इटहरी। राहदानीमा जन्म मिति हेरफेर गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाका सरकारी कर्मचारी तथा राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगले इलाका प्रशासन कार्यालय, गौरीगञ्ज, झापामा विभिन्न व्यक्तिका राहदानी जारी गर्दा उमेर घटाउन–बढाउन अनलाइन रकम असुल गर्ने, विरोध गर्ने व्यक्तिको राहदानी ब्लक गरिदिने धम्की दिनेलगायतका गम्भीर अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा २०७९ जेठ १ देखि २०७९ असोज ३० सम्म झापाको गौरीगञ्जबाट जारी भएका राहदानीहरू अध्ययन गर्दा नागरिकता प्रमाणपत्रमा उल्लिखित जन्म मितिभन्दा फर
इटहरी । काठमाडौँमा जेनजी आन्दोलनका क्रममा महानगरीय प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी तथा हातहतियार र गोलीगठ्ठा लुटपाट घटनामा संलग्न रहेको आरोपमा झापाको दमकका एक युवकलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार दमक–८ निवासी २५ वर्षीय सरोज पुरीले काठमाडौँ महानगरीय प्रहरी कार्यालयबाट टाईप–५४ पेस्तोल एक थान, म्याग्जिन एक थान र १५ राउन्ड गोली लुटेर फरार भएका थिए। घटनापछि उनी आफ्नै वतन झापा आएर लुकिछिपी बसेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो, इकाई कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले दमक–८ स्थित एभरेस्ट बोर्डिङ स्कुल नजिकैबाट पक्राउ गरेको हो। पुरीलाई नियन्त्रणमा लिएपछि उन
इटहरी । विराटनगर महानगरपालिका–७ सात घुम्ती नजिक रहेको सरस्वती प्लाष्टिक उद्योगमा लागेको भीषण आगो केही घण्टादेखि नियन्त्रणबाहिर रहँदै आएको छ। केहीबेरअघिदेखि सुरु भएको आगलागी नियन्त्रित हुन नसक्दा आगो अझै दन्किरहेको सुरक्षास्रोतले जनाएको छ। आगलागी नियन्त्रणका लागि विराटनगर, रानी, इटहरी तथा धरानसहित सुनसरीका विभिन्न स्थानीय तहबाट दमकल परिचालन गरिएको छ। तापनि ठूलो परिमाणमा प्लाष्टिक सामग्री रहेको कारण आगो फैलिने गति रोक्न कठिनाइ भइरहेको दमकलका कर्मचारीहरूले बताएका छन्। वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमै खटिएको छ। प्रहरी, स्थानीयबासी र दमकलकर्मीको संय
इटहरी। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभा भवन परिसरको मङ्गलबार निरीक्षण गर्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी गरिएको थियो । निरीक्षणका क्रममा सभामुख घिमिरेले कोशी प्रदेशसभामा भएको क्षति अपूरणीय भएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले प्रदेशसभा भवनको पुनर्निर्माण तथा सुरक्षामा विशेष ध्यान दिइनुपर्ने बताउनुभयो । जेनजी आन्दोलनको नाममा कोशी प्रदेशसभामा ठुलो क्षति भएको र सचिवालयको मुख्य भवनलगायत महत्त्वपूर्ण दस्तावेजहरु सबै नष्ट भएको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सभामुख घिमिरेलाई जानकारी गराउनुभयो । सचिवालयको तर्
सुनसरी/ मोरङको बुढीगङ्गा गाउँपालिका र सुनसरीको दुहबी नगरपालिकालाई जोड्ने सिमानामा पर्ने पुलछेउ बाट एस्काभेटर लगाएर खोलाको सामग्री निकाल्ने कार्य तीव्र बनाइएको छ। विभिन्न क्षेत्रबाट विरोधका आवाज उठिरहे पनि प्रशासन र स्थानीय सरकारको मिलेमतोमा मापदण्डविपरीत खोलाखनी जारी रहेको स्थानीयले आरोप लगाएका छन्।सुरक्षाको उच्च जोखिम रहेको संवेदनशील स्थान—पुलको छेउमै—खोलाखनी भइरहेको हुँदा तत्काल रोक लगाउन माग गरिँदै आएको छ। तर गुनासो र विरोधलाई बेवास्ता गर्दै उत्खनन निरन्तर चलिरहनुले सरकारी निकायमै कमजोरी र अनियमितता रहेको संकेत मिलेका स्थानीयवासीको भनाइ छ।
इटहरी । पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको छ । पोखरी निर्माण भएपछि चाँपे टोलका स्थानीयले एकसाथ सिँचाइ गर्न सक्ने अवस्था बनेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभराज राईले बताउनुभयो । पोखरी निर्माण भएपछि यहाँको सिँचाइ समस्या अन्त्य भएको उहाँको भनाइ छ । यहाँ प्रदेश सरकारको क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरिएको पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्
इटहरी । कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पूजा) २०८२ को अवसर यही मङ्सर १३ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो । भानु जन माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा मङ्सिर १३ गते सिरिजङ्गा गाउँपालिका र मैवाखोला गाउँपालिकाबिच प्रतिस्पर्धा हुने चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो खेलमा १४ गते पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिका विच प्रतिस्पर्धा हुने छ । यस्तै, मङ्सिर १५ गते फुङलिङ नगरपालिका र
रेडियोकर्मी दिपेन्द्र खनिया जि को मृत्यु पछि आत्महत्या को चर्चा देखे, केहि दिन अघि नितु बैनीले आगो लगाईन आफैलाई, कसैको आत्महत्या हुन्छ अनी पटक पटक किन गरीन्छ आत्महत्या ? भन्ने प्रश्न तेर्सिन्छ, हिजो राती निकै खुल्दुली भयो र एक जना साथी संग सोधे पनि " किन रहेछ है? केहि सुसाईड नोट, लेटर हरु? " थाहा भएन भन्ने उत्तर थियो । आफैलाई मार्नुको कारणहरु बुझ्छु र अवाक् हुन्छु । माँया सहानुभूति को ओइरो ! बाफरे! ! त्यहि सहानुभूति बाचेको बेलामा सास फेर्न गार्हो हुदाँ साथ देओ समाज, संसार ।मान्छे जिउदो हुदाँ बाच्न गार्हो हुदाँ साथ नदिने, संकटमा परेको जानकारी भएछि नजिक मा साथीहरु आफन्त टाढिने समाज छ
इटहरी/ ग्रामीण भेगका आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै र ‘सुरक्षित मातृत्व’ को नारालाई सार्थक बनाउने उद्देश्यले चौधरी फाउण्डेशनले सुनसरीमा एक प्रशंसनीय कदम चालेको छ । फाउण्डेशनले सुनसरीको गढी गाउँपालिकास्थित एक स्वास्थ्य संस्थालाई अत्यावश्यक आधुनिक उपकरणहरू उपलब्ध गराउँदै स्थानीय स्वास्थ्य सेवामा नयाँ आयाम थपेको हो ।गढी गाउँपालिका–२, सत्तेरझोरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक विशेष कार्यक्रमका बीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालन तथा स्तरोन्नतिका लागि आवश्यक महँगा र आधुनिक उपकरणहरू हस्तान्तरण गर्नुभयो
सुनसरी | बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकासपुर स्वास्थ्य चौकीमा क्षयरोगका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायलाई लक्षित गर्दै डिजिटल एक्स–रे मेसिनमार्फत छाती परीक्षण (Digital X-Ray with AI Screening Camp) सहितको सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम सम्पन्न गरिएको छ।यस स्वास्थ्य शिविरबाट स्थानीय स्तरमा उल्लेखनीय संख्यामा नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिविरमा नवीनतम प्रविधिसहितको एक्स–रे परीक्षणबाट प्रारम्भिक चरणमै क्षयरोग पत्ता लगाउन मद्दत पुर्याएको स्वास्थ्य शाखाले जनाएको छ।कार्यक्रम बराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा त
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.