१४ मंसिर २०८२धरान । धरानलाई लागुऔषध सेवन, ओसारपसार र बेचबिखन मुक्त सहर बनाउन काम गर्ने वडा प्रहरी कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालले बताएकाछन् । आइतबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले आयोजना गरेको स्वागत कार्यक्रममा दाहालले धरान लागु औषधको हब बन्दै गइरहेको बताउँदै यसलाई भत्काउन प्रभावकारी काम गर्ने बताए । धरानको १० वटा वडाहरुको शान्ति सुरक्षा वडा प्रहरीको दायित्व भएपनि प्रहरी कार्यालय रहेको भानुचोकलाई व्यवस्थित गर्न सबैको साथ र सहयोगमा काम गर्ने बताए । बुधबार मात्रै धरान वडा प्रहरी कार्यालय सम्हाल्न आइपुगेका दाहाललाई नेपाल यातायात स्वतन्त्
इटहरी । उत्तरी मोरङको मिक्लाजुङ– १ ज्यामिरेका सन्तोष राईको बारीमा यतिबेला लटरम्म सुन्तला फलेका छन् । तीन वर्ष विदेश बसेर सन् २०१३ मा नेपाल फर्केपछि उहाँले गाउँमै व्यवसायीक सुन्तला खेती गर्ने योजना बनाउनुभयो । १२ वर्ष अघि गाउँमा कसै कसैले एक दुई बोट सुन्लला रोप्नु भएको थियो । तर व्यवसायीक खेती कसैले गरेको थिएनन् । उसबेला रमिते पुुग्ने सडक थिएन । मधुमल्ला र टाँडीबाट पैदल यात्रा गरेर रमिते पुुग्नुु पर्थ्यो । धनकुटाको पारिपात्लेबाट बढो दुुःखका साथ उहाँले दुई सय बिरुवा लगेर बारिमा रोप्नुुभयो । ११ वर्ष अघि रोपेका दुई सय बिरुवामध्ये डेढ सय बोटले सात वर्ष यता निरन्तर आम्दानी दिइरहेका छन् । विदेश
इटहरी । सङ्खुवासभाको चिचिला गाउँपालिका– ३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको साइटमा दुई जना कामदारबिच भएको विवाद चक्कु प्रहारसम्म पुगेको छ। पटेल कम्पनीमार्फत निमा निर्माण सेवामा कार्यरत दुईजना बिच सामान्य भनाभन झगडामा बदलिँदा एक जना घाइते भएका छन्। भोजपुर साल्पा सिलिछो गाउँपालिका–०४, खाटाम्माका २४ वर्षीय विनोद कुमार राई र खाँदवारि नगरपालिका– ६, खानिडाँडाका ३७ वर्षीय देवबहादुर तामाङ बिच विवाद चर्किएपछि विनोदले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते तामाङको दाहिने कान र टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र परियोजना परिसरकै मेडिकलमा प्रारम्भिक उपचारप
इटहरी । काबेली इनर्जी कम्पनी लिमिटेडले संस्थापक शेयर खुल्ला गरेको छ । कम्पनी लिमिटेडले एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर खुल्ला गरेको हो । शुक्रबार फुङलिङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीले शेयर खुल्ला बारे जानकारी गराएको छ । जसमा आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका लाभग्राहीले न्यूनतम् १० हजार मूल्य बराबरको शेयर लगाउन पाउनेछन् । ति दुई जिल्ला बाहेक अन्य जिल्लाका नागरिकका लागि न्यूनतम् शेयर मूल्य एक लाख रुपियाँ बराबर कायम गरिएको छ । एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर सङ्कलन भएपछि शेयर लगाउन पाउने दिन बन्द हुने काबेली इनर्जी कम्पनी लिमिटेडले जनाएको
इटहरी । राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्ग अन्तर्गत कोशी प्रदेश खण्डभित्र पर्ने वन क्षेत्रका रुख हटाउने काम धमाधम भइरहेको छ । यसअघि सरकारले रुख काट्ने निर्णय गरे पनि काम सुरु हुन सकेको थिएन । मोरङ खण्डमा साढे नौ किमी सडकले वन क्षेत्रको २०।९४३ हेक्टर जग्गा ओगटेको थियो । मोरङका मिक्लाजुङ, लेटाङ र केराबारी गाउँपालिकामा पर्ने एक हजार ३३३ वटा रुख काटेर निर्माण क्षेत्र खाली गरिसकिएको छ भने झापा, इलाम र सुनसरीमा रुख काट्ने काम धमाधम भइरहेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ साल मङ्सिर ६ गतेको बैठकले निर्णय गरे अनुसार डिपिआर गरिएको क्षेत्रका
इटहरी । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाका विभिन्न सडकमा कालोपत्रे गर्न सुरु गरिएको छ । वर्षौंदेखि हिलो र धुलोको सास्ती हुने गरेको गाईघाट बजार क्षेत्रको झन्डै १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो । विश्व बैङ्कको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन योजना अन्तर्गत करिब ६६ करोड रुपियाँको लागतमा निर्माणाधीन विभिन्न नौ वटा स्थानीय सडकमा ४० एमएम मोटाइरहेको उच्च गुणस्तरको अस्फाल्ट कङ्व्रिmटको कालोपत्रे सुरु गरिएको त्रियुगा नगरपालिकाका इन्जिनियर शैलेन्द्रकुमार मण्डलले बताउनुभयो । विश्व बैङ्कले नेपाल सरकार सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार
इटहरी। जिल्ला अस्पताल सङ्खुवासभामा शुक्रबार सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट सङ्खुवासभा र छिमेकी जिल्ला भोजपुरका सर्वसाधारण लाभान्वित भएका छन् । दूरदराजका बासिन्दालाई सहज र नजिकै विशेषज्ञ सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा एकै दिन तीन सयभन्दा बढीले स्वास्थ्य सेवा लिएको अस्पताल प्रशासनका अधिकारीले जनाएका छन् । शिविरमा नशा तथा मानसिक स्वास्थ्य सेवाका ३० जना, नाक, कान र घाँटी ९इएनटी० का ८२ जना तथा छाला रोगका ७४ जना बिरामीले विशेषज्ञ परामर्श तथा उपचार लिएका छन् । शिविरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा। रोशन
इटहरी। नेकपा ९एमाले० को ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको क्रममा एमाले धनकुटामा विवाद भएको छ । प्रतिनिधिमा कुरा मिल्न नसक्दा मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म भएको केन्द्रिय सदस्य राजेन्द्र राईले बताउनुभयो । कार्यालयमा तालाबन्दी गर्ने क्रममा दुई समूहबिच विवाद भएको छ । महाधिबेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट हुने बताइएको छ । तालाबन्दी र मतपत्र च्यातिए पनि निर्वाचन भइरहेको निर्वाचन अधिकृत नहकुल राईले जानकारी दिनुभयो ।
इटहरी। आउँदो मङ्सिर २३ गतेदेखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक तेल्लोक स्पोर्टिङ क्लबले सदरमुकाम शनिबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू लगायतले खेल तालिका सार्वजनिक गर्नुभएको हो। सार्वजनिक गरिएको सिरिजङ्गा गोल्डकपको खेल तालिका अनुसार आयोजक तेल्लोक स्पोर्टिङ क्लब र इलामको रेडहर्ष फुटबल क्लबबिच उद्घाटन खेल हुने छ। दोस्रो खेल न्युस्ट
इटहरी । रोटर्याक्ट स्व. सचिन श्रेष्ठको १२औं स्मृति दिवसको अवसर पारेर देशभर सञ्चालन हुँदै आएका रक्तदान कार्यक्रम अन्तर्गत इटहरीमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रोटरी र रोट्र्याक क्लब अफ इटहरीको संयुक्त आयोजना तथा रोटरी क्लब अफ युगल र रोट्रयाकट क्लब अफ सुनसरीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। इटहरी–विराटनगर लाइनस्थित राधाकृष्ण मन्दिर अगाडि आयोजित कार्यक्रममा रोटरी क्लब अफ इटहरीका अध्यक्ष डिसी चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।रक्तदान कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता, विद्यार्थी ल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.