इटहरी । इटहरी उपमहानगरपालिका–४ पानधारेस्थित भित्री सडकखण्डमा शनिवार बेलुका ८ बजेतिर ईभी गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छन्। घरमा पार्किङ गर्न खोजिएको प्र। १–०२–००१ ज ४५३३ नम्बरको ईभी गाडीले घरअगाडि बसिरहेकी महिलाहरूलाई ठक्कर दिएको हो। ठक्करबाट ४५ वर्षीया शान्तीदेवी साहको ढाड र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पठाइएकोमा राति १०ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २६ वर्षीया राधिका साहको बायाँ खुट्टा फ्याक्चर भई घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको बताइएको छ। गाडी चालक करिब ५० वर्षीय मु
इटहरी। मोरङको बुढीगङ्गामा रहेको आरती स्ट्रिप्सले तीन वर्षअघि बन्द गरेको फलामे डन्डी टिएमटीको पुनः उत्पादन थाल्ने भएको छ । भारतीय लगानीमा सञ्चालित आरतीले सन् २०२६ को सुरुबाटै टिएमटी डन्डी बजारमा ल्याउने गरी काम अगाडि बढाएको जनाएको छ । उद्योगले अबको १८ महिनाभित्रै आफ्नै अत्याधुनिक मेल्टिङ युनिट पनि सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । सरकारी नीतिमा भएको परिवर्तनसँगै सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा एकै पटक तीन वटा नयाँ मेल्टिङ युनिटसहितका स्टिल उद्योग आएपछि तीन वर्षअघि आरती स्ट्रिप्सले आफ्नो टिएमटी डन्डी उत्पादन युनिट बन्द गरेको थियो । त्यसबेला मेल्टिङ प्लान्ट र बिलेटमा आधारित उत्पादनबिचमा मूल
इटहरी । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे । बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् । समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्
इटहरी। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो । तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले राससलाई जानकारी दिनुभयो । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा रु एक अर्ब सात करोड २२ लाखबराबरको अलँैची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको तीन महिनामा चियाको निर्यात ४० दशमलव ९० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु ए
इटहरी । इटहरी उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा दरबन्दी अनुसारको कर्मचारीलाई जिम्मेवारी दिन स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले माग गरेका छन् । उपमहानगरपालिकामा सहसचिव तहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुपर्ने मापदण्ड भए पनि सोभन्दा कनिष्ठ तहका कनिष्ठ कर्मचारीलाई लामो समयदेखि इटहरी उपमहानगरपालिकामा जिम्मेवारी दिइएको भन्दै यहाँ मापदण्ड अनुसारको कर्मचारी पठाउन माग गरिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ असार २५ गते जारी गरेको निजामती कर्मचारीको सरुवा, काज, कामकाजसम्बन्धी मापदण्ड, २०८१ को दफा ११ को खण्ड ‘ग’ मा उल्लेख भए अनुसार मन्त्रालयले स्वीक
इटहरी । सूर्य देवताको पूजा आराधना गर्दै छठ पर्वलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेगरी स्थानीय त्रियुगा नदीको किनारामा छठीदेवीको पूजा घाट निर्माण गरिएको छ । त्रियुगा छठ पूजा व्यवस्थापन समितिले बत्ति, एम्बुलेन्स सेवा, सुरक्षा,स्वास्थ्य सेवा, जाडोका लागि निःशुल्क दाउरा र सूर्य देवताको मूर्तिसमेत रहने गरी भव्य रुपमा छठी माताको पूजा आराधनाका लागि पवित्र घाट निर्माणको काम सम्पन्न गरेको समितिका अध्यक्ष चन्दनकुमार साहले बताउनुभयो । विगतमा कुनै समय तराई–मधेशमा मात्र छठ पर्व मनाउने गरे पनि आजभोलि उदयपुरको गाईघाट बजारमा रहेका पहाडे मूलका मानिसहरुले पनि यो पर्वलाई उत्तिकै निष्ठाका साथ मनाउँदै आ
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा सन् २०७९ सालदेखि रोकिएको दैनिक बस सेवा पुनः सञ्चालनमा आएको छ।बर्खायामको समयमा ट्याक्सी व्यवसायीहरूले भाडा दर लगातार बढाउँदै गएपछि स्थानीयवासीहरूको पहलमा बस सेवा पुनः सञ्चालनमा ल्याइएको हो।स्थानीय बासिन्दाहरूको प्रयासमा भोजपुर–आहाले–कोट–गोगने हुँदै ओखरबोटे सम्म दैनिक बस सेवा सञ्चालनमा आएको छ।बर्खाको समयमा सडक बिग्रिएर यातायात अवरुद्ध भएपछि स्थानीय अग्रजहरूले सामूहिक रूपमा सडक मर्मत तथा सुधार गरेपछि सेवा सुचारु गरिएको हो।गाउँपालिकाले सडकको स्तरउन्नति गरी नियमित यातायात सेवा स्थायी रूपमा सञ्चालन गर्न काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले
काठमाडौं । एपेक नेपालको प्रस्तुति 'एपेक राष्ट्रिय काव्यमहोत्सव २०८२' को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आगामी साता अर्थात् कार्तिक १५ गते शनिबार कोशी प्रदेशको सुनसीको इटहरी स्थित सोल्टि होटलमा हुने महोत्सवमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख अतिथितामा सात प्रदेशका १४ कविहरु सहभागी हुनेछन् । आयोजकले यस प्रकारको काव्यिक जमघट ऐतिहासिक हुने संज्ञा दिएको छ ।आयोजक एपेक नेपालले भनेको छ, 'हामी आन्तरिक तयारीको अन्तिम चरणमा आइपुग्यौ र अब यहाँहरुको स्वागतमा जुट्ने जमर्कोमा छौ। सबै सहृदयी शुभेच्छुकहरुमा हाम्रो सादर आमन्त्रण ।' कार्यक्रमको व्यवस्थापकीय कवि तथा क
इटहरी। मोरङ कारागारका एक जना बन्दीको उपचारको क्रममा मृत्यु भएको छ । लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । कारागारका जेलर गौरव ढुङ्गेलका अनुसार सापकोटालाई असोज २७ गते अचानक शरीर सुन्निने र सास फेर्न गाह्रो भएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि कोशीले कात्तिक ६ गते उनलाई नोबेल अस्पताल रेफर गरेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार सापकोटाको फोक्सोमा पानी जमेको र कलेजो खराब भएको थियो । गत साउन १२ गतेदेखि मोरङ कारागार
इटहरी। झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक बालक गम्भिर घाइते भएका छन् । शनिबार मेचीनगर(२, सरस्वती चोक बस्ने कुमार बास्तोलाका छोरा वर्ष १२ का आराप बास्तोला जङ्गली हात्तीको आक्रमणमा परेर गम्भिर घाइते बनेको बाहुनडाँगीका हात्ती संरक्षणकर्मी शङ्कर लुइटेलले बताउनुभयो । घरनजिकै सडकमा खेल्दै गरेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालकको घाँटी तथा शरीरमा चोट लागेको हो । घाइते बालकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । गाँउमा आएको हात्तीलाई प्रहरी र स्थानीयले जङ्गलतर्फ धपाएको जनाइएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.