इटहरी । ताप्लेजुङबाट नेकपा ९एमाले० को ११ औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ जना महाधिवेशन प्रतिनिधि सर्वसहमतिमा चयन हुनुभएको हो । एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु ९दिपेन० अनुसार तोकिएको १२ जना महाधिवेशन प्रतिनिधिका लागि शुक्रबार सहमति जुटेको छ । महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत हुनेमा खुलातर्फ अनन्तबहादुर साँवा, दीपेन्द्र पोमु, घनेन्द्र मादेन, छत्रपति प्याकुरेल, प्रकाश राई ९कैलास० र ज्ञानेन्द्र लावती रहनुभएको छ । यस्तै, महिलातर्फ रनमाया गुरुङ, मीनाकुमारी केदेम, टीका सुवेदी भट्टराई र प्रमिला खनाल चयन हुनुभएको छ । युवातर्फ
इटहरी । यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो । विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिनुभयो । उहाँले कार्यालयले चालक अनुमतिपत्रका लागि लिखित तथा ‘ट्रायल’ परीक्षा सुरु गरेको बताउनुभयो । कार्यालयले गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारीचालक अनुमतिपत्रसम
इटहरी । दोस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो । विजेता टीम गणेश चोकले नगद तीन लाख दुई हजार ८२ रुपियाँ बराबरको तीन मन ११ किलोग्राम अलैँचीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन ४० किलोग्रामको ९२ हजार रुपियाँ रहेको थियो । सोही भाउअनुसार घोषित नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएको आयोजक फङ्फङ्देन झरना पर्यटन विक
इटहरी । सुनसरीको इनरुवामा कोशी प्रदेशमा नै पहिलो दाबी गरिएको रामजानकी रथयात्रा तथा विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तको बिदाइ गरिएको छ । प्रत्येक वर्ष विवाहपञ्चमीको अवसरमा निकाल्दै आएको रामजानकी रथयात्रा नगर परिक्रमा गरेर सम्पन्न गरेको अवसरमा विवाहपञ्चमी महोत्वमा आएका साधुसन्तलाई बिदाइ गरेको हो । इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित रामजानकी गुठी संस्थाले भगवान राम र सीताको विवाहको अवसरमा १५१ साधुसन्तलाई विवाह समारोह सकिएकोपछि बिदाइ गरेको आयोजक गुठी संस्थाका अध्यक्ष हरिलाल मेहताले जानकारी दिनुभयो । दशकदेखि इनरुवामा कोशी प्रदेशमा नै ठुलो पहिलो रामजानकी रथ यात्रा निकाल्दै आएको र १० हजारभन्द
इटहरी । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो । गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो ।
इटहरी । पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् । यहाँका किसानले किबी बेचबिखन गरेर आम्दानीसमेत लिन थालेका छन् । भोजपुर–लेगुवा मुख्य सडकखण्ड आसपासमा पर्ने भएकाले यहाँका किसानले उत्पादन गरेको किबीको बेचविखनमा पनि सहजता छ । गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किबीखेतीमा लगानी बढाएपछि यहाँका अधिकांशले व्यावसायिक किबीखेती गरिरहेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । यहाँ गाईपालनको कार्यक्र
इटहरी । सुनसरीको धरानस्थित सडकमा रोकेर राखेको ट्रकमा शुक्रवार बिहानका राति मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडकमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा बिहानका राति १ः३० बजेतिर धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बू र पछाडि सवार इटहरी–५ का ३२ वर्षीय अमित राई गम्भीर घाइते भएका थिए । दुवै जनालाई उपचारका लाग
इटहरी । सुख्खायाम शुरुभएसंगै झापामा आगलागीका घटना हुन थालेका छन् । बिहीबार मात्रै झापाका तीन अलग अलग स्थानमा आगलागीका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार आगलागीका कारण १५ लाख रुपैयाँ बरावरको धनमाल जलेर नष्ट भएका हो । आगलागीका कारण मानवीय क्षति नभएपनि धनमाल जलेर पूर्ण रूपमा नष्ट भएको हो । प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–८ हात्तिकिल्लामा राजन चौलागाईको डेढ तले पक्की घरको छतमा रहेको पूजा कोठामा बालेको दियोबाट आगो सल्किँदा कोठाभित्र राखिएको धान, लत्ताकपडा तथा अन्य सामग्री जलेर करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । स्थानीयवासीको सह
इटहरी । मोरङको पथरीशनिश्चरेबाट प्रतिबन्धित औषधिसहित बिहीबार साँझ तुलाराम देवान पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका–४ का २६ वर्षीय देवानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पथरीशनिश्चरे–४ सिरिसे डाँडाबाट उनलाई साँझ ६ः५० बजेतिर पक्राउ गरिएको हो । पैदल हिँडिरहेका उनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा देवानको साथबाट प्रतिबन्धित औषधि ट्रमाडोल २ सय क्याप्सुल, डाईजी २ सय ४ ट्याब्लेट र हेल्थी लाइफ ५२ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएर इप्रका पथरीको हिरासतमा राखी उनीमाथि थप अनुसन्धान
इटहरी | इटहरी लेडी जेसिजले आफ्नो २४ औं स्थापना दिवस एक विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।इटहरी लेडी जेसिसकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा जनता बहुमुखी क्याम्पसकी प्रध्यापक तथा कवि टीका आत्रयको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।कार्यक्रममा अपांगता क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नु हुने दिल कुमारी राई ,सामाजिक क्षेत्र महत्त्वपूर्ण सहयोग गर्ने सुबद्रा प्याकुरेल र पत्रकारिता तर्फबाट बिकल पौडेललाई नगद र प्रमाणपत्रले सम्मान गरिएको हो । टीका आत्रय र अध्यक्ष बरालको नेतृत्वमा तीनैजना सम्मानित व्यक्तिलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको थियोे ।त्यसै गरि एसइई पास गर्ने ३ जना
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.