इटहरी । कोशी प्रदेशसभाको अर्थ समितिले प्रदेश सरकारको कामकारबाही, बजेट कार्यान्वयन र सुशासनलगायत समसामयिक विषयमा मुख्यमन्त्रीसहित दुई जना मन्त्रीहरुसँग छलफल गरी जानकारी लिएको छ । कोशी प्रदेशसभा सचिवालय कटहरीमा बसेको समितिको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरसँग छलफल गरेको हो । सुशासन, भ्रष्टाचार नियन्त्रण, चालु वर्षका लागि विनियोजन गरिएको हालसम्मको बजेट खर्च र राजस्व संकलनको अवस्था, संविधानको कार्यान्वयनमा देखिएका चुनौतीहरू, र मुख्यमन्त्री तथा मन्त्रीहरूको काम, कर्तव्य र जिम्मेवारीका सम्बन्धमा भइरहे
इटहरी । उदयपुरको उदयपुरगढी गाउँपालिका–५ स्थित २५० वर्ष पुरानो ऐतिहासिक धरोहर उदयपुरगढी पुनर्निर्माण भएसँगै पर्यटकीय स्थल बनेको छ । विगतमा भग्नावशेष मात्र रहेको यो गढीको कोशी प्रदेश र स्थानीय पालिकाको लगानीमा पुनर्निर्माण भएको हो । उदयपुरगढी गाउँपालिका र कोशी प्रदेश सरकारको करिब दुई करोड २५ लाख रुपियाँको लगानीमा गढीको पुनर्निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो । पन्ध्रौँ शताब्दीको अन्तिमतिर राजा उदयचन्द्र सेनले उदयपुरगढीबाट राज्य सञ्चालन गरेको इतिहास छ । नेपालका १०१ पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि एक भएकाले प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउने योजना रहेको
इटहरी । खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाएर प्रहरीमाथि हातपात गर्दै हतियार खोस्न खोजेपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । खाँदबारी नगरपालिका–१ स्थित बसपार्क क्षेत्रमा आइतबार दिउँसो खाँदबारी–६ निवासी ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले साधा पोसाकमा खटिएका प्रहरीमाथि खुकुरी देखाउँदै आक्रमण गर्न खोजेपछि बाध्य भई तिघ्रामा गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मा जबरजस्ती करणी मुद्दामा ६ वर्षको कैद सजाय काटेर हालै मात्र कारागारमुक्त भएका थिए । मुक्त भएपछ
इटहरी । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न ताप्लेजुङका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व मनाउन सुरु गरेका छन् । लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकूल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक तङ्नामको अवसरमा कार्यक्रम गर्ने गर्दछन् । किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुलदेवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछन् । लिम्बू जातिले खेतीपाती गरेको अन्नबाली घर भित्रयाएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा रहीआएको छ । किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णिमा अगाडि नै घर भित्रयाइ
इटहरी । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न ताप्लेजुङका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व मनाउन सुरु गरेका छन् । लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकूल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक तङ्नामको अवसरमा कार्यक्रम गर्ने गर्दछन् । किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुलदेवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछन् । लिम्बू जातिले खेतीपाती गरेको अन्नबाली घर भित्रयाएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा रहीआएको छ । किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णिमा अगाडि नै घर भित्रयाइ
इटहरी । इटहरी युथ ओपन क्र्युको आयोजनामा स्काउटका विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक तथा व्यवहारिक सीप र हस्तकला क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको “स्किल ओ रामा” कार्यक्रम इटहरी २ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रम महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदन कुमार घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेशका तालिम आयुक्त सुशील राई प्रमुख अतिथि रहनुभएको थियो । साथै इटहरी उपमहानगरपालिका–२ का वडा अध्यक्ष माधब कोइराला, धरान उपमहानगरपालिका स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरे लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमका
इटहरी । सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दैःकमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ । कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार कार्यक्रम हटेपछि शिक्षण(सिकाइमा प्रत्यक्ष असर परेको छ । ‘पढ्दै(कमाउँदै’ कार्यक्रम नहुँदा ती विषयमा आवश्यक सामग्री जुटाउन, ‘फिल्डवर्क’ सञ्चालन गर्न र विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउन कठिनाइ बढेको उहाँको भनाइ छ । उ
इटहरी । पछिल्लो चार महिनामा झापामा सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् । असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुईपाङ्ग्रे सवारीसाधन संलग्न
सुनसरी । राप्रपा सुनसरी जिल्ला भोक्राहा गाउँपालिका–८, चिरौलि चोकमा आयोजित अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रम शनिबार अत्यन्तै उत्साहपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रममा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दलबाट आएका सयौँ कार्यकर्ताले राप्रपामा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई पार्टीले स्वागत तथा सम्मान गर्दै कार्यक्रम झन् उत्साहपूर्ण बनेको थियो। कार्यक्रममा सहभागी, सहयोगी तथा नवप्रवेशीप्रति आयोजकहरूले हार्दिक धन्यवाद व्यक्त गरे।अधिवेशन भोक्राहा नरसिंह गाउँपालिका राप्रपा अध्यक्ष हबिव मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र ल
इटहरी । नेपाल लेयर्स कुखुरा पालक संघ सुनसरी–मोरङको प्रथम अधिवेशन तथा साधारण सभाबाट अध्यक्षमा होमनाथ बास्कोटा पुनः सर्वसम्मतिले निर्वाचित भएका छन्।शनिबार इटहरीस्थित लायन्स क्लबको भवनमा सम्पन्न कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रिय अध्यक्ष विनोद पोखरेल प्रमुख अतिथि रहेका थिए। अधिवेशनबाट अध्यक्ष बास्कोटा, उपाध्यक्ष उमेश थापा, महासचिव धनशेर लिम्बू, सचिव माधव प्रसाद डोटेल, कोषाध्यक्ष फरेन्द्र कुमार लिम्बू तथा सदस्य दिपक लामिछानेलगायत ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत मतदानबाट चयन गरिएको हो।अधिवेशनमा संघका अध्यक्ष होमनाथ बास्कोटा र महासचिव धनशेर लिम्बूले प्रगतिविवरण प्रस्तुत गरेका थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.