इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक स्थानीयको भान्सा घरमा आगलागी हुँदा लाखौं रुपियाँ मूल्य बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका बलबहादुर विकको भान्सा घरमा बुधबार आगलागी हुँदा लाखौंको क्षति भएको हो । स्थानीय शिक्षक निमा लामाका अनुसार विकको काठ र जस्ताको प्रयोग गरी निर्माण गरिएको भान्साघर आलगागीले पूर्णरुपमा क्षति भएको छ । सो आगलागीबाट करिब तीन लाख ५० हजार रुपियाँ मूल्य बराबरको क्षति भएको शिक्षक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट भान्सा घरसहित घरभित्र रहेको भाँडा वर्तन, खाद्यान्नलगायतका अन्य सामग्री जलेर नष्ट भएको छ । आगलागीको कारण नखुले पनि चुल्होमा बालिएको
इटहरी । सुनसरीको सीमावर्ती क्षेत्रमा भइरहेको लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ अभियान चलाएको छ । सीमावर्ती क्षेत्रमा छठ सकिएसँगै प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहितको ‘डग स्नाइपिड’ सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुने चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरु गरेको हो । यहाँ १२ जना नेपाल प्रहरीको टोली र दुई वटा कुकुरसहित प्रहरी टोलीले चेकजाँच गर्दै अभियान सुरु गरेको जनाएको छ । लागुऔषध ओसारपसार नियन्त्रण गर्न नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ सहितको विशेष प्रहरी टोली परिचालन गरेको प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिन
इटहरी । पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङ्बुङ बजारमा विपतको पूर्वसूचना दिने बहुप्रकोपीय साइरन जडान गरिएपछि स्थानीय ढुक्क भएका छन् । बाढीपहिरो, भूकम्प, आगलागी र वन्यजन्तु आतङ्कलगायतका सूचना घरैबाट प्राप्त गर्न थालेपछि स्थानीय ढुक्क भएका हुन् । फालेलुङ बाढीपहिरो र आगलागीका दृष्टिकोणले जोखिम क्षेत्र हो । त्यहाँ नेपाल रेडक्रस सोसाइटी र फालेलुङ गाउँपालिकाको सहकार्यमा यस्तो साइरन जडान गरिएको छ । साइरनले बाढी, भूकम्प, पहिरो र अत्यधिक वर्षा हुने सूचना दिनुका साथै सुरक्षित रहन आमसर्वसाधारणलाई सूचित गराउन थालेसँगै आफूहरू ढुक्क भएको स्थानीय महेश मगर बताउनुहुन्छ । गत दसैँमा भारी वर्षा भइरहँदा मध्
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा “अरुण बहुमुखी क्याम्पस” सञ्चालनमा आउने भएको छ। उक्त क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कला, कानुन र शिक्षा संकायबाट औपचारिक मान्यता प्राप्त भएको गाउँपालिकाले जनाएको छ।क्याम्पस सञ्चालनमा आएपछि भोजपुर जिल्लामा सञ्चालनमा रहेका क्याम्पसहरूको संख्या चार पुगेको छ। स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, समाजका बुद्धिजीवी र गाउँपालिकाको पहलमा वि.स २०७९ सालदेखि नै क्याम्पस स्थापना र सञ्चालनका तयारी हुँदै आएको थियो।क्याम्पस सञ्चालनपूर्व आयोजित अभिमुखीकरण कार्यक्रममा विद्यार्थी, अभिभावक र सरोकारवालासँग शैक्षिक कार्यक्रम, सुविधा, छात्रव
पाँचथर — जारी ८औं तरुण गोल्डकप फुटबल प्रतियोगितामा कुम्मायक गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा कुम्मायकले फाल्गुनन्द गाउँपालिकालाई पराजित गर्दै उपाधि नजिक पुगेको हो।कुम्मायकका लागि दिल सम्हाम्फेले दुई गोल गर्दै टोलीलाई जित दिलाए। दुबै गोल सुशिल लावतीको पासमा आएका थिए। खेलको पहिलो हाफमै आक्रमक सुरुवात गरेको कुम्मायकले बलमा नियन्त्रण राख्दै लगातार अवसर सिर्जना गर्यो। फाल्गुनन्दका खेलाडीहरूले रक्षा मजबुत बनाउने प्रयास गरे पनि कुम्मायकको संयोजन र तालमेल बलियो रह्यो।दोस्रो हाफमा पनि कुम्मायकले खेलको लय आफ्नो पक्षमा राख्न सफल रह्यो
इटहरी । ग्रेटर मुन्दुम ट्रेल अन्तर्गतको लोअर मुन्दुम ट्रेलको स्थलगत अध्ययन तथा अन्वेषण कार्य सम्पन्न भएको छ । गएको असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको नेतृत्वमा अध्ययन तथा अन्वेषणको काम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रमेश राईको नेतृत्वमा कार्यसमिति सदस्य वीरबहादुर राई, साल्पा पोखरी विकास समितिका अध्यक्ष वीरकुमार राई, करिना राई र पवन राई सहितको टोलीले स्थलगत अध्ययन गरेको थियो । टोलीले ट्रेकिङ म्याप निर्माणका लागि जीपीएस प्रविधिबाट डाटा संकलन गरेको र पदमार्गमा पर्ने विभिन्न पर्यटकीय आकर्षणहरूको फोटो, भिडियो र सूचनात्मक विवरण संकलन गरेको
इटहरी । पथरी शनिश्चरेमा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ हुने भएको छ । उक्त प्रतियोगिताको औपचारिक घोषणा हरियाली सामुदायिक वनको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत गरिएको हो । पत्रकार सम्मेलनमा आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकले काठमाडौंका ए–डिभिजन लिगमा सहभागी तीन टिमहरू सहितका राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय क्लबहरू प्रतियोगितामा सहभागि बन्ने बताउनुभयो । उहाँका अनुसार उद्घाटन खेलमा सलहेश युवा क्लब र भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो विजेता टोलीलाई ५ लाख रुपैयाँ नगद पु
काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि जगदीश खरेलले जानकारी दिनुभयो । बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ । यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको प्रवक्ता खरेलले बताउनुभयो । त्यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । काठमाडौंमा बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा चूनाव बाहेक अर्को बिकल्प नरहेको भन्दै तोकिएको समयमा चूनाव गराउन सरकार सफल हुनेमा आशंका व्यक्त गर्नुभएको हो । उहाले अहिलेको सरकारले नै निर्वाचन गराउने समेत प्रश्न खडा भएको धारणा राख्नुभयो । यद्दपी निर्वाचनको तयारीमा जुट्दै राम्रो परिणाम ल्याउने गरि तयारी भने गर्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै अध्यक्ष नेपालले समान बिचार भएका पार्टीहरुबीच एकता गर्न
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताउनुभयो । आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुने उहाले बताउनुभयो । उहाले मंसिर ७ गते दिल्लीमा दलहरु र माओवादीबिच १२ बुँदे सम्झौता भएको र त्यही कारण मुलुक अप्ठेको अवस्थामा आएपुगेकाले मंसिर ७ गते देखि नै आन्दोलन सुरु गर्न लागेको उल्लेख गर्नुभयो । आन्दोलनका क्रममा कसै
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.