समाज

    Showing २,७५१-२,७६० of ९,३६० items.
  • पार्टी एकताबद्ध रूपमा अघि बढ्ने,कार्यवाहक सभापति खड्का

    इटहरी । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा, परिवर्तनको रक्षा र जनताको अधिकारको रक्षाको लागि पार्टी एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको छ । सोमबार तरुण दलको स्थापना दिवसको अवसरमा कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा खड्काले विगतमा भएका कमि कमजोरीहरुलाई स्वीकार गर्दै अव पार्टी एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको हो । अहिले मुलुक अप्ठेरो अवस्थामा रहेकाले विगतको इतिहासको कालखण्ड जस्तै अहिले पनि देश र जनताले काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको उहाले बताउनुभयो । खड्काले पार्टीमा प्रस्तुत भएको विशेष महाधिवेशनको प्रस्तावलाई नियमित महाधिवेशनको सीमाभि

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • २६४ पटक पढिएको
  • किष्ट मेडिकल अस्पतालमा सुत्केरीको मृत्युपछि आफन्तद्वारा तोडफोड

    इटहरी । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालमा विरामीका आफन्तले तोडफोड गरेका छन् । चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले सोमबार अस्पतालमा तोडफोड गरेका हुन् । मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहारका साथै लाठीचार्ज गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । उपचारका क्रममा आफ्ना विरामीको मृत्यु भएको बिषयमा अस्पताल प्रशासनसंग छलफल गर्न खोज्दा गैरजिम्मेवारीपू

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ३४२ पटक पढिएको
  • मुख्यमन्त्री कार्कीको छठ पर्वमा शुभकामना

    इटहरी ।   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सूर्य भगवानको आराधना, आत्माशुद्धि र समर्पणको प्रतीकका रूपमा मनाइने यो पर्व हाम्रो आस्था, संस्कार र सहअस्तित्वको सुन्दर उदाहरण भएको उल्लेख गर्नुभएको छ । छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै मानिस, समाज र पर्यावरणबिचको सन्तुलन सन्देश दिने उहाँले उल्लेख गर्नुभएको छ ।  कोशी प्रदेश विभित्र जातजाति, भाषा, धर्म र संस्कृतिकको विविधताले समृद्ध प्रदेश भएको उहाँले सन्देशमा उल्लेख

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ३९९ पटक पढिएको
  • ताप्लेजुङमा आइतबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार

    इटहरी ।  ताप्लेजुङमा आइतबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङलिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ९३ हजार रुपियाँमा कारोबार भएको र उक्त मूल्य यस वर्षकै उच्च हो । तिहार सकिएसँगै सदरमुकाम फुङलिङ बजारमा अलैँचीको कारोबार सुरु भएको र शनिबारसम्म अलैँची प्रतिमन ९१ हजार रुपियाँले कारोबार भएको थियो । एक दिनपछि अलैँचीको मूल्य दुई हजार रुपियाँले वृद्धि भई प्रतिमन ९३ हजार रुपियाँले कारोबार भइरहेको स्थानीय व्यवसायीले बताएका छन् । दसैँअघिसम्म प्रतिमन ८० हजार रुपियाँले कारोबार भएको अलैँचीको मूल्य दसैँलगत्तै बढ्न थालेको हो । तिहारसम्म आइपुग्दा १० हजारले मूल्यवृद्धि भई प्रत

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ४४३ पटक पढिएको
  • पाँचथरमा बाबुले भरुवा बन्दुक हान्दा छोराको मृत्यु

    इटहरी । घरायसी विवादका क्रममा बाबुले गोली हान्दा छोराको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ ८ भदौरका ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक पड्काउँदा १७ वर्षीय छोरा सफल लिम्बूको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका लिम्बूले आइतबार अपराह्न छोरालाई घर नजिकै बारीमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो । बन्दुकको गोलीले १७ वर्षीय छोरा सफल सिंगकको छाती, कुम र कञ्चटसहित शरिरका विभिन्न भागमा गोली लागेको थियो । सफलको घटनास्थलमै मृत्यु भएको तामाङले बताउनुभयो । हत्याको जानकारी पाउना साथ खटेको प्रहरी टोलीले बखतसिंहलाई पक्राउ गर्नुका साथै बन्दुक

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ३२९ पटक पढिएको
  • ताप्लेजुङले तीन महिनामा ६ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह

    इटहरी । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो तीन महिनाको अवधिमा छ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोजसम्ममा जिल्ला प्रशासन कार्यालयले कुल छ हजार २३५ जनालाई विभिन्न सेवा प्रवाह गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले सार्वजनिक गर्नुभएको सेवा प्रवाहको विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको छ । साउनदेखि असोज महिनासम्ममा दुई हजार ७६७ जनाको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण दर्ता गरिएको छ । असोजसम्ममा एक हजार ४५८ जनालाई नागरिकता प्रदान गरिएको प्रजिअ सेढाइँले जानकारी दिनुभयो । जिल्ला प्रशासन

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • २६९ पटक पढिएको
  • अरुण नदीको सतिघाटमा फेरी सञ्चालन

    इटहरी । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सङ्खुवासभा जिल्ला  हुँदै तराईसँग जोड्ने अरुण नदीको सतिघाटमा सोमबारदेखि फेरी सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत जेठ १६ गतेबाट बन्द भएको फेरी क्रमशः नदीमा पानीको बहाव कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएको हो । जिल्लाको उत्तरी क्षेत्रमा सवारीसाधन, दैनिक उपभोग्य बस्तु, खाद्यान्न, कच्चापदार्थ, यात्रु आवतजावतका लागि महत्त्वपूर्ण एवम् वैकल्पिक माध्यमको रुपमा रहेको फेरी षडानन्द नगरपालिका आफैँले व्यवस्थापन गरी सञ्चालन गरेको नगरपालिकाकी उपप्रमुख प्रमिला राईले जानकारी दिनुभयो । उहाँका अनुसार, सङ्घीय सांसद क्षेत

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ४०३ पटक पढिएको
  • खेतान र ह्युम्यान प्राक्टीस फाउण्डेसनले कोशी प्रदेशमा लगानी गर्ने

    इटहरी । धनकुटाको सहिदभूमि गाउँपालिका र खेतान फाउण्डेसन बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार गाउँपालिकाको तर्फबाट अध्यक्ष मनोज राई र खेतान फाउण्डेसनको तर्फबाट अध्यक्ष निर्मलमान सिह गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा आधुनिक सुविधा सम्पन्न भवन सहित स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो कामका लागि गाउँपालिकाको २० प्रतिशत र खेतान फाउण्डेशनको तर्फबाट ८० परुतिशत लागत साझेदारी रहने उल्लेख छ । यस्तै साही कार्यक्रममा खेतान फाउण्डेशन र ह्युम्यान प्राक्टीस फाउण्डेसन बीच कोशी प्रदेशका हिमाली ३ र पहाडी ८ जिल्लामा ३ अर्वको लगानीमा माध्यमिक विद्यालय भवन,

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ३२५ पटक पढिएको
  • मेचीनगरमा एक सयभन्दा बढी कर्मचारीको करार सेवा रद्द

    इटहरी। झापाको मेचीनगर नगरपालिकाले कात्तिक १ गतेदेखि लागू हुने गरी अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत एक सयभन्दा बढी कर्मचारीहरूको एकैसाथ करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।  गत असोज २९ गतेको नगर कार्यपालिकाको बैठकले अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरुको करार सम्झौता रद्द गर्ने नीतिगत निर्णय गरेको थियो । कार्यापालिकाको निर्णय नं।३ मा नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०८२ असोज ७ गते र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको निर्णय कार्यान्वयन गर्नका लागि यो निर्णय लिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । सश

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ३३९ पटक पढिएको
  • झापामा सर्वाधिक राशीको महिला गोल्डकप

    इटहरी । झापामा हुन लागेको नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता (गोल्डकप) को तयारी तीव्र बनाइएको छ । पहिलो पटक हुन लागेको झापा महिला गोल्डकप आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा गर्ने तयारी भएको छ । झापा महिला गोल्डकप आयोजक मूल समिति अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको स्थायी प्याराफिटमा कुर्सी जडान लगायतका कार्यहरू भएका छन् । दुधे रङ्गशालालाई सम्याउने लगायत आकर्षक बनाउने कार्य अन्तिम चरणमा पुगेको उहाँले जनाउनुभयो । कम्तिमा १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माणको काम पनि अन्तिम चरणमा प

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ३६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]