इटहरी। ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप भएको छ । साताको शुक्रबार मात्र उडान गरिरहेको नेपाल वायुसेवा निगमले ताप्लेजुङ–काठमाडौँ–ताप्लेजुङका लागि सोमबार समेत तालिका थप गरेको हो । निगमको ग्राउण्डेड भएको जहाज मर्मतपछि सञ्चालनमा आएकाले उडान तालिका थप गरिएको ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल साताको शुक्रबार र सोमबार दुईदिन उडान तालिका छ । निगमसँग भएको दुई वटा ट्विनअटर जहाज सञ्चालनमा आएपछि यात्रुको चापलाई दृष्छिगत गर्दै उडान थप भएको हो । इन्चार्ज कार्कीका अनुसार साताको बुधबारसहित तीन दिन उडानका लागि प्रस्ताव गरिएपछि केन्द्रबाट तालिका आउन
इटहरी । धनकुटाको पाख्रीबास नगरपालिका–१०, स्थित चुङमाङमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ । बेवारिसे अवस्थामा झाडी भित्र लुकाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको हो । धनकुटाको हिलेस्थित प्रादेशिक प्रहरी चौकीबाट खटिएको प्रहरी नायब निरीक्षक चिरञ्जीवी खड्काको नेतृत्वमा खटिएको टोलीले गस्ती गर्ने क्रममा उक्त बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बारुद तथा गोली भने केही पनि नभएको अवस्थामा झाडीभित्र लुकाई राखिएको भरुवा बन्दुक भेटिएको हो । उक्त फेला परेको बन्दुक जिल्ला प्रहरी कार्यालय धनकुटा
इनरुवा, सुनसरी । नेपाल खेलकुद महासङ्घ इनरुवा र युवा सङ्घ इनरुवाको संयुक्त आयोजना तथा नेकपा (एमाले) इनरुवा नगर कमिटीको सहकार्यमा आज सुनसरीको सदरमुकाम इनरुवामा भव्य मोटरसाइकल र्याली सम्पन्न गरिएको छ ।देशभरि नेकपा (एमाले)ले सञ्चालन गरिरहेका विविध राजनीतिक र जनजागरण कार्यक्रमहरूको क्रममा आज इनरुवामा आयोजित उक्त र्यालीमा सयौँ युवा उत्साहपूर्वक सहभागी भएका थिए । झण्डा, ब्यानर र देशभक्तिपूर्ण नारासहितको र्यालीले इनरुवाको मुख्य बजार गरेको थियो ।नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विप्लव घोषले र्याली युवाहरूमा जागरण र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो
सुन्दरहरैचा। नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । त्यसै अन्तर्गत कोशी प्रदेशका पनि १३७ ओटै पालिकामा प्रतिगामी षडयन्त्र विरुद्ध एमालेले जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रदर्शनका कार्यक्रम अगाडि बढाएको हो ।यसअघि कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला भइसकेका छन् । भेलामा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको नेकपा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउनुभयो
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्तीका अवसरमा महागुरुका सत्य, अहिंसा र नारी सम्मानका शिक्षालाई प्रदेशको नीति र व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँका अनुसार फाल्गुनन्दले प्रचार गरेको ‘सत्य बोल्ने, अहिंसा अपनाउने र नारीको सम्मान गर्ने’ सन्देश आजको समाजका लागि अझ सान्दर्भिक बनेको छ । महागुरु फाल्गुनन्दको शिक्षाबाट प्रेरित भई शान्त, समृद्ध र सहिष्णु समाज निर्माणमा सबैले भूमिका निर्वाह गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनुभयो ।
इटहरी । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । सोमबार राति करिब ८ः३० बजे कनकाई नगरपालिका– ३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्र।१–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–०१५प४२१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो । दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कनकाई–३ सरस्वती टोल निवासी ३४ वर्षीय दीपक सिटौला गम्भीर घाइते हुनुभएको थियो । टाउकोमा चोट लागेर घाइते सिटौलालाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत्यु भइसकेको बताएका थिए ।
काठमाण्डौ – बलिउड अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको ८९ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई हिजो ब्रिच क्यान्डी अस्पताल मुम्बईमा भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ । धर्मेन्द्रको जन्म १९३५ डिसेम्बर ८ तारिखमा नस्रालीमा भएको थियो । बलिउडमा धर्मेन्द्रले ६ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा उत्कृष्ट छाप छोड्न सफल भए । उनी अभिनित ‘शोले’ सबैभन्दा धेरै चलेको भारतीय चलचित्रमध्येमा पर्छ ।यो चलचित्रमा निभाएको ‘वीरु’ चरित्रले धर्मे
दुहबी / दुहबी नगरपालिका–४ मा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रलाई आधुनिक र व्यवस्थित रूपले सञ्चालन गर्न भारत सरकारद्वारा १८ करोड २५ लाख ५९ हजार ९२५ रुपैयाँ ४१ पैसा (भ्याटसहित) लगानी हुने भएको छ।सो लगानी सम्बन्धी त्रिपक्षीय सम्झौता (MOU) आज भारतिय राजदूतावासमा हस्तान्तरण गरिएको छ। सम्झौतामा नेपाल सरकारको अर्थ मन्त्रालय, भारतीय राजदूतावास र दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादार सहभागी रहे।सम्झौता अनुसार एक हप्ताभित्र परियोजनाको ठेक्का प्रक्रिया शुरु गरिने र काम संचालनमा ल्याइने छ।नगरप्रमुख गच्छादारका अनुसार, “४६ सालपछि पहिलो पटक दुहबीमा यस्तो ठूलो परकीय लगानी आउन लागेको हो। यो सफलता हा
काठमाडौं । सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेर सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
इटहरी | २४ गते इटहरीस्थित खुकुरी होटलमा यङ एनफिल्ड मोटरसाइकल क्लबको आयोजनामा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय, इटहरीको सहकार्यमा विशेष कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा क्लबका सदस्यहरूले मोडिफाइड साइलेंसर प्रयोग नगर्ने र ट्राफिक नियमको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाए। साथै, अन्य चालकहरूलाई पनि ध्वनि प्रदूषण नियन्त्रणमा सहकार्य गर्न आग्रह गरिएको थियो।प्रहरी निरीक्षक बिकास थपलियाले कानूनी प्रावधान, सवारी सुरक्षा र जिम्मेवार चालक संस्कारबारे जानकारी दिँदै क्लबको प्रयासको उच्च मूल्यांकन गर्नुभयो।कार्यक्रमले स्थानीय स्तरमा ध्वनि प्रदूषण नियन्त्रण र जिम्मेवार चालक संस
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.