इटहरी । इलामको सन्दकपुर गाउँपालिका(१, आलुबारीमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएक छन्।
चितुवाको आक्रमणबाट आलुबारीका ४२ वर्षीय धनबहादुर राई र ४० वर्षीय प्रेम राई घाइते हुनुभएको हो । आज बिहान ११ बजे चितुवाले आक्रमण गर्दा दुबै जनाको अनुहार र टाउकोमा चोट गालेको छ ।
घाइतेलाई उपचारका लागि इलाम अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । अहिले उक्त क्षेत्रमा बन्दुके प्रहरी चौकीबाट प्रहरी खटाइएको छ । चितुवा नजिकैको जङ्गलको ओडारमा बसिरहेको प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालयका कर्मचारी उक्त स्थानमा जाँदै गरेको जनाइएको छ ।
केहि दिन यता इलामका विभिन्न स्थानमा चितुवाले घरपालुवा जनावर माथि आक्रमण गर्ने र मार्ने गर्दै आएको छ ।


