीलाई सम्पर्क गरि तोकिएको हुलाक दस्तुर तिर्न सहमत भएपछि हुलाक कार्यालयमार्फत सेवाग्राहीको घरमै पठाइने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी मनोज कुमार मगरले जानकारी दिए । हाललाई सिद्धिचरण नगरपालिकाबाट यही बैशाख १५ गते देखि यो सेवा प्रदान गरिने भए पनि आगामी दिनमा अन्य पालिकामा पनि विस्तार गरिने प्रशासनले जनाएको छ ।


