समाज

    Showing २,५३१-२,५४० of ११,१८५ items.
  • कोशी प्रदेशकै पहिलो सलाइन उद्योगले व्यावसायिक उत्पादन सुरु

    इटहरी ।  कोशी प्रदेशकै पहिलो सलाइन उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँभन्दा बढी लगानीमा मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा ‘एलेक्सा लाइफ साइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यावसायिक उत्पादन थालेको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । उद्योगले उत्पादन थालेसँगै आयातमा निर्भर सलाइन र औषधीमा आत्मनिर्भर बन्ने नेपालीको चाहनामा एउटा सकारात्मक प्रयास थपेको उद्योगी दिनेश ठाकुरले बताउनुभयो । उद्योगमा ठाकुर र रञ्जित भगतसहितका लगानीकर्ताले लगानी गर्नुभएको छ । लगानी

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १८८ पटक पढिएको
  • घरको धुरी नै धनकुटा र पाँचथर जिल्लाको सिमाना

    इटहरी । बुधबारे (६ नम्बर) बजारका स्थानीय अर्जुन श्रेष्ठको घरको धुरीले धनकुटा र पाँचथर जिल्लाको सिमाना छुटाएको छ । उहाँको धुरीबाट झरेको पानी एकातर्फ धनकुटामा र अर्कोतर्फको पानी पाँचथर जिल्लामा झर्छ । दुई जिल्लाको सिमाना कायम भएदेखि नै उहाँको घरको धुरीले जिल्लाको सिमाना छुटाइरहेको छ । अहिले मात्र नभई पहिले बाउबाजेकै पालादेखि नै धुरीलाई नै दुई जिल्लाको सिमाना मान्दै आएको श्रेष्ठको भनाइ छ ।  धनकुटा र पाँचथर जिल्लाको सिमानामा रहेको ६ नम्बर बुधबारे बजार एक यस्तो बजार हो, जहाँ दुई जिल्लाको सिमाना घरको धुरीले छुटाएका छन् । बजारमा ३० भन्दा बढी घरमा यो समस्या छ । धनकुटातर्फ चौबिसे गाउँपालिका–१ पर्छ

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १९३ पटक पढिएको
  • शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको भवन शिलान्यास

    इटहरी ।  शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको भवन शिलान्यास गरिएको छ । आइतबार संस्थाको १७ औं स्थापना दिवसको अवसर पारेर एक तले भवन शिलान्यास गरिएको हो । भवन शिलान्यास विधिवत रुपमा पूजाआजा गरी धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले जगमा इटा राखेर गर्नुभएको थियो । भवन शिलान्यास गर्दै नगरप्रमुख तामाङले भवन निर्माणका लागि नगरपालिकाको आउने बजेटबाट १० लाख रुपियाँ बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले भवन निर्माणका लागि आवश्यक व्यक्तिगत पहल कदमी समेत गर्ने बताउनुभयो । उक्त भवन धनकुटा नगरपालिका–४, देव्रेवासस्थित लोकसेवा छेउमा आफ्नै जग्गामा निर्माण गर्न लागिएको ह

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १०८ पटक पढिएको
  • पथरी शनिश्चरेमा दोस्रो सँगिनी महोत्सव,सुन्दर संगिनी नृत्यसँगै मौलिक परिकारहरूद्वारा स्वागत सत्कार

    इटहरी । मोरङको पथरी शनिश्चरेमा दोस्रो सँगिनी महोत्सव –२०८२ सम्पन्न भएको छ । शनिबार पथरी शनिश्चरे वडा नं ३,संगम चोकमा  पथरी शनिश्चरे नगरपालिकाको सहयोग तथा श्री महिला जागरूक हरि किर्तन तथा सँगिनी समुहको आयोजनामा महोत्सव सम्पन्न भएको हो । प्रमुख अतिथि समेत रहनुभएका कोशी प्रदेश सरकारका  आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त खतिवडाले  उक्त महोत्सवको उद्घाटन गर्नुहुँदै हाम्रो देश नेपाल सबै जातजाति, भाषा भाषी, संस्कार, संस्कृति, विविध पहिचान भएका नागरिकहरूको साझा मुलुक भएको बताउनुभयो । सबै भाषा, साहित्य, कला ,संस्कृति, संस्कार आदि जोगाउनु स्थानीय, प्रदेश र संघीय तहका सरकारहरू

    • प्रकाशित मितिः चैत २८, २०८२
    • ४१० पटक पढिएको
  • यही चैत ३० गतेबाट धनकुटामा ३ दिने चौथो कोप्चे उत्सव हुने

    इटहरी । यही चैत ३० गतेबाट धनकुटामा ३ दिने चौथो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथिल्लो कोप्चे क्षेत्रको चहलपहल बढाउन नेपाली नयाँ वर्षको अवसर पारी उत्सव गर्न लागिएको हो । आयोजक कोप्चे पुनर्जागरण अभियानले शनिवार पत्रकार सम्मेलन गरी चैत ३० देखि वैशाख २ गतेसम्म स्थानीय बिहीबारे हटियामा उत्सव गर्न लागिएको जनाएको छ । मौलिक खेल, खानेकुरा संस्कृति, भेसभुसा, रहनसहन संरक्षण र प्रवर्धनका लागि उत्सव गर्न लागिएको आयोजक कोप्चे पुनर्जागरण अभियानका सचिव उज्ज्वल कर्माचार्यले जानकारी दिनुभयो । उत्सवमा स्थानीय नेवारी र आठपहरियाको मौलिक खानाका परिवार सहितका २० वटा स्टल रहने छन्

    • प्रकाशित मितिः चैत २८, २०८२
    • ३४२ पटक पढिएको
  • इन्धन सङ्कटका कारण काँकडभिट्टा–लौकही सडक सुस्त

    इटहरी । मध्यपूर्वमा देखिएको तनावका कारण पेट्रोलियम पदार्थको अभाव हुँदा निर्माणाधीन काँकडभिट्टा–लौकही सडक आयोजनाको काम सुस्त बनेको छ । पूर्वी खण्डमा काम गरिरहेको इभ्रास्कन कालिका जे।भी।का प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंका अनुसार स्टकमा रहेको बिटुमिन १०–१५ दिनमात्र पुग्ने अवस्था छ ।वर्षाअघि पहिलो लेयर कालोपत्र गर्न २२ किलोमिटर सडकमा बेस बिछ्याइसकिएको भए पनि महँगो मूल्यमा खरिद गरिएको बिटुमिन पर्याप्त नरहेको प्रसाईंले जानकारी दिनुभयो । थप समस्याको रूपमा नेपाल आयल निगमले डिजेलमा लगाएको कोटा प्रणालीले पनि काम अवरुद्ध बनाएको उहाँले बताउनुभयो ।आयोजनाका योजना प्रमुख सिडिई सुनिलबाबु पन्तका अनुसार मध्यप

    • प्रकाशित मितिः चैत २८, २०८२
    • २५२ पटक पढिएको
  • खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

    इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका आधारमा हलेसी तुवाचुङले उक्त सम्मान पाएको हो ।नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा शुक्रबार सभामुख डोलप्रसाद अर्यालले नगरप्रमुख विमला राईलाई उक्त सम्मान प्रदान गरे ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१८२ को कार्यसम्पादन मूल्याङ्कनबाट हलेसी तुवाचुङ नगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गरेको हो ।

    • प्रकाशित मितिः चैत २८, २०८२
    • २४८ पटक पढिएको
  • विराटनगरमा एक अर्बको लगानीमा सलाइन उद्योग सुरु

    इटहरी । कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘एलेक्सा लाइफसाइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यवसायिक उत्पादन थालेको हो । उद्योगको वरिष्ठ मुटु रोग विशेषज्ञ डा। भगवान कोइरालाले शुक्रबार उद्घाटन गर्नुभएको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका छन् । उद्योगले उत्पादन थालेसँगै आयातमा निर्भर सलाइन र औषधिहरुमा आत्मनिर्भर बन्ने नेपालीहरुको चाहनामा एउटा सकारात्मक प्रयास थपेको उद्योगी दिनेश

    • प्रकाशित मितिः चैत २८, २०८२
    • २१७ पटक पढिएको
  • सुनसरीको कोशी गाउँपालिकास्थित भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    इटहरी । सुनसरीको कोशी गाउँपालिका(८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान  छ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तिलाठी कोइलाडी गाउँपालिका(५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर(१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को२१प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १५८ पटक पढिएको
  • ‘विराट गोल्डकप’ को ३८ औं संस्करण शनिबारदेखि विराटनगरमा सुरु ,झापा–आर्मी भिड्दै

    इटहरी। एतिहासिक प्रतियोगिता ‘विराट गोल्डकप’ को ३८ औं संस्करण शनिबारदेखि विराटनगरमा सुरु हुँदैछ । विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । आजको खेलमा झापा र आर्मी ११ वर्षपछि पुनः यही मैदानमा आमनेसामने हुन लागेका हुन् । यसअघि २०७१ सालको फाइनल भिडन्तमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।वि।सं। २०१८ मा ‘महेन्द्र गोल्डकप’ को नामबाट सुरु भएको यो प्रतियोगिता देशकै पुराना फुटबल प्रतियोगितामध्ये मानिन्छ । यसपटक प्रतियोगितालाई थप समावेशी बनाउन मोरङ जिल्ला लिग विज

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]