समाज

    Showing २,४७१-२,४८० of ९,३५८ items.
  • भोजपुरमा आगामी उपनिर्वाचनका लागि ८७ मतदानस्थल र १५५ मतदान केन्द्र सिफारिस

    भोजपुर | फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय भोजपुरले तयारी तीव्र बनाएको छ। सोही क्रममा आज बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले ८७ मतदानस्थल र १५५ मतदान केन्द्र यथावत् राख्ने निर्णय गरेको हो।प्रमुख जिल्ला अधिकारी तथा समिति संयोजक शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले गत निर्वाचनमा प्रयोग भएको संरचना नै आगामी उपनिर्वाचनका लागि उपयुक्त ठहर गर्दै सिफारिस अघि बढाउने निर्णय गरेको छ।तिवारीले मतदानस्थल तथा केन्द्रमा हाल कुनै समस्या नदेखिएको बताउँदै, “विशेष अवस्था उत्पन्न भएमा पुनः बैठक बसेर आवश्यक समायोजन गर्नेछौँ

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • ३४१ पटक पढिएको
  • चक्रघट्टि जेसिज सप्ताहमा आयोजक विजेता, ग्रामिण पत्रकार समुह उपविजेता

    सुनसरी | बराहक्षेत्र नगरपालिकामा चक्रघट्टि जेसिज सप्ताह २०२५ अन्तर्गत आयोजना एकदिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि आयोजक चक्रघट्टि जेसिजले हात पारेको छ। ग्रामिण पत्रकार समूह उपविजेता बनेको छ।स्वास्थ्यको लागि खेलकुद र मनोरञ्जनात्मक गतिविधि प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यसरी खेल सहभागी, विजेता र उपविजेता टोलीलाई बधाई छ र विभिन्न क्षेत्रका व्यक्तिहरुप्रति आभार व्यक्त गर्दै जेसिज सप्ताह अन्तर्गत फुटबल जेसिज तर्फबाट २०२५ का अध्यक्ष सुरज घिमिरेले बताउनुभयो।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • ४२२ पटक पढिएको
  • नेपाल खेलकुद महासङ्घ (नेकोस) सुनसरीद्वारा ‘बालबालिकासँग खेलकुद’ कार्यक्रम सुरु

    सुनसरी। नेपाल खेलकुद महासङ्घ सुनसरीले जिल्लाभरि रहेका सहरदेखि ग्रामीण बस्तीका बालबालिकाको खेलकुद प्रतिभा विकास तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘बालबालिकासँग खेलकुद’ कार्यक्रम सुरु गरेको छ। बालबालिकामा खेलप्रति उत्पन्न हुने रुचिलाई प्राविधिक सहयोग, सामग्री तथा नियमित गतिविधिबाट सक्षम बनाउने लक्ष्यका साथ कार्यक्रम प्रारम्भ गरिएको महासङ्घले जनाएको छ।महासङ्घ सुनसरीका अध्यक्ष विकल पौडेलले बालबालिकाको उमेरअनुसार खेलका अवसर विस्तार गर्न महासङ्घ प्रतिबद्ध रहेको बताउनुभयो।“सुनसरीका १२ वटै स्थानीय तहमा पुगेर, विशेषगरी गाउँ–बस्तीका बालबालिकासम्म खेल अवसर पुर्‍याउँछौँ। खेलले बालबालिकाको अनुशासन, आत्मविश्

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • ४३३ पटक पढिएको
  • चार महिनामा ४० करोडको फलफूल आयात

    इटहरी।  पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ ।चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो ।  अघिल्लो आर्थिक २०८१र८२ को सोही अवधिमा उक्त नाका भएर रु। २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत आवको तुलनामा चालु आवमा रु। १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ । नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका म

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • २२८ पटक पढिएको
  • वराहक्षेत्रबाट अवैद्य लागु औषध सहित एक जना प्रहरीको नियन्त्रणमा

    इटहरी । सुनसरीको वराहक्षेत्रबाट अवैद्य लागु औषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । भारतीय नम्बर बिआर ११ बीएफ ०१८९नम्बरको मोटरसाईकलमा धरान तर्फबाट अवैद्य आउदै गरेका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ का लालदेव रजकलाई प्रहरीले साडे ४१ किलो ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । गएरातीको सुनसरीको वराहाक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा लागु औषध ओसार पसार भईरहेको विशेष सुचनाका आधारमा अस्थायी प्रहरी चौकी नडाहाले गाँजा र मोटरसाईकल सहित रजकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । पक्राउ परेका रजकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • २०५ पटक पढिएको
  • साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु

    इटहरी ।  साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो । गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभयो । अनलाइन प्रणालीले नागरिकता सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता,  एकरुपता र समय बचत हुने भएकाले अनिवार्य रूपमा अनलाइन प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख रविप्

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • २२२ पटक पढिएको
  • अस्थायी–करार कर्मचारी हटाउन अस्वीकार, धनकुटाका पाँच पालिकामाथि अवज्ञाको आरोप

    इटहरी । सङ्घीय सरकारले स्थानीय तहहरुलाई अस्थायी र करार सेवाका कर्मचारी हटाउन निर्देशन गरेको थियो ।  सङ्घीय सरकारले दिएको उक्त निर्देशन धनकुटाका पाँच स्थानीय तहले आजका दिनसम्म पनि कार्यान्वयनमा ल्याएका छैन । सरकारले दिएको निर्देशन धनकुटाका पालिकाले अवज्ञा गरिरहेको छ ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा राजनीति आडमा गरिएको अनावश्यक कर्मचारी हटाउन निर्देशन दिएको थियो । तर धनकुटाका ५ वटा पालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउन आनाकानी गरिरहेका छन् । गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज ८ ग

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • २९३ पटक पढिएको
  • धनकुटाको पाख्रिवासमा माइक्रो दुर्घटना, एकको मृत्यु, १४ घाइते

    इटहरी ।  धनकुटाको पाख्रिवासमा भएको दुःखद दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेती रहनुभएको छ । उहाँको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । पाख्रिबास नगरपालिका–५ भैँसेस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौँबाट खाँदबारीतर्फ आउँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी कम्पानीको हाइस माइक्रो अनियन्त्रित भई दुर्घटना भएको हो । माइक्रो सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि घटनास्थलमा ईलाका प्रहरी कार्यालय पाख्रिबासका प्रवक्त नारायणप्रसाद भट्टराईको कमाण्डमा प्रहरी टोली पुगेर

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • २३३ पटक पढिएको
  • सिद्धकाली शक्तिपीठ , धार्मिक पर्यटनको आकर्षणमा बढ्दो चहलपहल

    इटहरी ।  भोजपुरको  प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ । स्वस्थानी व्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो । यहाँ देशविदेशबाट भक्तजन आउने गरेका छन् । सिद्धकालीको दर्शन गरेमा रोगव्याध हट्ने, सुखशान्तिका साथै समुन्नति हुने धार्मिक विश्वास छ । स्थानीय पण्डित कमल दाहालका अनुसार देशका विभिन्न भागबाट यहाँ भाकल गर्न भक्तहरू आउने गरेका छन् । यहाँ आश्विन र चैत्र शुक्लपक्षका साथै एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावणमा विशेष पूजा हुने गरेको छ । शक्तिपीठ परिसरमा महादेव, गणेश, शनिदेव, राधा

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • १९७ पटक पढिएको
  • झापा कारागारका एक जना कैदीको मृत्यु

    इटहरी ।  जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित  प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • १६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]